शिक्षकलाई हाजिर गराएपछि क्याम्पसमा ताला

त्रिवि कार्यकारी परिषदको निर्णयअनुसार सरुवा भई आएका व्यवस्थापन बिषयका स्थायी उप प्राध्यापक कुलबहादुर परियारलाई क्याम्पस प्रशासनले हाजिर गराएलगत्तै विवाद शुरु भएको थियो । परियारलाई गत फागुन १२ गते क्याम्पस प्रशासनले हाजिर गराएको थियो । उनलाई क्याम्पसमा हाजिर गराएलगत्तै प्रजातन्त्रवादी प्राध्यापक संघ, क्याम्पस इकाई समितिले विगतको सहमति विपरीत करारमा रहेका शिक्षकहरु विस्थापित गराउने चलखेल गरेको भन्दै विरोध जनाएको थियो ।

क्याम्पस प्रमुख राई त्रिवि कार्यकारी परिषदको निर्णयलाई आफुले कार्यान्वयन मात्रै गरेको उल्लेख गर्दै वार्ताबाटै विवादलाई समाधान गर्ने प्रयास गरिरहेको बताए । साथै, अघिल्लो क्याम्पस प्रमुखको कार्यलाई आफुले निरन्तरता मात्रै दिएको उनको भनाई छ । ‘त्रिवि कार्यकारी परिषदको निर्णयलाई मैले कार्यान्वयन मात्रै गरेको हुँ, त्यो पनि मभन्दा अघिका क्याम्पस प्रमुखको कामलाई निरन्तरता दिएको हो’–क्याम्पस प्रमुख राईले भने–‘वार्ताबाटै निकास हुनुपर्छ भनेर लागिरहेको छुँ, तर आन्दोलनरत पक्ष वार्तामा आउन मानेको छैन । कुलबहादुर जीको पक्षमा संघर्ष समिति नै बनिसक्यो, जातीय मुद्दा बनेर मुठभेटको स्थिति आए समग्र शैक्षिक गरिमा धुमिल हुन्छ भन्ने चिन्ता छ ।’
यो क्याम्पसमा यस्तै समस्या करिब पाँच बर्षअघि पनि देखा परेको थियो । त्यतिबेला इलाम र भोजपुरबाट व्यवस्थापन र भुगोल बिषयका ४ जना शिक्षक सरुवा भई आएका थिए । त्रिवि प्राध्यापक संघले तत्कालीन क्याम्पस प्रमुख सुर्यकुमार राईसँग वार्ता गरेर करार शिक्षकहरुको समस्या समाधान नभएसम्म अब आइन्दा संघ र सरोकारवालाको सहमति विना सरुवा भई आउन नदिने भनेर सहमति भएको थियो । उक्त सहमति विपरीत अन्य सरोकारवाला पक्षसँग सल्लाह एवं छलफल नै नगरी हालका क्याम्पस प्रमुख राईले उपप्रध्यापक परियारलाई हाजिरी गराएकोले विरोधमा उत्रिएको प्रजातन्त्रवादी प्रध्यापक संघका क्याम्पस इकाई सभापति गंगा चौलागाईले बताए ।
‘१६ बर्षदेखि सेवारत करार शिक्षकहरुको समस्या समाधान भएकै छैन, यसरी रिक्त दरबन्दीमा स्थायीलाई सरुवा गरेर पठाईरहने हो भने उहाँहरु विस्थापित हुने अवस्था आउछ’–चौलागाईले भने–‘त्यसैले यो समस्या समाधान नभएसम्म सरुवा भई आउन नदिने भन्ने पूर्वसहमति प्रशासनले लत्याएकोले आन्दोलनमा उत्रन बाध्य भएका हौं ।’ त्रिविको देशभरका ६० आंगिक क्याम्पसहरुमा हजार बढीको संख्यामा करार शिक्षकहरु छन् भने महेन्द्र क्याम्पसमा मात्रै विगत १६ बर्षदेखि प्राध्यापनरत ३५ जना करार शिक्षकहरु छन् ।
यसगरी, परियारको पक्षमा गठित संघर्ष समितिले एक विज्ञप्ती जारी गर्दै सहजरुपमा काम गर्ने वातावरण नबनेसम्म संघर्षका कार्यक्रम निरन्तर गर्ने जनाएको छ । संयोजक लालबहादुर सेन्च्युरीद्धारा जारी विज्ञप्तीमा क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउने, जनमत निर्माण गर्ने, घटनाको भण्डाफोर गर्ने, राष्ट्रिय दलित आयोगको ध्यानाकर्षण गराउने, कानुनी उपचार अवलम्बन गर्ने र त्यसो गर्दा पनि उपलब्धी नभए तालाबन्दीमा उत्रने चेतवनी दिइएको छ ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।