अञ्जली मृत्युमा संघर्ष समिति गठन, प्रहरीले घटनास्थलमा अनुसन्धान गर्ने

धरान । एक साताअघि घरभित्र मृत अवस्थामा भेटिएकी अञ्जली राईको हत्या भएको दाबी गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै धरानका विभिन्न वडाका महिलाहरुले संघर्ष समिति गठन गरेका छन् । हत्याको घटनालाई पोष्टमार्टम रिपोर्टमा आत्महत्या देखिएको भन्दै प्रहरीले जोहरी नलिए पछि दबाब दिन विभिन्न वडाका महिलाहरुले संघर्ष समिति गठन गरेका हुन् ।
वडा १६, १५, १३ र १९ का महिलाहरुको सपना राईको संयोजकत्वमा २१ सदस्यीय समिति बनाएका छन् । समितिले प्रहरी अनुसन्धान र पोष्टमार्टम फितलो भएको भन्दै छुट्टै समिति बनाएर घटनाको अनुसन्धान गर्न माग गरेको छ । शनिबार मौन र्याली निकालेका महिलाहरुले प्रहरी कार्यालयअघि नै पत्रकार सम्मेलन गरेका थिए । ‘पोष्टमार्टम र प्रहरी अनुसन्धान एकदमै फितलो भएको छ । त्यसैले छिमेकी, संघर्ष समितिको प्रतिनिधिसमेत राखेर प्रहरीले छुट्टै समिति बनाएर घटनाको पुनः अनुसन्धान गर्नुपर्छ र पोष्टमार्टम पुन होस भन्ने हाम्रो माग छ’–संघर्ष समितिकी सदस्य लिला राईले भनिन्–‘प्रहरीले घटनास्थलको प्रत्यक्षदर्शी, छिमेकीको कुरा सुन्नुपर्यो, जोहरी दर्ता गरिनुपर्छ ।’ घटनास्थल धरान १६ प्रगति टोलबाट महिलाहरुले शनिबार पनि मौन र्याली निकालेका थिए । जाहेरी दर्ता, घटनाको गहिरो अनुसन्धानको माग गर्दै महिलाहरुले दिनहु जसो र्याली र प्रर्दशन गरिरहेका छन् ।
संघर्ष समितिका प्रतिनिधिसँग शनिबार दिउँसो इलाका प्रहरी कार्यालयमा घटनाबारे छलफल भएको थियो । उक्त छलफलमा संघर्ष समिति र प्रहरी घटनास्थल पुगेर पुनः मुचुल्का उठाउने र त्यसपछि मात्रै कानुनी प्रक्रियामा जाने कि नजाने भनेर निर्णय गर्ने सहमति भएको संयोजक राईले बताइन् । डिएसपी सुदम कुमार सिजापतिले भने आइतबार मुचुल्का उठाउन नभई घटनास्थलमा पुगेर अनुसन्धान गरिने बताए ।
गत आइतबार राती घरमा मृत भेटिएकी राई पति सुजनसँग झगडा भएको केही समयमै मृत भेटिएको थियो । माइती पक्ष र छिमेकीहरुले श्रीमान् र ससुराले हत्या गरेको दाबी गरिरहेका छन् । तर, घटनास्थलको मुचल्का र पोष्टमार्टम रिपोर्टले पाशो लागेर आत्महत्या गरेको देखिएको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न मानेको छैन । त्यसयता, प्रहरी र स्थानीयबीच द्धन्द छ । प्रहरीले भिसेरा परीक्षणको रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने कि नगर्ने निर्णय हुने जनाउदै आएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे