लागुऔषधसहित युवा र महिला पक्राउ

धरान । ठुलो परिमाणमा लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । प्रहरीलाई धरान १६ का २७ बर्षीय अर्पण ताम्राकारलाई बुधबार सवारी चेकजाँचको क्रममा बालिका मोडबाट पक्राउ परेको हो ।
को १६ प ६०५० नम्बरको स्कुटीमा सवार ताम्राकारलाई चेकजाँच गर्ने क्रममा स्कुटीको सिट मुनी डिकीमा लुकाई राखेको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट २ एमएलको नारोजैसिक एक सय एम्पुल, एभिल एक सय एम्पुल, डाइजेलाव एक सय एम्पुल वरामद भएको डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । यस्तै, नाइट्रोसन ट्याब्लेट एक सय गोटी र स्पास्मो प्रोक्सिन ९६ क्याप्सुल फेला परेको छ ।

उनलाई लागुऔषध ओसारपसार अन्र्तगत मुद्दा चलाइएको डिएसपी थापाले जानकारी दिए । प्रहरीका अनुसार ताम्रकार फुटबल र क्रिकेटको वल्र्डकपको समयमा सट्टे बाज र मिटर ब्याजमा ठुलो परिमाणमा सम्पत्ति सकेको प्रारम्भिक अनुसन्धानबा देखिएको छ । उनको मोवाइल म्योजसहरुबाट उनी मिटर ब्याज र जुवामा धेरै पैसा सकेको र त्यही कारणले उनीमाथि ऋण लागेको देखिएको डिएसपी थापाले बताए ।
यस्तै, बुधबार साँझमा धरान ११ की ४९ बर्षीय विमला राई पनि ५ सय ग्राम गाँजासहित पक्राउ परेकी छिन् । उनी यसअघि गत माघमा पनि गाँजासहित पक्राउ परेकी थिइन् । त्यतिबेला सचेत गराएर छोडेपनि बानी नसुध्रिएको प्रहरीको भनाई छ । राईले धरानका टिनएजर र युवाहरुलाई पुरिया बनाएर गाँजा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे