मोफसलमा ‘उत्सव’ शुक्रबार रिलिज हुने


धरान । राजधानीका हलहरुमा रिलिज भइसकेको नेपाली चलचित्र ‘उत्सव’ मोफसलका हलहरुमा भने असोज ३ गतेदेखि मात्रै प्रर्दशनमा आउने भएको छ ।
चलचित्र उत्सवबाट डेब्यु गरेको नायक सञ्जोग कोइरालाले बुधबार धरानमा पत्रकारहरुसँगको भेटमा असोज ३ गतेदेखि मोफसलका ४० भन्दा बढी सिनेमा हलहरुमा एकैपटक फिल्म प्रर्दशनमा आउने जानकारी दिए । उनका अनुसार यसअघि राजधानीका १३ वटा सिनेमा हालमा मात्रै उत्सव रिलिज भएको थियो । नायक श्रीकृष्ण श्रेष्ठको असामयिक निधनपछि चलचित्र ‘कोहिनुर’ हेर्ने दर्शकको भीडको कारणले गर्दा मोफसलमा भने फिल्म रिलिज हुन नपाएको पनि उनले प्रष्ट पारे ।
‘कोहिनुरको कारणले रिलिज र व्यापारमा असर पुग्यो, तरपनि राजधानीको हलहरुमा राम्रोसँग एक साता चल्यो, कतिपयमा दोस्रो हप्ता पनि चल्यो । व्यापारसँग सन्तुष्टी नैछ’–उनले भने–‘मोफसलबाट राम्रो व्यापार हुन्छ भन्ने अपेक्षा छ ।’ उनका अनुसार उत्सव फिल्म पाँच जना युवा साथीहरुको मित्रतामा आधारित फिल्म हो । जहाँ फ्रण्डसिपसँगै दाजुभाई, बाउ छोराबीचको प्रेमलाई पनि देखाइएको छ । ‘ग्रायाजएशन सकेपछि कलेज पढ्ने साथीहरु आ आफ्नो बाटोमा लाग्छन्, यो फिल्म त्यही समयको कथा हो’–उनले भने ।
फिल्ममा कोइरालाबाहेक सौगात मल्ल, गौरव पहाडी, सन्दीप क्षेत्री, प्रकृति श्रेष्ठ, मेनुका प्रधान, बालकलाकार संयक ताम्राकारलगायतको अभिनय रहेको छ । कुमार भटराईले निर्देशन गरेको उत्सवका निर्माता शेखर कोइराला हुन् भने छाँयाकन पुरुषोत्तम प्रधानले गरेका छन् । गीतमा सुरेश राईको संगीत छ । यो फिल्म ७० लाख भन्दा बढी बजेटमा निर्माण भएको फिल्म हो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे