संक्रमित बालबालिकाको शिक्षाको लागि सहयोग


धरान । तेस्रो नेवा च्यारिटी ८ के रनको आयोजक धरान रनले संकलित रकम एचआइभी संक्रमित बालबालिकाहरुको शिक्षाको लागि प्रदान गरेको छ । गत फागुन ९ गते आयोजित प्रतियोगिताबाट बचेको रकममा थप गरेर आयोजकले डेढ लाख रुपैया सहयोग गरेको हो ।
शुक्रबार भानुचौकस्थित नेवा फण्ड राइजिङ सपमा आयोजक एक कार्यक्रममा धरान रनका अध्यक्ष मनिष तामाङले धरान पोजेटिभ समुहका अध्यक्ष खगेन्द्र खड्कालाई चेक हस्तान्तरण गरे । विगत तीन बर्षदेखि आयोजना हुदै आएको प्रतियोगिताको तेस्रो सँस्करण संक्रमित बच्चाहरुको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले गरिएको थियो । प्रतियोगितामा कुल ७ लाख १० हजार १ सय १९ रुपैया आम्दानी भएको र बचेको रकममा ५१ ह्जार ३ सय २४ रुपैया थपेर डेढ लाख रुपैया समुहलाई प्रदान गरेको सचिव रोमु राईले जानकारी दिए ।
सचिव राईका अनुसार बेलायत, कोरिया, यूएई, कतार र हङकङमा रहेका नेपालीहरुबाट कुल ३ लाख ३३ हजार ९ सय ५ रुपैया प्रतियोगितालाई सहयोग भएको थियो । यसैगरि, धरान उपमहानगरपालिकाबाट एक लाख सहयोग भयो भने फारम रजिष्ट्रेशनबाट २ लाख ५५ हजार ४ सय ५० र एक दिन रिक्सा चलाएर २० हजार ७ सय ६४ रुपैया संकलन गरिएको थियो । संक्रमित बालबालिकालाई डेढ लाख सहयोगसहित कुल ७ लाख ६१ ह्जार ४ सय ४३ रुपैया खर्च भएको उनले जानकारी दिए ।
धरान पोजेटिभ समुहका अध्यक्ष खड्काका अनुसार हाल विभिन्न जिल्लाका २५ जना बालबालिकाहरु सम्पर्कमा छन् । उनीहरुलाई सेभ द चिल्ड्रेनबाट मासिक एक हजार रुपैया सिधै खातामा सहयोग गरिरहे पनि पौष्टिक खाना, शिक्षालगायतमा आर्थिक अभावले धेरै समस्या छ । ‘८ के रनको सहयोगले यी बच्चाहरुको पढाईमा खर्च गछौं, उनीहरुलाई अझै पनि धेरै सहयोगको खाचो छ’–उनले भने । धरान रनका अध्यक्ष मनिष तामाङले हरेक बर्ष अपांग, अशक्त एवं समस्याग्रस्त व्यक्तिको क्षेत्रमा कार्यकरत संघसंस्था वा स्वयम व्यक्तिहरुलाई सहयोग पुर्याउने उद्देश्यले ८ के रन आयोजना भइरहेको बताए । संक्रमित बच्चाहरुलाई भने आगामी बर्षमा पनि केही प्रतिशत रकम सहयोग दिइने उनले खुलाए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे