प्रियंकाले जितिन् मिस पूर्वाञ्चलको ताज(फोटोफिचर)


धरान । मोरङ विराटनगरकी १८ बर्षीय प्रियंका श्रेष्ठले मिस पूर्वाञ्चल २०१५ को उपाधि जितेकी छिन् । धरान सभागृहमा बिहिबार राती सम्पन्न प्रतियोगितामा अन्य १३ प्रतिस्पर्धीलाई उछिन्दै उनले छैठौं मिस पूर्वाञ्चलको ताज जितेकी हुन् । प्रियंकाले उपाधि ताजसहित यामाहा स्कुटी हात पारिन भने हङकङ भ्रमणको अवसर पनि पाइन् । यस्तै, भेडेटार होटल एशोसिएशनको पर्यटन दुत, आशरा सुधार केन्द्र र बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको पनि उनी सद्भावना दुत घोषित भएकी छिन् । नेपाल कर्मश क्याम्पसमा चार्टर एकाउण्टेण्ट अध्ययनरत उनी भविष्यमा समाजसेवा गर्न चाहन्छिन् ।
यसैगरि, धरानकी २० बर्षीय अनु राई फष्टरनर अप भइन् भने झापा दमककी १८ बर्षिय प्रमिशा बज्रचार्य सेकेण्ड रनरअप भइन् । अनुले नगद ४० हजार र बैंकक भ्रमणको अवसर पाइन् भने प्रमिशाले नगद ३० हजार र पोखरा भ्रमणको मौका हात पारिन् । उनीहरुसँगै टप ५ मा स्मृति श्रेष्ठ र सञ्जु मल्ल ठकुरी पनि परेकी थिइन् । विजेता प्रियंकालाई गत सँस्करणकी विजेता नेमिता आङबुहाङ लिम्बू, फष्ट रनरअपलाई गत बर्षकी तेञ्जिङ तामाङ र सेकेण्ड रनरअपलाई गत बर्षकी निलम थापाले ताज पहिराइदिएकी थिइन् ।
प्रतियोगितामा विजेता प्रियंकाले मिस पब्लिक च्वाईसको टाइटल पनि जितिन् । फष्ट रनरअप अनुले मिस ट्यालेण्टको टाइटल जितिन् भने मिस चार्मिङ सायरा लिम्बू, मिस पर्सनालिटी सञ्जु मल्ल ठकुरी, मिस फ्रेण्डसिप मिशाल श्रेष्ठ, मिस फोटोजेनिक समुना लिम्बू र मिस वेष्ट वाक सरुपा थापा मगरले जितिन् । टाइटल विजेताहरुले जनही नगद १० हजार थापे । सिल्भर इन्टरटेनमेन्टद्धारा आयोजित भव्य समारोहमा गायक नवराम राई, नवराज बस्नेत, वविन लिम्बू र पदम राईले गीत गाएर मनोरञ्जन दिलाए ।

























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे