धरानमा तीन दिने नवबर्ष स्काउट क्याम्प(फोटोफिचर)

स्काउटर विद्यार्थीहरुलाई समुहिकरुपमा अनुशासित भई काम गर्ने बानीको विकास गराउन एवं व्यक्तिगत प्रतिभा, क्षमता देखाउने अवसरकोरुपमा क्याम्प आयोजना गरिएको आयोजक जिल्ला स्काउट कार्यालयले जनाएको छ । ‘विद्यार्थीहरुलाई अनुशासनमा बसेर सामुहिकरुपमा कसरी काम गर्न सकिन्छ भन्ने ज्ञान दिलाउछ, उनीहरुभित्र रहेको प्रतिभालाई सबैको सामु प्रष्फुटन गर्ने अवसर पनि मिल्छ’–स्काउटका जिल्ला समन्वय आयुक्त लक्ष्मण राईले भने । विभिन्न अवसरमा जिल्ला स्काउटले बर्षेनी यस्तो क्याम्प आयोजना गर्छ । क्याम्पसले बालबालिकाहरुलाई प्रकृतिको नजिक तुल्याउने र अनुशासनमा बाँधिएर व्यहारिक बनाउने आयोजकको भनाई छ ।
तीन दिनसम्म स्काउटर विद्यार्थीहरु टेण्ट टागेर बस्नछन् । टेण्टलाई घरजस्तै चिटिक्क सजाउछन् । उनीहरु आफैले प्रबन्ध गरेर ल्याएको खाद्यान्नबाट चिया नास्ता, खाना बनाएर खान्छन् । दिनमा विभिन्न प्राकृतिक एवं दैविप्रकोपको सामना, उद्दार गर्ने तालिम लिन्छन् । ‘यहाँ नानीहरुले व्यहारिक ज्ञान सिक्छन्, जस्तो सुकै परिस्थितिमा पनि बाँच्न सिकाउछ’–जिल्ला स्काउट युवा परिषदका अध्यक्ष हेमन्त भण्डारीले भने–‘उनीहरु उठेदेखि नसुतेसम्म व्यहावहारिक ज्ञान पाउने गतिविधिहरुको तालिका छ, त्यसैअनुसार हाँस्दै खेल्दै सक्रियरुपमा काम गर्छन् र सिक्छन् ।’

सुनसरीका जिशिअ रुद्र दुलालले सफल र सक्षम जीवन यापन गराउन स्काउटको व्यावहारिक ज्ञान महत्वपुर्ण हुने भन्दै ज्ञानलाई सिपमा परिणत गर्नसकेमात्रै जीवन सार्थक हुने बताए । साथै उनले जिल्ला सबै सामुदायिक विद्यालयहरुको पहँुचमा स्काउट पुर्याउन पहल गर्ने पनि बताए । ‘तपाईहरुको यो अभ्यासले जीवनमा, व्यहावहारमा परिर्वतन ल्याउनेछ, नैतिकता, अनुशासन र सकरात्मक व्यहावहार र सोच ल्याउनेछ भन्ने अपेक्षा लिएको छुँ’–जिशिअ दुलालले भने–‘जिल्लाको सबै सामुदायिक विद्यालयमा स्काउटको पहुँच पुग्न सकोस् र स्काउटरको विकास होस् भन्ने मेरो चाहना छ, यसको लागि सक्दो प्रयास मबाट हुनेछ ।’

Comments
Post a Comment