आजदेखि वडा दशैं शुभारम्भ

दशौंको पहिलो दिन आज वैदिक विधिपुर्वक पञ्च धातु र पञ्चपल्लव राखेर जौ, तिल र मकैं छरेर जमरा राख्ने प्रचलन छ । यसको लागि नेपाल पञ्चाङ निर्णायक समितिले बिहान १० बजेर ४५ मिनेटको साइत रहेको जनाएको छ । घटस्थापनाको दिन राखिएको जमरालाई दशमीको दिन टिकासँगै प्रसादकोरुपमा ग्रहण गरिन्छ । नवमीको दिनसम्म शक्तिपिठहरुमा बिशेष पूजाअर्चना र वलि दिने चलन छ । धरानको पनि नवरात्रभरि विजयपुर गढीस्थित शक्तिपिठ एवं मन्दिरहरुमा युवायुवती तथा भक्तजनहरुको घुइचो लाग्छ । खास गरि बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर मन्दिर क्षेत्रमा बिहानैदेखि युवायुवतीहरु नवरात्र मेला भर्न आउछन् ।
Comments
Post a Comment