‘स्वाइन फ्लु’को भ्रमले वंगुरपालन चौपट
धरान । दुई साथीसँग मिलेर पाँच लाख भन्दा बढी लगानीमा वंगुर फर्म खोलेकी धरान १६ की सविता राई यतिबेला निराश छिन् । छ वटा माउले तीन दर्जन जति पाठापाठी(बच्चा) जन्माएको थियो । ती पाठापाठीलाई उनीहरुले अढाई महिनाको भएपछि नै बिक्री गर्न खोजेको थिए । तर, बिक्री हुन सकेन ।
झण्डै छ महिनापछि चैत अन्तिमतिर मात्रै पाठापाठी बिक्री भयो । त्यो पनि एकदमै न्युन मुल्यमा । अहिले फर्ममा भएका माउलाई चारो(दाना) खुवाउनै समस्या छ । ‘पाँच हजारमा बिक्री हुनुपर्ने पाठापाठी ३ हजार घाटा खाएर २ हजारमा बेच्नु पर्यो । पैसा नभएर माउलाई चारो खुवाउनै समस्या छ’–फर्मकी सञ्चालिका राईले भनिन्–‘वंगुर बिक्री हुनै छाड्यो, फर्म नै बन्द गर्ने कि भनेर सोच्दैछांै ।’ सुनसरी, पञ्चायनका कुमार तामाङको हाल पनि उस्तै छ । आफ्नो फर्मको वंगुर बिक्री गरिदिन उनले धरान २०, वसन्तटारस्थित सोताङ वंगुर फर्मका सञ्चालक कृष्ण राईलाई गुहार्नुपर्यो । उता, ठुला वंगुरपालकमा गनिने राईकै कारोबार पनि पछिल्लो पाँच महिनामा ३५ प्रतिशतले धक्का लागिसकेको छ ।
पछिल्लो समय साना पूजिको लगानीमा सञ्चालित अधिकांश वंगुरफर्म बन्द हुन थालेको छ भने किसान, व्यापारीको अबौं लगानी जोखिममा छ । पूर्वमा फष्टाएको वंगुरपालन व्यावसाय यसरी चौपट हुनुको कारण हो, भारत हुदै नेपाल भित्रिएको ‘स्वाइन फ्लु’ रोग । वंगुरबाट स्वाइन फ्लु सर्छ भन्ने भ्रमपुर्ण हल्लाको कारण पछिल्लो ६ महिनामा वंगुर र यसको मासुको बिक्री ह्वात्तै घटेको फर्म सञ्चालकहरु बताउछन् । ‘विना अर्थको हल्लाले वंगुरपालन व्यावसाय चौपट बनायो । पाठा बिक्री नै हुदैन, हुदा पनि धेरै सस्तोमा बेच्नु परेको छ’–सोताङ फर्मका सञ्चालक एवं नेपाल वंगुर संघ कोशी अञ्चल अध्यक्ष कृष्ण राईले–‘१५ हजार पर्ने वंगुर ५ हजारमा किनिदिनुस भन्दैछन्, र पनि किनिदिन सकिएको छैन । धेरै व्यावसायी साथीहरु म सक्दिन भनेर हात उठाउन थालिसकेका छन् ।’
पूर्वको झापा, मोरङ र सुनसरी वंगुरपालन व्यावसाय फष्टाएको जिल्ला हो । देशभर हुने वंगुर कारोबारको ५० प्रतिशत पूर्वका जिल्लाले ओगटेको छ । कोशी अञ्चलमा मात्रै अढाई सय फर्म सञ्चालनमा रहेको अध्यक्ष राईको भनाई छ । ती मध्ये पनि ३५ को हाराहारीमा मात्रै दर्ता भएर चलेका छन् । घरमा वंगुर पाल्नेको संख्या पनि अनगिन्ती छन् । दर्ता भएको एउटा फर्ममा कम्तीमा ३० वटा माउ वंगुर हुन्छ । जसमा कम्तीमा ५० लाख रुपैया लगानी छ । साना व्यावसायीहरुले पनि कम्तीमा ५ लाख रुपैया लगानी गरेका छन् । नेपालमा उत्पादन भएको वंगुरका पाठापाठी र माउको माग भारतको सिक्किम, दार्जिलिङ, उडिसा र भुटानमा अत्यधिक छ । तर, स्वाइन फ्लु रोगले महामारीको रुप लिएपछि भारतमा नेपालबाट आयातमा हुने वंगुरमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा नेपालमा उत्पादन भएका वंगुरका पाठा र बिक्री गर्नुपर्ने माउहरु फर्ममा नै जाम भएर बसेका छन् । व्यापारीहरुले वंगुर खरीद गर्नै छाडेका छन् । नेपालमा पनि स्वाइन फ्लुका रोगी भेटिएपछि वंगुरबाट सर्छ भन्ने डर सर्वसाधारणहरुमा भएकोले मासु र वंगुरको बिक्री घटेको छ । पाँच हजारमा बिक्री हुने पाठापाठी अहिले २ हजार, २५ सयमा बेच्नु परेपछि फर्म सञ्चालकहरु मारमा छन् । व्यापारीहरुका अनुसार धरानमा मात्रै दैनिक ५०/६० वटा वंगुर काटिन्थ्यो । अहिले घटेर ८/१० वटामा झरेको छ । सातामा ८ सयको हाराहारीमा भारत निर्यात हुने वंगुर अहिले ठप्प भएको व्यापारी विरेन्द्र लिम्बू बताउछन् । स्वाइन फ्लुअघि इन्सेफ्लाइटिस रोगको हल्ला पनि वंगुरको व्यापारमा धक्का लागेको उनले बताए । ‘भारत खपत भएन भने नेपालमा उत्पादन भएको वंगुर यहाँको बजारले थेग्दैन, नेपालमै पनि स्वाइन फ्लुको गलत हल्लाले बिक्री छैन’–उनले भने ।
अबौंको लगानी भएको वंगुरपालन व्यावसाय धरासायी हुनबाट जोगाउन राज्यले कुनै पहल नगरेको व्यावसायीहरुको गुनासो छ । ‘स्वाइन फ्लु वंगुरबाट सरेको होइन, मान्छेबाट मान्छेमा आएको हो । तर, नेपालमा वंगुरबाटै सरेको जस्तै गरि हल्ला फिजाइयो’–वंगुर व्यावसायी संघ झापाका अध्यक्ष भिम राईले भने–‘राज्य, पशु सेवा विभाग र स्वयम व्यावसायीहरुले पनि यसबारेमा जनतालाई सही म्यासेज दिनुपथ्र्यो, तर कसैले केही नगर्दा अरबौंको लगानी डुब्न लागिसक्यो ।’ कोशी अञ्चल अध्यक्ष राई पनि राज्यका निकायले मिडियालाई उपयोग गर्दै सही, सत्य प्रचार नगर्दा व्यावसायीहरु विस्थापित भएको गुनासो गर्छन् ।
पशु सेवा केन्द्र धरानका इञ्चार्ज एवं पशु चिकित्सक रामआशिष यादव नेपालको वंगुरमा स्वाइन फ्लु हालसम्म नदेखिएकोले मासु खान डराउनु नपर्ने जिकिर गर्छन् । ‘स्वाइन फ्लु नेपालको वंगुरबाट फैलिएको होइन, विदेशमा मान्छेबाट मान्छे हुदै आएको हो । त्यसैले यहाँको वंगुरबाट सर्छ भन्नु भ्रममात्रै हो’–पशु चिकित्सक यादवले भने–‘वंगुरको मासु खान डराउनु पर्दैन, आरामले खानुस् ।’

Comments
Post a Comment