वान डे खसी कपमा प्याब्सन पहिलो, २२ किलोको खसी पुरस्कार


धरान । दशैंको अवसरमा आयोजित मैत्रीपुर्ण एक दिवसीय खसी कप फुटबल प्रतियोगितामा प्याब्सनको टिम विजयी भएको छ । धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा एन–प्याब्सनको टिमलाई ४–१ को गोलअन्तरमा हराउदै प्याब्सन विजयी भएको हो ।

फाइनल खेलमा पहिलो हाफ १–१ गोलको बराबारीमा टुंगिए पनि दोस्रो हाफमा प्याब्सनले थप ३ गोल गर्दै जित हात पार्यो । पहिलो हाफमा एन प्याब्सनका मनिल महराले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा प्याब्सनका रोनि विष्टले गोल गर्दै पहिलो हाफ बराबरी बनाए । दोस्रो हाफमा पुनः रोनि, किरण राई र ऋर्षि चौधरीले एक एक गोल गर्दै टिमलाई जित दिलाए । एन प्याब्सनका मनिलको एक मात्र गोल सान्त्वना भयो ।

विजेता प्याब्सनले २२ किलोको खसी पुरस्कार वापत पायो भने उपविजेता एन–प्याब्सनले २ वटा कुखुराको भालेमा चित्त बुझायो । यस्तै, प्रतियोगितामा धरान मिडिया स्पोर्टिङ क्लबले बंैकर्स टिमलाई ४–२ ले हराउदै तेस्रो भयो । मिडियाकोतर्फबाट सुमन श्रेष्ठले २ गोल गरे भने विकास राई र बुद्रोस लिम्बूले एक एक गोल गर्दै टिमलाई जित दिलाए । बैंकर्सका सञ्जोग लिम्बू र कृष्ण तामाङले एक एक गोल गरेपनि टिमलाई हार हुनबाट जोगाउन सकेनन् । तेस्रो स्थान भएको मिडियाले एउटा कुखुराको भालेसहित पेय पदार्थ र बैंकर्स टिमले पेय पदार्थमा चित्त बुझायो ।
नजिकिदै गरेको दशैंमा मित्रता प्रगाढ बनाउन तथा स्वस्थ्य रहनको निम्ति पनि प्रतियोगिता आयोजना गरिएको एन–प्याब्सनले जनाएको छ । अध्यक्ष गणेश राईका अनुसार यो प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तरता दिइनेछ ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे