अञ्जली मृत्यु प्रकरण: फेरी पोष्टमार्टमको माग गर्दै प्रजिअलाई निवेदन


धरान । महिलाले झुण्डिएर आत्महत्या गरेको भनिएको शंकास्पद घटना गठित संघर्ष समिति र माइती पक्षले शवको पुनः पोष्टमार्टमको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवदेन दिएका छन् । संघर्ष समितिको नेतृत्वमा सोमबार छिमेकीसहित इनरुवास्थित जिल्ला प्रशासन कार्यालय गएको टोलीले प्रजिअ रविराज पन्थलाई निवेदन पेश गर्दै पुनः पोष्टमार्टमको माग गरेका हुन् ।
पोष्टमार्टम गरिदा माइती पक्षलाई पनि उपस्थित गराउनु पर्ने र प्रहरीले पुनः घटनास्थलको वस्तुस्थिति बुझेर सरजिमिन गर्नुपर्ने माग पनि संघर्ष समिति प्रजिअसमक्ष गरेको छ । ‘पहिला माइती, छरछिमेक कसैलाई पनि थाहै नदिई पोष्टमार्टम गरिएको रहेछ, त्यसैले माइती, छरछिमेकको उपस्थितिमा पुनःपोष्टमार्टम हुनुपर्छ भन्ने माग गरेका छौं’–घटनाबारे दलीय अनुगमन समितिका संयोजक गोपाल कार्कीले भने–‘प्रहरीले घटनास्थलको वस्तुस्थिति बुझेर सरजिमिन फेरि गर्नुपर्छ भनेका छौं ।’
कांग्रेस नगरसभापति किसोर राईले अञ्जली राईको मृत्यु जसरी भएपनि घरेलु हिंसाको चरमरुप भएकोले आरोपितहरुलाई घरेलु हिंसाअन्र्तगत भएपनि कानुनी कारबाही गर्न माग गरे । साथै उनले यस घटनामा चाडै कानुनी प्रक्रिया अपनाइदिन पनि प्रजिअ पन्थसँग उनले आग्रह गरेका थिए । हतारमा पोष्टमार्टम गरिनु, प्रहरीले माइती पक्षको जाहेरी दर्ता नगर्नु र छरछिमेकको कुरा सन्नै नमान्नुले हत्या घटनालाई प्रहरीले नै आत्महत्या बनाउन खोजेको महिलाहरुको भनाई थियो । प्रजिअ पन्थले भने प्रहरी भन्दा माथि धेरै निकाय भएकोले झुटो कुरा मुचुल्का गरेर दोषीलाई उम्काउन नसक्ने जिकिर गर्दै घटनालाई कानुन वमोजिम कारबाही अघि बढाउन निर्देशन दिइसकेको बताए । ‘प्रहरीले एक पटक झुटो कुरा लेखेर हुदैन, उभन्दा माथि धेरै निकाय छ । मैले कानुनवमोजिम गर्न भनिसकेको छुँ’–प्रजिअ पन्थले भने–‘न्याय मर्दैन, न्याय पाइन्छ । गल्ती गरेको देखिएमा कानुन वमोजिम कारबाही पनि हुन्छ ।’

गत चैत २२ गते धरान १६ स्थित घरमा शंकास्पद अवस्थामा मृत भेटिएकी अञ्जली राईलाई कुटपिट गरेर हत्या गरेको छरछिमेकी र महिला अधिकारकर्मीहरुको दाबी छ । तर, पोष्टमार्टम रिपोर्टमा आत्महत्या देखिएको भन्दै प्रहरीले एक सातासम्म जाहेरी दर्ता गर्न मानेन । छरछिमेक महिलाहरुले संघर्ष समिति नै गठन गरेर दिनहुजसो प्रहरीविरुद्ध प्रर्दशन गर्न थालेपछि चैत २९ गते मात्रै जाहेरी दर्ता भएको थियो । त्यसपछि मात्रै प्रहरीले श्रीमान् सुजन र ससुर अशोक श्रेष्ठलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे