कामधेनु दुधमा अखाद्य वस्तु

धरान । सुनसरीको इटहरी २३, तरहरास्थित कामधेनु दुग्ध विकास सहकारी संस्थाबाट उत्पादन भएको कामधेनु दुधको एक प्याकेटमा अखाद्य वस्तु मिसिएको पुष्टि भएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका अनुसार प्रहरीले दुधको प्याकेटसहित पठाएको वस्तु प्रयोगशाला विश्लेषण गर्दा अखाद्य वस्तु भएको प्रमाणित भएको हो ।
यद्यपी, खाद्य नियमावलीमा परीक्षणमा पठाउदा सिलबन्दी हुनुपर्ने व्यवस्था भएको तर प्रहरीले पठाएको दुधको प्याकेट सिलबन्दी नभएकोले खाद्य ऐनअनुसार भने उद्योगलाई कारबाही नहुने क्षेत्रीय प्रमुख प्रमोद कोइरालाले बताए । खाद्य ऐनअनुसार कारबाही गर्न नसकिए पनि अन्य ऐनअनुसार कारबाही गर्न सकिने भएकोले त्यसैअनुसार प्रहरीलाई रिपोर्टसहित पत्र पठाइने उनले प्रष्ट्याए । ‘कामधेनु डेरीको दुधको प्याकेजसँगै पठाएको वस्तु अखाद्य हो भन्ने प्रमाणित भयो, तर नियमावलीमा परीक्षणमा ल्याउदा सिलवन्दी हुनुपर्ने उल्लेख भएकोले खाद्य ऐनअनुसार कारबाही हुदैन’–क्षेत्रीय प्रमुख कोइरालाले भने–‘तर, अन्य ऐनअनुसार कारबाही हुन्छ, प्रहरी र प्रशासनलाई त्यहीअनुसार पत्र पठाएका छौं ।’
दुधको पोका घरमा पु¥याएर उमाल्दा उमाल्दै फाटेर एक भाग पानी र बाँकी मैदाको डल्लो जस्तो भएको उनीहरुले बताएका थिए । दुध फाटेर बनेको अर्धठोस बस्तु चुइगम जस्तो तन्किने र सेतो रङ्गमा बदलिएको थियो । अर्ध ठोसा वस्तु करिव एक पावाको थियो । सहकारीले भने यसअघि एक विज्ञप्ती निकालेर गर्मीयाममा तापक्रमको कारणले दुध फाट्ने समस्या देखिने हुदा त्यसलाई अखाद्य भनिएको भन्दै दुःख व्यक्त गरेको थियो । संस्थाले प्राविधिरुपमा जाँच भई बजारमा पठाइने दुध तथा दुग्धजन्य पदार्थको सेवन गर्नुपूर्व त्यसको प्याकेजिङमा रहेको उत्पादन मिति एवं सेवन अवधि हेरेर मात्र खरीद गर्न र खरीद गरिसकेपछि त्यसलाई उपयुक्त तवरले भण्डारण गर्न संस्थाले विज्ञप्तीमार्फत आग्रह गरेको थियो ।
................
खाद्य सुरक्षाबारे र्याली

आम जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बिषय भएकोले खाद्य सुरक्षाको आवाजलाई आमजनता एवं सरोकारवालाहरुसम्म पुर्याउने उद्देश्य रहेको शिक्षक हेमन्त खनालले बताए । ‘स्वास्थ्य खानेकुरा उत्पादन, बिक्रीवितरण र उपभोग गरौं भन्ने सचेतना फैलाउने उद्देश्य हो । रसायनिक मल प्रयोग नगरौं भन्ने आह्वान पनि हो’–उनले भने–‘खेतदेखि भान्साको प्लेटसम्म पुग्ने खानेकुरा सुरक्षित होस भन्ने आह्वान हो ।’
Comments
Post a Comment