मापदण्डविरीत गिटीढुंगा झिक्ने ठेकेदारलाई जरीवाना


धरान । मापदण्डविपरीत धरानको सेउती खोलाबाट मिक्स गिटी, ढुंगालगायत नदीजन्य पदार्थ उत्खनन गर्ने ठेकेदारलाई जरीवाना तिराइएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिको बुधबार इनरुवामा सम्पन्न बैठकले ठेकेदार कम्पनी जय श्री पाथीभारा ट्रेड एण्ड सप्लायर्सलाई १० हजार रुपैया जरीवाना तिराएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले आइइई प्रतिवेदनमा उल्लेख भएभन्दा बढी गहिराईमा खोला उत्खनन् गरेको ठहर गर्दै ठेकेदार कम्पनीलाई पहिलो पटकमा १० हजार जरीवाना गर्ने निर्णय गरेको हो । साथै, सो बैठकले आइइई प्रतिवेदनमा उल्लेख भएभन्दा बढी खोला उत्खनन नगर्न पनि ठेकेदार कम्पनीलाई कडा निर्देशन दिएको जिल्ला विकास समिति सुनसरीका वातावरण अधिकृत पुष्पनारायण चौधरीले जानकारी दिए । ‘आइइई प्रतिवेदनमा एक्स्काभेटर प्रयोग गर्न पाइने भन्ने छ, तर गहिराई ०.७५ मिटर भन्दा बढी जान नपाइने उल्लेख छ’–चौधरीले भने–‘हामी स्थलगत निरीक्षणमा जादा नै मापदण्डभन्दा बढी गहिराई खनेको पाइएकोले पहिलो पटकको लागि १० हजार जरीवाना गराउने निर्णय भएको छ ।’

अधिकृत चौधरीका अनुसार चैत १५ गते आइतबार स्थलगत निरीक्षण जादा पनि मापदण्डभन्दा बढी गहिराईमा खोला उत्खनन गरेको भेटिएको थियो । त्यही निरीक्षणको प्रतिवेदन आधारमा बुधबारको समन्वय समितिको बैठकले जरीवाना गराएको उनको भनाई छ । पानै मिटर गहिराईसम्म मात्रै उत्खनन गर्न पाइने भएपनि आइतबार प्राविधिक टोली निरीक्षण गर्न जादा सवा मिटर गहिराई उत्खनन भएको फेला पारेको थियो ।
मंगलबार वन कार्यालयको टोलीले पुनः नापजाच गर्दा २ मिटर गहिराईसम्म उत्खनन गरिहेको पाएको थियो । त्यसबारेमा जानकारी आइसकेकोले प्राविधिक टोलीसहित पुनः स्थलगत निरीक्षणमा गएर थप कारबाही गर्ने चौधरीले बताए । ‘मापदण्डभन्दा बढी उत्खनन गरिरहयो भने सम्झौता नै खारेज हुनपनि सक्छ’–उनले भने ।
जिल्ला विकास समिति सुनसरी र ठेकेदार कम्पनी जय श्री पाथिभारा ट्रेड एण्ड सप्लायर्स इटहरीबीच भएको ठेक्का सम्झौतामा नदीलाई तीन भागमा विभाजन गरी बीचको भागबाट गहिराई औषतमा ०.७५ मिटर(पौने मिटर) भन्दा बढी नहुने गरि मात्र उत्खनन गर्न पाइने उल्लेख छ ।
सम्झौतामा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन(आइइइ)मा उल्लेख भएका नाकाहरुमा मात्रै मेशनरी(एक्स्काभेटर)को प्रयोग गर्दा अनिवार्यरुपमा जिविसको प्राविधिक र वातावरण अधिकृतको रोहवरमा गर्नुपर्ने उल्लेख छ । तर, सेउतीमा जिविसका प्रविधिक र वातावरण अधिकृत दुवै जनाको रोहबर विना नै एक्स्काभेटर प्रयोग भइरहेको छ । जिविसका वातावरण अधिकृत चौधरीले ९ सय १० मिटर लम्बाई, २५ मिटर चौडाई र ०.७५ मिटर गहिराईसम्म मात्रै उत्खनन गर्न पाउने क्षेत्र तोकेर पिलर गाडिएको बताए । ‘दिनभरि खोलामा बस्न सकिदैन, मापदण्ड उल्लंघन भए नभएको १५–१५ दिनमा निरीक्षण गछौं’–उनले थपे ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे