यामाहाको स्टाइलिस स्कुटर यामाहा अल्फा बजारमा



धरान । यामाहा कम्पनीको नयाँ उत्पादन यामाहा अल्फा स्कुटर आइतबारदेखि धरानमा पनि बिक्रीवितरण शुरु भएको छ । धरान ८ स्थित यामाहाको डिलर गजुरमुखी ट्रेड एण्ड सर्भिस लिङ्कले एक कार्यक्रमको आयोजना गरि यामाहा अल्फा बजारमा ल्याएको हो ।
मिस पूर्वाञ्चल २०१४ की विजेता नेमिता आङबुहाङ्ग, नेपालको लागि यामाहाको आधिकारिक डिष्ट्रिब्युटर्स एम.ए.डब्ल्यु.इन्टरप्राइजेजका बिजनेश हेड दिपक रौनियार र पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरले रिबन काटेर यामाहा अल्फाको औपचारिक बिक्री खुल्ला गरेका थिए । नयाँ स्कुटर एकदमै आरामदायी, स्टाइलिस, किफायती(उच्चतम माइलेज) र नेपालको बाटो अनुरुप भएको डिष्ट्रिब्युटर्स तथा डिलरको दाबी छ । ‘यो स्कुटीको बिषेशता भनेकै सबैभन्दा आरामदायी हो, सिटको लम्बाई अरुको भन्दा धेरै लामो(८०० एमएम) भएकोले चालउने र चढ्नेलाई सहज यात्रा हुन्छ, यसको डिकी पनि ठुलो भएकोले धेरै सामान राख्न मिल्छ’–एमएडब्ल्युका रौनियारले भने–‘कम्पनीको परीक्षणमा माइलेज ६२ किलोमिटर प्रतिलिटर छ, यहाँ नेपालमा ४५ किलोमिटर माथि नै माइलेज दिनेमा हामी ढुक्क छौं ।’ अल्फामा टेलिस्कोपिक सस्पेन्सन भएकोले जस्तै अन रोड, अफ रोडको यात्रालाई सहज र आरामदायी बनाउने उनले बताए ।
नयाँ स्कुटी अल्फामा एयर कुल्ड ११३ सिटि इञ्जिनसहित कन्टिनिअस भेरिएवल ट्रान्समिसनलले राम्रो एक्सिलिरेशन र पिकअप दिने बिक्रेताले जनाएको छ । बिएस २४ कार्वुरेटरसहितको थ्रोटल पोजिसिनिङ्गले इन्धन किफायत गर्ने डिलर गजुरमुखीका प्रोपाइटर गोपाल आचार्यले बताए । उनका अनुसार यामाहा अल्फा विभिन्न ५ वटा आर्कषक रंगहरु(म्याजिकल म्याजेटा, ग्रेसफूल ग्रे, रेडिएन्ट वाइट, ब्रिलिएन्ट ब्ल्याक र फिएरि रेड)मा उपलब्ध छन् । अल्फामा २ बच्चा, श्रीमतिसहित सहज यात्रा गर्न मिल्ने गरि सिट बनाइएको उनले प्रष्ट्याए । एक लाख ६९ हजार ९ सय रुपैया मुल्य तोकिएको अल्फामा ग्राहकले २ बर्षको वारेण्टी र ८ निःशुल्क सर्भिसिङ्ग सुविधा पनि पाउने आचार्यले बताए । ‘वडा दशैं अफर शुरु गरेका छौं, यामाहाको जुनै मोटरसाइकलमा पनि १० हजार र स्कुटीमा ८ हजार सिधै छुट पाइनेछ, हरेक हप्ता लक्की ड्र हुन्छ, पहिलोलाई एक लाख, दोस्रोलाई ५० हजार र थप २ जनालाई २५ हजारको दरले पुरस्कार दिइनेछ’–आचार्यले भने ।

यसअघि यामाहा कम्पनीले स्कुटीतर्फ यमाहा रे र रे–जेड स्कुटर बजारमा ल्याइसकेको थियो । बिक्रेताका अनुसार नेपालमा यामाहाको स्कुटरले बजारको ७०.५ प्रतिशत बजार ओगटेको छ भने धरानमा ३३.५ प्रतिशत बजारमा कब्जा जमाएको छ । यो आर्थिक बर्षमा भने धरानमा ५० प्रतिशत बजार ओगट्ने लक्ष्य बनाएको गजुरमुखीका प्रमुख आचार्यले बताए । अल्फाको लञ्च कार्यक्रमअघि आइतबार धरानका मोडलहरुले अल्फाको र्याली निकालेर नगरको परिक्रमा पनि गरेका थिए ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे