दुई महिनादेखि मलेसियामा धरानका सरोज वेपत्ता
धरान । ‘बाबा, अब म पैसा पठाउदिन है, मलाई फर्कदा खर्च चाहिन्छ । बरु घरमा के के ल्याइदिनुपर्छ भन्नुस्’–दुई महिनाअघि मलेसियामा रहेको छोराले मोवाइल सम्पर्कमा यसो भन्दा धरान १५ का कृष्णबहादुर विष्ट फुरुङ्ग थिए । तीन बर्षको भिसा अवधि सकिन लागेकोले उनको जेठो छोरा सरोज घर फर्कने तरखरमा थिए । घर ल्याउन भनेर उनले किनमेल पनि गरिसकेका थिए ।
तर, घर फर्कने मिति नजिकिदै गर्दा २१ बर्षीय सरोज भने परिवारसँग सम्पर्कविहिन भए । यता कृष्णबहादुर र परिवारको खुशी पनि हराउदै गयो । त्यसपछि छोराको अवस्था पत्ता लगाउन उनी दिनरात भौतारिरहेका छन्, तर छोरा कहाँ कुन अवस्थामा छ, केही थाह छैन । परराष्ट्र मन्त्रालय, बैदेशिक रोजगार विभाग, मलेसियास्थित नेपाली राजदुतावास सबैतिर गुहारिसके, तर कतैबाट पनि सरोजको वास्तविक अवस्था पत्तो पाउन सकेनन् । ‘दुई महिनादेखि मेरो छोरा मलेसियामा बेपत्ता छ, म अत्यन्तै पीडादायी अवस्थामा बाचिरहेको छुँ’–बिहिबार पत्रकारहरु माझ विष्टले पीडा पोखे–‘नेपालको धेरै निकायमा निवेदन दिइसके, मलेसियाको दुताबासमा दिनहुँ सम्पर्क गरिरहेको छँ, तर त्यहाँबाट गैरजिम्मेवार जवाफ दिइन्छ ।’
सरोज तीन बर्षअघि काठमाण्डौंस्थित आकर्षण मेनपावरमार्फत मलेसिया पुगेका थिए । उनी चैत २७ गते( आज बिहिबार) घर आइपुग्नु पर्ने थियो । सँगै गएका अन्य साथीभाई फर्किसके, कति फर्किदैछन् । तर, सरोज भने वेपत्ता छन् । उनी मलेसियाको जोरवारु भन्ने ठाउँमा जे.वाई.सि. कम्पनीमा कार्यरत थिए । परिवारजनका अनुसार धेरै सोधीखोजी गरेपछि कम्पनीका उच्च ओहदाकी महिला अधिकारीले नै सरोजलाई मलेसियाको प्रहरीलाई बुझाएको पत्ता लाग्यो । डिउटी सकेर कामदारहरु होस्टल फर्कने बेला कम्पनीको गाडी धेरै ढिला गरेर लिन आउने गरेपछि सरोजको नेतृत्वमा कामदारहरुले विरोध जनाएका थिए । त्यही कारणले ती महिला अधिकारीले २ घण्टाको लागि भन्दै फेब्रुअरी ५ को दिन सरोजलाई बोलाएर प्रहरीको जिम्मा लगाएको पत्ता लागेको बुबा कृष्णकुमारले बताए । मलेसिया प्रहरीले परिवारजनलाई पठाएको रिपोर्टमा पनि यिनै कुरा उल्लेख छ ।
सरोज प्रहरी नियन्त्रणमा रहेको खुलेपछि यताबाट नेपाली दुताबासका जिम्मेवार अधिकारी हेम भटराईलाई पटक पटक सम्पर्क गरेर मुक्त गर्न आग्रह गरेपनि गैरजिम्मेवार जवाफ दिने गरेको पीडित परिवारजनले बताएका छन् । ‘म दैनिक मलेसियास्थित दुतावासका कर्मचारीसँग सम्पर्कमा छु, तर यहाँ १० लाख नेपाली छन्, तपाईको मात्र समस्या होइन, हामीलाई पनि तनावमा नपार्नेस भन्ने जवाफ दिन्छन्’–बुबा विष्टले भने–‘त्यहाँका हेम भटराई भन्ने अधिकारीले कार्यालय सरकोले इन्टरनेट छैन, फोन, फ्क्याक्स केही पनि छैन भन्दै पन्छिने गरेको छ ।’
मलेसिया भाषा जान्ने छिमेकीको मद्दतमा प्रहरीमा सम्पर्क गर्दा शुरुमा १४ दिनसम्म हिरासतमा भेट्न पाइदैन भनियो । दुई सातापछि पुनः सम्पर्क गर्दा अदालत लैजादै गरेको भनिए पनि त्यसपछि सरोज कहाँ पुर्याइयो भन्ने खुल्न नसकेको भाषामा दख्खल भएका नविन पोख्रेलले जानकारी दिए । ‘१५ औं दिनमा सम्पर्क गर्दा पुलिसले अदालत लैजादैछ भन्यो, पछि फेरि सम्पर्क गर्दा प्रहरीमा नै लैजादैछ भन्यो । प्रहरीमा सम्पर्क गर्दा कम्पनीलाई जिम्मा लगाएको भन्छ, कम्पनीले चाहि प्रहरीले दिएकै छैन भन्छ’–उनले भने ।
सरोजसँग एउटै कोठामा बस्ने विराटनगरका साथीसँग कुरा गर्दा राजदुतावासका अधिकारी हेम भटराई र कम्पनी मालिकबीच राम्रो सम्बन्ध भएकोले चाहेमा निकाल्न सक्छ भन्ने जवाफ दिए । परिवारले आग्रह गर्दा उनले आउछ आउछ भनेर आश्वासन दिइराखे पनि अहिले भने भागेछ भनेर पन्छिने गरेको सरोजका बुबा कृष्णकुमार गुनासो पोख्छन् । कम्पनीमा नै छोरा बन्धक बनाएको हुनसक्ने उनको अनुमान छ । ‘हेम भटराई भन्नेले सामान्य चासो राखेर ताकेत ागर्ने हो भने मेरो छोराको अवस्था पत्ता लाग्न सक्छ, तर वेवास्ता गरियो । दुतावासकै लापरवाहीले मेरो छोरा बेपत्ता भएको हो’–अनुनय गर्दै उनले भने–‘छोरा भागेको भए कतै न कतैबाट फोन सम्पर्कमा आउने थियो, मृत्यु भएको भए लाश भेटिने थियो । खोजी गर्नुपर्ने दुतावासले गरेन । परिवार अत्यन्त पीडाबाट गुज्रिरहेको छौं । छोराको खोजी गरिदिन नेपाल सरकार, मानवअधिकारवादी सबैमा अपिल गर्छु ।’

Comments
Post a Comment