धरानमा महाभुकम्प पीडितलार्इ राहत संकलन

धरान । चार दिनअघि गएको महाभुकम्पबाट परिवारजन, घरबारविहिन भएका नागरिकहरुलार्इ राहत दिलाउन धरानमा विभिन्न संघसंस्थाहरुले राहत संकलन शुरु गरेका छन्‍ ।भुकम्प पीडितहरुलार्इ राहतको लागि सुनसरी एम्बुलेन्स चालक संघ र धरान एम्बुलेन्स व्यावस्थापन समितिले संयुत्तmरुपमा राहत संकलन अभियान चलाए भने लिम्बुवान पार्टी नेपालले पनि राहत संकलन शुरु गरेको छ । चालक संघ र समितिले प्रशासनमाफत संकलित राहत सरकारलार्इ पठाउने जनाएको छ भने लिम्बुवान पार्टीले भने नेताहरु आफै गएर प्रभावित क्ष्ोत्रमा रात वितरण्ा गनर्े जनाएको छ ।
शनिबार गोरखा जिल्लालार्इ केन्द्रविन्दु बनाएर गएको भुकम्पबाट धरान र धरानबासीले ठुलो क्ष्ाति व्यहोनर्ु नपरेपनि राजधानीलगायत मध्यपश्चिमका जिल्लामा ठुलो भौतिक र मानवीय क्ष्ाति पुगेको छ । महाभुकम्पबाट हालसम्म ४ हजार ४ बढीको म ृत्यु भइसकेको छ भने पूर्वी नेपालमा हालसम्म ५२ जनाको म ृत्यु भएको पुष्टि भएको छ । जसमा सुनसरी जिल्लामा ७ जनाको ज्यान गएको छ । तर, धरानमा नै भने अहिलेसम्म कुनै मानवीय क्ष्ाति पुगेको छैन । तर, राजधानीमा बसोबास गरिरहेका वा विभिन्न कामले गएका धरानेहरु कति हताहत भए खुल्न सकेको छैन ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे