स्काउटको क्याप फायर र साँस्कृतिक कार्यक्रम(फोटोफिचर)
धरान । विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले धरान १८ स्थित डिपोट उच्चमाविमा नवबर्ष स्काउट क्याम्प २०७२ शनिबारदेखि भइरहेको छ । विद्यार्थीहरुलाई विभिन्न अभ्यास गराउने क्रममा आइतबार साँझ डिपोट प्रांगणमा क्याम्प फायरको साथै साँस्कृतिक कार्यक्रम पनि आयोजना भयो ।नेपाल स्काउटको सुनसरी जिल्ला स्काउट कार्यालयद्धारा आयोजित क्याम्पमा विभिन्न १७ वटा निजी तथा सामुदायिक विद्यालयहरु सहभागी छन् । ती मध्ये विभिन्न १० स्कुलका स्काउट ट्रुपले मात्रै क्याम्प फायरको क्रममा राष्ट्रिय भावनाले भरिएको गीतमा नृत्य प्रस्तुत गरेका थिए । स्काउटका जिल्ला समन्वय आयुक्त लक्ष्मण राईका अनुसार दिनभरीको थकान मेटाउन र आफु भित्रको अध्यारो पक्षलाई हटाउन क्याम्प फायर गरिएको हो ।















Comments
Post a Comment