नाम्जे–थुम्की होम स्टेमा स्वागत(फोटोफिचर)
भेडेटार बजार पर्तिर(केही पूर्व)को नाम्जे गाउँ पुग्दा गोधुली साँझ भइसकेको थियो । मिस पूर्वाञ्चल २०१५ को आयोजक प्रतिस्पर्धी १४ सुन्दरीसहित थुम्की डाँडास्थित आत्माघर हेर्न गएका रहेछन् । केहीबेर एक्लै पर्खनु पर्यो । करिब ३० जनाको टोलीमा डाँडाबाट तल झरेपछि म पनि मिसिए । होटल एशोसिएशन भेडेटारका पदाधिकारीको पछि लाग्दै नाम्जे–राजारानी सडकखण्डबाट तल गाउँतिर झर्यौं ।
‘मेझोर...’। ‘मेझोर...’ । सडकबाट दुई मिनेट जति तल झर्नेबित्तिकै दुई हात जोडेर मगरनी वालाहरुले हसिलो मुद्रामा स्वागत गरे । सोलार बत्तिको मधुरो प्रकाशमा पनि मौलिक पहिरनमा उनीहरु धपक्कै बलेका देखिन्थे । गाउँलेहरु पनि ‘मेझोर...’ भन्दै स्वागतमा आए । मगर भाषामा मेझोरको अर्थ हो, नमस्कार । भेडेटार वडा नम्बर ६, ७ र ८ मा मगर जातिको मात्रै २ सयको हाराहारीमा घर छन् । यही चैत २१ गते शनिबार पूर्वेली सुन्दरीहरुसँग यही मगर गाउँको ‘होम स्टे’मा पाहुना बनेर पुगेका थियौं ।
सिनिक्क पारिएको फराकिलो आगन, रंगीचंगी फुलबारी र चिटिक्कको नेपाली परम्परागत शैलीको घर । प्रायःजसो गुञ्जमान मगरको यही घरमा शुरुमा पाहुना(पर्यटक)हरुको स्वागत हुन्छ । आगनमा गुन्द्री र कुर्सीमा बसेका पहुनालाई गुराँसको फुल उनेर बनाएको मालाले पालैपालो स्वागत भयो । परिचय सकेपछि भुटेको मकै, भटमास र गुन्द्रुकको आचारको स्वादिलो स्वागत । फाष्टफुडमा बानी परेका शहरीयालाई पनि गाउँघरको यो खाजाको चलन साह्रै मिठो लाग्छ । खाजासँगै लोकल कोदोको तीन पाने ‘टुच्च’लगाएउन पनि सकिन्छ । केही युवाहरु त भान्सामै पुगेर गिलास रित्याउन थाले ।
खाजा पछि साँस्कृतिक टोलीले हुर्रा नाच प्रस्तुत गर्यो । हुर्रा नाच पूर्वेली मगरहरुले मात्रै नाच्ने सँस्कृति हो । हातमा समाएर मादलको तालमा गोलाकार हुदै नाचिन्छ । तमोर खोला वारी चौबिसे क्षेत्ररित मात्रै हुर्रा नाच देख्न सकिन्छ । पश्चिमका मगरहरुसँग रहनसहन, सँस्कृति पूर्वका मगरहरुको पटक्कै मिल्दैन । खासगरि तिहारमा औशीको दिनदेखि पुर्णिमाको दिनसम्म पूर्वका मगरहरुले हुर्रा नाच्छन् । अचेल भने समुहमा आउने पर्यटकहरुलाई स्थानीयले यो नाच देखाउन थालेका छन् । साँस्कृतिक टोलीसँगै स्थानीय बुढापाका, केटाकेटी, तरुनी तन्नेरी हुर्रा नाच्न थालेपछि पर्यटकहरु पनि नाचेर रमाउछन् । अन्त्यमा घरमुलीले निकालेको थालिमा दक्षिणा पनि राखिदिनुपर्छ । सँस्कृति पनि पर्यटन विकासको एक आधार हो भन्ने नाम्जेबासी गाउँलेहरुले राम्ररी बुझेका छन् ।
नाम्जे गाउँ करिब चार बर्ष अघिदेखि मात्रै चर्चामा आएको हो । यो गाउँलाई २०६८ सालमा अमेरिकी समाचार संस्था सिएनएनले विश्वका पुग्नै पर्ने उत्कृष्ट १२ ग्रामिण पर्यटकीय गन्तव्यको सुचिमा राख्यो । नजिकैको पर्यटकीय गन्तव्य भेडेटारको छाँयामा परेको नाम्जेको चर्चा त्यसपछि अन्र्तराष्ट्रियस्तरमा पुग्यो । भेडेटारबाटै फर्कने पर्यटकहरु नाम्जे गाउँसम्म पुग्न थाले । त्यसपछि मात्रै स्थानीयबासी पर्यटन र पर्यटकको महत्व बुझ्न थाले । घुम्न आउने पर्यटकहरुले नै गाउँका घरमा होम स्टेको व्यवस्था गर्न सुझाउथे । अन्ततः ०६९ सालमा स्थानीयले वडा ६ को ५ घर र वडा नमबर ७ का ५ घर छनौट गरेर होम स्टेको अभ्यास गरे । एक बर्षपछि २०७० सालदेखि मात्रै यहाँ व्यवस्थितरुपमा होम स्टेको शुरुवात भएको हो ।
गाउँले मिलेर नाम्जे थुम्की होम स्टे व्यवस्थान समिति नै बनाएर पर्यटकको स्वागत, सत्कारमा जुटेका छन् । अहिले १९ घरमा होम स्टेको राम्रो व्यवस्था छ । समितिले कसैलाई मर्का नपरोस् भनेर पाहुनालाई सबैतिर मिलाएर राख्छ । यहाँको होम स्टेमा एक रातमा ५० जना अट्ने क्षमता छ । महंगो पनि छैन । रातको एक जनाले १ सय ५० मात्रै तिर्नु पर्छ । तराईदेखि मात्र २० किलेमिटर उत्तरमा परम्परागत नेपाली शैलीका घर, मौलिक रहनसहन र सँस्कृति हेर्न पाइन्छ । शहरमा बसाईसरेका अभिभावकहरु आफ्ना साना नानीहरुलाई गाउले परिवेश देखाउन ल्याउछन् । शहरदेखि दिक्क भएका वृद्धवृद्धा अभिभावकको मन भुलाउन छोराछोरीहरुले पनि नाम्जे लैजाने गरेका छन् । पहुनाले पारिवारिक वातावरण पाउछ । बारीमा जे छ, आफै गएर टिपेर ल्याउन पाउछन् । त्यही तरकारी खाने इच्छा भए बनाइदिन्छन् । नाम्जेमा अग्र्यानिक सागसब्जी, फलफुल मात्रै पाइन्छ । मकै र कोदोको ढेडो, सिस्नुको तरकारी, लोकल कुखुराको सुप पाहुनाले इच्छाए वमोजिम बन्छ । सादा खानको ९० रुपैया, वंगुरको मासुसँग एक सय ५० र लोकल कुखुराको मासुसँग २ सय ५० मात्रै तिर्नुपर्छ । कोदोको शुद्ध रक्सी र तोम्बा यहाँ आएपछि नचाखि फर्कन सकिन्न ।
नाम्जेको अर्को बिशेषता यहाँको प्रकृति, हावापानी हो । भेडेटारमा जस्तै यहाँ पनि हरदम चिसो मौसम हुन्छ, बादलुले लुकामारी खेलिरहन्छ । धरानमा उखरमाउलो गर्मी भइरहदा पनि १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार बजार र थप ४ किलोमिटर पश्चिम नाम्जे हरदम चिसो हुन्छ । त्यसैले तराईबाट गर्मी छल्न आन्तरिक र भारतीय पर्यटकहरु भेडेटार हुदै नाम्जेसम्म पुग्छन् । नाम्जे गएपछि आत्माघर नपुगी हुदैन । ढुंगैढुंगाले बनेको अनौठो संरचना छ आत्माघर । अमेरिकी आर्किटेक्टहरुले बनाइदिएको हो । थुम्की डाडामा रहेको मगर जातिका पूर्खाहरुको १ सय १३ वटा चिहान भत्काउदा निस्केको ढुंगाले बनेको पूर्खाहरुको स्मृतिस्थल हो । बाह्र दिन लगाएर अमेरिकीहरुले बनाएको अचम्मको संरचनालाई नै ‘आत्म बस्ने घर’ भनियो । त्यहाँबाट आकाश खुलेको बिहान सगरमाथा, कुम्भकर्ण, कञ्चनजंघा र मकालु हिमश्रृंखला लहरै देख्न पाइन्छ । तराईका फाँट र साँझमा सप्तकोशीको पृष्ठभुमिमा देखिने सुर्यस्तले पनि मन पुलकित बनाउछ । थुम्कीमै ५ फिट अग्लो बुद्धमुर्ति राखिएको बिहार छ । बौद्ध धर्मावलम्बीहरुको पवित्र गन्तव्य हुनसक्छ ।
पर्यटन प्रर्वद्धन र विकासको लागि स्थानीयद्धारा गठित नाम्जे पर्यटन तथा पूर्वाधार विकास समिति पनि सक्रिय छ । होटल एशोसिएशन भेडेटारले पनि नाम्जेसम्म पर्यटकलाई पुर्याएर बसाई लम्ब्याउन हातेमाले गरिरहेको छ । यतिका प्रयास हुदा हुदै पनि समितिका अनुसार हात्तिसुडे र लेउती गुफा पनि फेला परेको छ । तर,त्यहाँसम्म पुग्न बाटो छैन । जनजाति संग्राहलय र मुर्ति पार्क बनाउन पहल पनि भइराखेको छ । भ्यु टावर, विजयपुर डाँडादेखि नाम्जेसम्म केवलकारको अध्ययन पनि भइरहेको छ । तर, सुचना केन्द्र र ट्राभल एजेन्सीको पनि अभाव छ । परम्परागत शैलीका घरहरुलाई जोगाउने अर्को चुनौती पनि छ । सडक आसपासमा कंक्रिट घरहरु ठडिदा गाउँको सुन्दरत विलिन हुदै गएको आभास हुन्छ । अग्र्यानिक खेती, हुर्रा नाच जोगाए झै परम्परागत शैलीका घर, रहनसहनलाई पनि संरक्षणमा बेलैदेखि पहल गरे भविष्यमा पछुताउनु पर्नेछैन ।
अनिलकुमार राना मगर
: होम स्टे के हो थाहै थिएन । सिएनएनले अनौठो गाउँ भनेर घोषणा गरेपछि होम स्टे खोज्दै मानिसहरु आए । पाहुनाहरुकै सल्लाहमा शुरु गर्यौं । घर, आगन, चर्पी सफा राखेका छौं । घरमा जे पाक्छ, त्यही खुवाउछौं । जस्तो सुत्ने व्यवस्था छ, त्यसैमा राख्छौं । बारीमा जे पाकेको छ, उहाँहरु गएर मनखुशीले टिप्नु हुन्छ । मकै पाकेको बेला भाचेर ल्याउनु हुन्छ, पोलेर खानुहुन्छ । एकदमै गाउँले परिवेश, रहनसहनमा बसाउछौं । अग्र्यानिक तरकारी कोसेली लिएर जानुहुन्छ । सबै पाहुनालाई खुशी बनाएका छौं । युरोप, अमेरिकी नागरिकहरु पनि आउछन् ।
.........................
दिलिप राना मगर
: पर्यटनमा अझै धेरै गर्न बाँकी छ । सुचना केन्द्र छैन, ट्राभल एजेन्सीहरु पनि छैनन् । मौलिक सँस्कृति, परम्परागत ढाचाको घरलाई मोडिफाई हुनबाट जोगाउने चुनौती छ । हात्तिसुडे र लेउती गुफा भेटाएका छैं, तर पुग्ने बाटो छैन । जनजाति संग्रहालय, मुर्ति पार्क बनाउने योजना भएपनि बजेट अभाव छ । भ्यु टावर पनि छैन । स्थानीय निकाय, गाउले, व्यावसायीहरु सबैको सामुहिक प्रयास जरुरी छ ।
....................................................
लिलाराज लावती
: भेडेटार आउने पर्यटकहरु २/३ घण्टा चिसो मौसममा रमाउने गरी आउछन् । उनीहरुलाई २/३ दिनसम्म अल्झाउन नयाँ नयाँ गन्तव्यहरुको खोजी गरिरहेका छौं । यसको लागि भेडेटार आसपासका गन्तव्यहरुको पहिचान, प्रचार र पूर्वाधार विकास गर्न स्थानीयसँग हातेमाले गछौं । पर्यटकहरु नाम्जेसम्म ग्रामिण परिवेश, रहनसहन, सँस्कृतिसँग घुलमिल हुन पुग्छन्, त्यसैले ती सबै कुरा जस्ताको तस्तै राख्न के गर्नसकिन्छ भनेर प्रयास गरिरहेका छौं ।
‘मेझोर...’। ‘मेझोर...’ । सडकबाट दुई मिनेट जति तल झर्नेबित्तिकै दुई हात जोडेर मगरनी वालाहरुले हसिलो मुद्रामा स्वागत गरे । सोलार बत्तिको मधुरो प्रकाशमा पनि मौलिक पहिरनमा उनीहरु धपक्कै बलेका देखिन्थे । गाउँलेहरु पनि ‘मेझोर...’ भन्दै स्वागतमा आए । मगर भाषामा मेझोरको अर्थ हो, नमस्कार । भेडेटार वडा नम्बर ६, ७ र ८ मा मगर जातिको मात्रै २ सयको हाराहारीमा घर छन् । यही चैत २१ गते शनिबार पूर्वेली सुन्दरीहरुसँग यही मगर गाउँको ‘होम स्टे’मा पाहुना बनेर पुगेका थियौं ।
सिनिक्क पारिएको फराकिलो आगन, रंगीचंगी फुलबारी र चिटिक्कको नेपाली परम्परागत शैलीको घर । प्रायःजसो गुञ्जमान मगरको यही घरमा शुरुमा पाहुना(पर्यटक)हरुको स्वागत हुन्छ । आगनमा गुन्द्री र कुर्सीमा बसेका पहुनालाई गुराँसको फुल उनेर बनाएको मालाले पालैपालो स्वागत भयो । परिचय सकेपछि भुटेको मकै, भटमास र गुन्द्रुकको आचारको स्वादिलो स्वागत । फाष्टफुडमा बानी परेका शहरीयालाई पनि गाउँघरको यो खाजाको चलन साह्रै मिठो लाग्छ । खाजासँगै लोकल कोदोको तीन पाने ‘टुच्च’लगाएउन पनि सकिन्छ । केही युवाहरु त भान्सामै पुगेर गिलास रित्याउन थाले ।
खाजा पछि साँस्कृतिक टोलीले हुर्रा नाच प्रस्तुत गर्यो । हुर्रा नाच पूर्वेली मगरहरुले मात्रै नाच्ने सँस्कृति हो । हातमा समाएर मादलको तालमा गोलाकार हुदै नाचिन्छ । तमोर खोला वारी चौबिसे क्षेत्ररित मात्रै हुर्रा नाच देख्न सकिन्छ । पश्चिमका मगरहरुसँग रहनसहन, सँस्कृति पूर्वका मगरहरुको पटक्कै मिल्दैन । खासगरि तिहारमा औशीको दिनदेखि पुर्णिमाको दिनसम्म पूर्वका मगरहरुले हुर्रा नाच्छन् । अचेल भने समुहमा आउने पर्यटकहरुलाई स्थानीयले यो नाच देखाउन थालेका छन् । साँस्कृतिक टोलीसँगै स्थानीय बुढापाका, केटाकेटी, तरुनी तन्नेरी हुर्रा नाच्न थालेपछि पर्यटकहरु पनि नाचेर रमाउछन् । अन्त्यमा घरमुलीले निकालेको थालिमा दक्षिणा पनि राखिदिनुपर्छ । सँस्कृति पनि पर्यटन विकासको एक आधार हो भन्ने नाम्जेबासी गाउँलेहरुले राम्ररी बुझेका छन् ।
नाम्जे गाउँ करिब चार बर्ष अघिदेखि मात्रै चर्चामा आएको हो । यो गाउँलाई २०६८ सालमा अमेरिकी समाचार संस्था सिएनएनले विश्वका पुग्नै पर्ने उत्कृष्ट १२ ग्रामिण पर्यटकीय गन्तव्यको सुचिमा राख्यो । नजिकैको पर्यटकीय गन्तव्य भेडेटारको छाँयामा परेको नाम्जेको चर्चा त्यसपछि अन्र्तराष्ट्रियस्तरमा पुग्यो । भेडेटारबाटै फर्कने पर्यटकहरु नाम्जे गाउँसम्म पुग्न थाले । त्यसपछि मात्रै स्थानीयबासी पर्यटन र पर्यटकको महत्व बुझ्न थाले । घुम्न आउने पर्यटकहरुले नै गाउँका घरमा होम स्टेको व्यवस्था गर्न सुझाउथे । अन्ततः ०६९ सालमा स्थानीयले वडा ६ को ५ घर र वडा नमबर ७ का ५ घर छनौट गरेर होम स्टेको अभ्यास गरे । एक बर्षपछि २०७० सालदेखि मात्रै यहाँ व्यवस्थितरुपमा होम स्टेको शुरुवात भएको हो ।
गाउँले मिलेर नाम्जे थुम्की होम स्टे व्यवस्थान समिति नै बनाएर पर्यटकको स्वागत, सत्कारमा जुटेका छन् । अहिले १९ घरमा होम स्टेको राम्रो व्यवस्था छ । समितिले कसैलाई मर्का नपरोस् भनेर पाहुनालाई सबैतिर मिलाएर राख्छ । यहाँको होम स्टेमा एक रातमा ५० जना अट्ने क्षमता छ । महंगो पनि छैन । रातको एक जनाले १ सय ५० मात्रै तिर्नु पर्छ । तराईदेखि मात्र २० किलेमिटर उत्तरमा परम्परागत नेपाली शैलीका घर, मौलिक रहनसहन र सँस्कृति हेर्न पाइन्छ । शहरमा बसाईसरेका अभिभावकहरु आफ्ना साना नानीहरुलाई गाउले परिवेश देखाउन ल्याउछन् । शहरदेखि दिक्क भएका वृद्धवृद्धा अभिभावकको मन भुलाउन छोराछोरीहरुले पनि नाम्जे लैजाने गरेका छन् । पहुनाले पारिवारिक वातावरण पाउछ । बारीमा जे छ, आफै गएर टिपेर ल्याउन पाउछन् । त्यही तरकारी खाने इच्छा भए बनाइदिन्छन् । नाम्जेमा अग्र्यानिक सागसब्जी, फलफुल मात्रै पाइन्छ । मकै र कोदोको ढेडो, सिस्नुको तरकारी, लोकल कुखुराको सुप पाहुनाले इच्छाए वमोजिम बन्छ । सादा खानको ९० रुपैया, वंगुरको मासुसँग एक सय ५० र लोकल कुखुराको मासुसँग २ सय ५० मात्रै तिर्नुपर्छ । कोदोको शुद्ध रक्सी र तोम्बा यहाँ आएपछि नचाखि फर्कन सकिन्न ।
नाम्जेको अर्को बिशेषता यहाँको प्रकृति, हावापानी हो । भेडेटारमा जस्तै यहाँ पनि हरदम चिसो मौसम हुन्छ, बादलुले लुकामारी खेलिरहन्छ । धरानमा उखरमाउलो गर्मी भइरहदा पनि १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार बजार र थप ४ किलोमिटर पश्चिम नाम्जे हरदम चिसो हुन्छ । त्यसैले तराईबाट गर्मी छल्न आन्तरिक र भारतीय पर्यटकहरु भेडेटार हुदै नाम्जेसम्म पुग्छन् । नाम्जे गएपछि आत्माघर नपुगी हुदैन । ढुंगैढुंगाले बनेको अनौठो संरचना छ आत्माघर । अमेरिकी आर्किटेक्टहरुले बनाइदिएको हो । थुम्की डाडामा रहेको मगर जातिका पूर्खाहरुको १ सय १३ वटा चिहान भत्काउदा निस्केको ढुंगाले बनेको पूर्खाहरुको स्मृतिस्थल हो । बाह्र दिन लगाएर अमेरिकीहरुले बनाएको अचम्मको संरचनालाई नै ‘आत्म बस्ने घर’ भनियो । त्यहाँबाट आकाश खुलेको बिहान सगरमाथा, कुम्भकर्ण, कञ्चनजंघा र मकालु हिमश्रृंखला लहरै देख्न पाइन्छ । तराईका फाँट र साँझमा सप्तकोशीको पृष्ठभुमिमा देखिने सुर्यस्तले पनि मन पुलकित बनाउछ । थुम्कीमै ५ फिट अग्लो बुद्धमुर्ति राखिएको बिहार छ । बौद्ध धर्मावलम्बीहरुको पवित्र गन्तव्य हुनसक्छ ।
पर्यटन प्रर्वद्धन र विकासको लागि स्थानीयद्धारा गठित नाम्जे पर्यटन तथा पूर्वाधार विकास समिति पनि सक्रिय छ । होटल एशोसिएशन भेडेटारले पनि नाम्जेसम्म पर्यटकलाई पुर्याएर बसाई लम्ब्याउन हातेमाले गरिरहेको छ । यतिका प्रयास हुदा हुदै पनि समितिका अनुसार हात्तिसुडे र लेउती गुफा पनि फेला परेको छ । तर,त्यहाँसम्म पुग्न बाटो छैन । जनजाति संग्राहलय र मुर्ति पार्क बनाउन पहल पनि भइराखेको छ । भ्यु टावर, विजयपुर डाँडादेखि नाम्जेसम्म केवलकारको अध्ययन पनि भइरहेको छ । तर, सुचना केन्द्र र ट्राभल एजेन्सीको पनि अभाव छ । परम्परागत शैलीका घरहरुलाई जोगाउने अर्को चुनौती पनि छ । सडक आसपासमा कंक्रिट घरहरु ठडिदा गाउँको सुन्दरत विलिन हुदै गएको आभास हुन्छ । अग्र्यानिक खेती, हुर्रा नाच जोगाए झै परम्परागत शैलीका घर, रहनसहनलाई पनि संरक्षणमा बेलैदेखि पहल गरे भविष्यमा पछुताउनु पर्नेछैन ।
कसरी पुग्ने ?
नाम्जे पुग्न सजिलो छ । पक्की सडक सुविधा पुगेकोले चार वा दुई चक्के सवारी साधानबाट धरान भेडेटार हुदै सजिलै पुग्न सकिन्छ । भेडेटारबाट ४ मिलोमिटर पूर्वतर्फ भेडेटार राजारानी सडक खण्डमा पर्छ, नाम्जे । धरानबाट राजारानी जाने सार्वजनिक बसमा पनि जान सकिन्छ । तर, यो रुटमा ज्यादै थोरै मात्र बस चल्छ । भाडाका सवारीमा पनि जादा हुन्छ । निजी सवारी वा मोटरसाइकलमा जानु उपयुक्त हुन्छ ।
........................................................................
अनिलकुमार राना मगर
अध्यक्ष, नाम्जे–थुम्की होम स्टे व्यवस्थापन समिति
: होम स्टे के हो थाहै थिएन । सिएनएनले अनौठो गाउँ भनेर घोषणा गरेपछि होम स्टे खोज्दै मानिसहरु आए । पाहुनाहरुकै सल्लाहमा शुरु गर्यौं । घर, आगन, चर्पी सफा राखेका छौं । घरमा जे पाक्छ, त्यही खुवाउछौं । जस्तो सुत्ने व्यवस्था छ, त्यसैमा राख्छौं । बारीमा जे पाकेको छ, उहाँहरु गएर मनखुशीले टिप्नु हुन्छ । मकै पाकेको बेला भाचेर ल्याउनु हुन्छ, पोलेर खानुहुन्छ । एकदमै गाउँले परिवेश, रहनसहनमा बसाउछौं । अग्र्यानिक तरकारी कोसेली लिएर जानुहुन्छ । सबै पाहुनालाई खुशी बनाएका छौं । युरोप, अमेरिकी नागरिकहरु पनि आउछन् ।.........................
दिलिप राना मगर
अध्यक्ष, नाम्जे पर्यटन तथा पूर्वाधार विकास समिति
: पर्यटनमा अझै धेरै गर्न बाँकी छ । सुचना केन्द्र छैन, ट्राभल एजेन्सीहरु पनि छैनन् । मौलिक सँस्कृति, परम्परागत ढाचाको घरलाई मोडिफाई हुनबाट जोगाउने चुनौती छ । हात्तिसुडे र लेउती गुफा भेटाएका छैं, तर पुग्ने बाटो छैन । जनजाति संग्रहालय, मुर्ति पार्क बनाउने योजना भएपनि बजेट अभाव छ । भ्यु टावर पनि छैन । स्थानीय निकाय, गाउले, व्यावसायीहरु सबैको सामुहिक प्रयास जरुरी छ ।....................................................
Comments
Post a Comment