बराह गोल्डकप शुरु हुदै, मैत्रीपुर्ण खेलमा पत्रकार विजयी



धरान । सुनसरीको बराहक्षेत्र गाविसमा आज मंगलबारदेखि दोस्रो बराह गोल्डकप ०७१ शुरु हुदैछ । बराहक्षेत्र खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजकले जनाएको छ ।
आदर्श उच्चमाविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार धरान फुटबल क्लब र पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरबीच रोमाञ्चक भिडन्त हुनेछ । प्रतियोगितामा आयोजकसहित पूर्वाञ्चलका विभिन्न ८ वटा टिमले सहभागीता जनाएको छ । ‘सबै तयारी पुरा भइसकेको छ, प्रतियोगिताको उद्घाटनको क्षणलाई मात्रै पर्खिरहेका छौं’–आयोजक समितिका उपाध्यक्ष सुनिल मगरले भने । असोज ७ गतेदेखि शुरु हुने प्रतियोगिताको फाइनल खेल असोज १४ गते हुनेछ । प्रतियोगिताको उद्घाटन जिल्ला फुटबल संघका अध्यक्ष दिलिप राईबाट हुनेछ ।


उपाध्यक्ष मगरका अनुसार प्रतियोगिताकै लागि खेल मैदानमा करिब एक हजार दर्शक क्षमताको बाँसको प्याराफिट निर्माण गरिएको छ भने स्टेज पनि निर्माण भइसकेको छ । प्रतियोगितामा सहभागी टिम र खेल तालिका पनि तयार छ । प्रतियोगितामा धनकुटा फुटबल क्लब, धरान फुटबल क्लब, झापा फुटबल क्लब, सशस्त्र प्रहरी वल दमक, बराहक्षेत्र फुटबल क्लब, पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, न्यु स्टार फुटबल क्लब भरौल र गाईघाट फुटबल क्लब उदयपुरले सहभागीता जनाएको छ ।


प्रतियोगिताको विजेताले नगद ८१ ह्जार र ट्रफी हात पार्नेछ भने उपविजेताले ५१ ह्जारसहित ट्रफी पाउनेछ । पहिलो सँस्करणमा भने पुरस्कार राशी विजेता र उपविजेतालाई क्रमशः ५१ ह्जार र ३१ ह्जार रुपैया थियो । यसैगरी, प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद २ हजार, प्रतियोगिताभरी उच्च गोलकर्ता, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपरलाई पनि जनही २ हजार नगद र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ३ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
.....................

                               मैत्रीपुर्ण खेलमा पत्रकार विजयी

दोस्रो बराह गोल्डकपको प्रर्वद्धन एवं प्रचारप्रसार गर्ने उद्देश्यले सोमबार आयोजित मैत्रीपुर्ण खेलमा मिडिया स्पोर्टिङ क्लब विजयी भएको छ । गोल्डकप आयोजना हुने आर्दश उच्चमाविको खेल मैदानमा आयोजित खेलमा बराह एक्स टिमलाई ५–१ गोलअन्तरले हराउदै पत्रकार टोली विजयी भएको हो ।
पत्रकारको जितको लागि सुमन श्रेष्ठले २ गोल गरे भने विकास राई र धिरेन लिम्बूले एक एक गोल गरे । यस्तै, बराह एक्सबाट युवराज श्रेष्ठले २ गोल गरेका थिए भने सुमन श्रेष्ठ र सन्तोष श्रेष्ठले एक एक गोल गरेका थिए । खेलपूर्व आयोजित समारोहलाई सम्बोधन गर्दै आयोजक समितिका सचिव सुर्य तुम्बाहाम्फेले खेलकुदको माध्यमबाट पनि बराहक्षेत्रलाई राष्ट्रिय, अन्र्तराष्ट्रियस्तरमा पहिचान दिलाउन गोल्डकप आयोजना गरिएको बताए । यस्त्रै, पत्रकारको तर्फबाट बोल्दै ब्लाष्टका सम्पादक किसोरकुमार कार्कीले खेलकुदले नै नेपालीलाई एकताको सुत्रमा बाध्ने माध्यम भएको भन्दै बराह गोल्डकपको प्रर्वद्धनमा सक्दो सहयोग गर्ने बताए ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे