भेडेटारमा चङ्गा चेट उत्सव सम्पन्न(फोटोफिचर)

धरान । दशै तिहार चाड तथा विश्व पर्यटन दिवसको अवसर पारेर धनकुटा र सुनसरीको सिमानामा अवस्थित पूर्वको पर्यटकीय गन्तव्य भेडेटारमा दुई दिने चङ्गा चेट उत्सव सम्पन्न भएको छ । होटल एसोसियसन अफ भेडेटारको आयोजना तथा सिल्भर ईन्टरटेनमेन्टको संयोजनमा शुक्रबार र शनिबार उत्सव आयोजना भएको हो ।
दुई दिनसम्म आयोजित उत्सवमा विभिन्न क्षेत्रबाट आएका व्यक्तिहरुले शुल्क तिरेर चङ्गा उडाउदै सहभागीता जनाएका थिए । आयोजकका अनुसार चार दर्जन बढी व्यक्तिहरुले सहभागीता जनाएका थिए । भेडेटार चोकमा आयोजित समारोहमा शुक्रबार बर्षातको कारणले निर्धारित समयभन्दा ढिला उत्सवको उद्घाटन भएको थियो ।


कार्यक्रमको उद्घाटन पश्चात सहभागीहरुले चङ्गा उडाउदै रमाइलो गरे भने चर्चित गायकहरुको प्रस्तुतीले उत्सव संगीतमय पनि बन्यो । कार्यक्रममा चर्चित गायक ए.पि.शेर्पा, नवराम राई, बविन लिम्बूलगायतले गीत गाएका थिए । भेडेटारलाई थप पर्यटकीय केन्द्र बनाउने उद्देश्यले उत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । उत्सवको उदघाटन समारोहमा विराट क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष डिल्लीराम अधिकारीले पर्यटन विकासमा सक्दो सहयोग गर्ने बताए । उत्सवको समापन पर्यटन दिवसका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै शनिबार सम्पन्न भएको थियो ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे