मिस एलएलसी २०१५ को तयारी

धरान । एसएलसी परीक्षा दिएर बसेका छात्राहरुमा अन्तरनिहित प्रतिभालाई विभिन्न तालिमको माध्यमबाट निखार ल्याएर क्षमता अभिवृद्धि गराउने र समाजमा प्रस्तुत गराउने उद्देश्यले दोस्रो मिस एसएलसी २०१५ आयोजना हुने भएको छ ।
बैशाख १२ गते(शनिबार) अन्र्तवार्ता हुने प्रतियोगिताको ग्राण्ड फाइनल जेठ १६ गते हुने आयोजक धरान जेसिजले जानकारी दिएको छ । अन्र्तवार्ताको नतिजा बैशाख १३ गते आइतबार हुने र छनौट भएकाहरुलाई बैशाख १७ गतेदेखि जेठ ११ गतेसम्म विभिन्न तालिममा सहभागी गराउने आयोजकले जनाएको छ । फारम शुल्क सय रुपैया लाग्ने स्पर्धाका फाइनलिष्टहरुले १५ हजार रुपैया शुल्क बुझाउनुपर्ने आयोजकले स्पष्ट पारेको छ ।
    सहभागीताको लागि छात्राले २०७१ सालको एसएलसी परीक्षा दिएको हुनुपर्ने, उमेर १४ वर्ष देखी १९ वर्ष सम्म मात्र हुनुपर्ने, उचाई कम्तिमा ५ फिट हुनुपर्ने, अभिभावकको अनिवार्य मन्जुरीनामा र अविवाहित हुनुपर्ने आयोजकले जनाएको छ । सहभागीहरुलाई आयोजकले पोशाक (गाउन), टिशर्ट, ब्याग, डायरी÷कलम, जुत्ता (सेण्डल), फोटोशेसन, खाना र नास्ता, यातायात, विभिन्न तालिम, ¥यामवर्क÷क्यटवर्कको साथै शैक्षिक पर्यटकीयस्थल र औद्योगिक भ्रमण लगायतका सुविधाहरु उपलब्ध गराउने बताएको छ ।
    सहभागीहरुलाई ¥याम्प वर्क÷क्याट वर्क, उद्घोषणकला, प्रभावकारी भाषण कला, लाईफ स्किल, बेसिक मेकअप, डाईनिङ विहेवियर, विपद् ब्यपस्थापन, प्राथमिक उपचार कोर्ष, सेल्फ डिफेन्स, टाइम म्यानेजमेन्ट र मोटिभेशनको तालिम दिने आयोजकको भनाई छ । क्वालिटी फुड्स एण्ड डाईट प्रा.लि. दुहबी मुख्य प्रायोजक रहेको स्पर्धामा डिपो उच्च मावि धरान बिशेष प्रायोजक रहेको छ । डिपोटले मिस एसएलसी विजेतालाई कक्षा ११ र १२ सम्मको अध्ययन निःशुल्क गराउनेछ भने टप टेनभित्रका छात्राहरुलाई ५० प्रतिशत शुल्कछुटमा पढ्ने अवसर दिनेछ ।
       स्पर्धामा टेस्टी टेस्टी मिस एसएलसी २०१५ को मुख्य विजेता, फष्ट रनरअप, सेकेण्ड रनरअप पुरस्कार दिइनेछ भने मिस ट्यालेण्ट, मिस डिसिप्लिन, मिस ब्यूटिफुल, मिस फोटोजेनिक, मिस क्याटवक, मिस फ्रेण्डसिप, मिस वेष्ट ड्रेस र मिस एक्टिभको सब टाइटल दिइने आयोजकले जनाएको छ । स्पार्धाका कोरियोग्राफर डिजे ललित राई छन् भने अफिसियल ब्युटिपार्लरमा निसुङ्गमा ब्युटि पार्लरकी विष्णु लिम्बू र अफिसियल बुटिकमा स्पेन्डर बुटिकी हेमा राई रहेका छन् । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे