फेशन शोसँगै गीत र डान्स पार्टी(फोटोफिचर)


धरान । फेशन र गीतसंगीतमा रुचि राख्नेहरुको शहर हो धरान । यहाँका टिनएजर र युवा पुस्ता फेशन, गीतसंगीतमा भनेपनि हुरुक्कै हुन्छन् । त्यसैले, फेशन डिजाइनर आफ्नो नयाँ डिजाइनका पहिरनलाई यहाँका पुस्तामाझ पुर्याउन र कलाकारहरु कन्सर्ट,सांगीतिक कार्यक्रममा आउन सधै लालयित हुन्छन् ।
शुक्रबार साँझ धरानेहरु फेशन र गीत,संगीतको अनुपम फ्युजममा रमाए । सैनिक भवनको प्राङ्गणमा आयोजित द लेटेस्ट ड्रेन्ड २०१४ फेशन शोमा मोडलहरु र्याम्पमा मात्रै उत्रिएनन्, चर्चित कलाकारहरुले बेजोड प्रस्तुती पनि दिए । युवा र युवती मोडलहरु नयाँ नयाँ डिजाइनको पहिरनमा र्याम्पमा उत्रिदा थप हौसिएका फेशनका पारखीहरु सांगीतिक प्रस्तुतीबाट भरपुर मनोरञ्जन लिए । एल्लुर इन्टरनेनमेन्ट प्रालिद्धारा आयोजित फेशन शोमा काठमाण्डौंका ८ युवती र ६ युवा मोडलहरु र्याम्पमा उत्रिएका थिए ।


मोडलहरुले सारी, टि सर्ट एण्ड मिनिस्कर्ट, वान पिस, क्याजुअल लगायत युवा पुस्ताको रुचिअनुसारका ६ सिक्वेन्समा र्याम्पमा उत्रिएका थिए । ती पहिरनहरुको डिजाइन फेशन डिजाइनर शोभा महर्जनले गरेकी थिइन् भने कोरियोग्राफी निरुमेष रुपाखेती र सनिस शाक्यले गरेका थिए । धरानकै निसुङ्मा ब्युटि सोलुसन प्रालिले मोडलहरुलाई हेयर एण्ड मेकअप गरेको थियो । यसअघि राजधानीस्थित होटल र्याडिसनमा असहाय बालबालिकाहरुको सहयोगार्थ यो फेशन शो भइसकेको छ भने धरानपछि चरिकोटमा आयोजना हुने स्थानीय संयोजक तथा गायक ए.पि.शेर्पाले जानकारी दिए । ‘नयाँ मोडलहरुलाई प्लेटफर्म दिन र फेशनको ट्रेन्डबारे जानकारी दिन आयोजना गरेका हौं’–उनले भने ।
............

                                 गीत र डान्स पार्टी


शुक्रबार आयोजित फेशन शोमा धरानेहरुले गीत,संगीतको पनि स्वाद चाख्न पाए । फेशन शो चलिरहदा चर्चित गायक, गायिकाको प्रस्तुतीमा मनोरञ्जन लिएका धरानेहरु फेशन शो पछि भने चर्चित डिजे तेञ्जिङको डिजेइङमा रमाए ।
चर्चित गायक मिङ्मा शेर्पाले आफ्नो चर्चित गीत छम छम तिम्रो..बोलको गीतसँगै तिम्रो त्यो हँसिलो मुहारको..र लालुपाते फुल्यो वनैमा..बोलको गीत गाएर धरानेहरुलाई नचाए । यस्तै, गायिका श्रेया सोताङले पनि सुस्तरी.., यो छोरीको रुपै राम्रो..र ए माया..बोलको गीत गाएर धरानेहरुको संगीतिक तिर्खा मेट्ने प्रयास गरिन् । दुवै कलाकारहरुले गीत गाइरहदा मोडलहरु स्टेजमा आएर नाचेपछि माहौल झनै तात्तिएको थियो ।
यसैगरि, अर्का गायक ए.पि.शेर्पाले गरौं संकल्प...बोलको राष्ट्रिय गीतसँगै सम्झनामा आजभोली..पनि गाए भने नवोदित गायिका प्रकृत्ति थलङले पनि दुई वटा गीत गाएकी थिइन् ।





























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे