कुम्भ मेलामा आर्थिक अनियमितता भएको एमाओवादीको आशंका


धरान । गएको चैत र बैशाख महिनामा सुनसरीको बराहक्षेत्र गाविसस्थित चतरामा एक महिनासम्म सञ्चालन भएको महाकुम्भ मेलाको आम्दानीमा हिनामिना भएको आशंका गर्दै एकीकृत माओवादीले आयव्यय पारदर्शीढंगले सार्वजनिक गर्न माग गरेको छ ।
एमाओवादीको बराहक्षेत्र गाउ कमिटिले सोमबार विज्ञप्ती जारी गर्दै कुम्भमेला आयोजक समितिले आय व्यय सार्वजनिक गरेको भनेता पनि आम बराहक्षेत्रबासी, स्थानीय राजनैतिक दल, सरोकारवाला संघसंस्थालाई भने यर्थाथ जानकारी नदिएको उल्लेख छ । कुम्भ मेला सञ्चालन गर्न दुई दर्जन उपसमिति गठन गरिएको भएता पनि अलिे ती समितिका पदाधिकारीहरुसँग जानकारी लिन खोज्दा आफुहरु अनभिज्ञ रहेको बताउने गरेको एमाओवादीको भनाई छ ।

‘मुठीभरीका व्यक्तिहरुको आडभरोसामा कुम्भमेलाको आर्थिक हिसाबकिताब दबाउन खोजेकोले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ, नेपाल सरकार, देशविदेशबाट भएको सहयोग, भक्तजनहरुले गरेको आर्थिक सहयोगबाट उठेको रकम, खाद्यान्न सामग्रीहरुको बिलभर्पाइसहितको लेखा परीक्षण गरी यथार्थ हिसाबकिताब सार्वजनिक गरि जनउत्तरदायी बनाउन जोडजादर माग गर्दछौं’–विज्ञप्तीमा भनिएको छ । अध्यक्ष तुलसी पाण्डे र सचिव प्रदिप कार्कीद्धारा जारी विज्ञप्तीमा कुम्भमेलाको क्रममा भएको आयव्याय बराहक्षेत्र मन्दिर परिसरले विभिन्न राजनैतिक दल, संघसंस्थाको उपस्थितिमा सार्वजनिक गरी उदाहरणीय कार्य गरेपनि कुम्भमेला आयोजक समितिले त्यसो नगर्नु विडम्बना भएको उल्लेख छ ।
गत चैत १७ गतेदेखि बैशाख १९ गतेसम्म सञ्चालन भएको महाकुम्भ मेलामा नेपाल सरकारले पनि एक करोड रुपैया सहयोग गरेको थियो । यस्तै, सुरक्षा व्यवस्था, भौतिक पूर्वाधारको व्यवस्थ पनि सरकारले मिलाएको थियो भने मारवाडी समाजलगायत विभिन्न संघसंस्थाले भोजनको व्यवस्था गरेको थियो । ‘आम्दानी व्यापक भएको थियो, तर त्यो कहाँ खर्च गरियो, कति बचेको छ भनेर सार्वजनिक गरिनुपथ्र्यो, अहिलेसम्म भएन’–सचिव कार्कीले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे