धराने युवाहरु पोकर रनमा प्रस्थान


धरान । साहसिक एवं खेल पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले यहाँका डेढ दर्जन युवाहरु पोकर रनमा सहभागी राजधानीतर्फ हिडेका छन् । बुलेट बाइक रोयल इन्फिल्डमा शनिबार धराने युवाहरुको टोली राजधानी हान्निएका हुन् ।
नेपालका रोयल इन्फिल्डर्सहरुको बार्षिक कार्यक्रम पोकर रनमा हरेक बर्ष चैत अन्तिममा धराने युवाहरु सहभागी हुने गर्छन् । यसपटक १४ वटा बुलेट बाइकमा १८ जना युवाहरु राजधानी प्रस्थान गरेका छन् । उनीहरुको साथमा साहसिक खेलकुद प्रर्वद्धन गर्न गठित एक्सट्रिम धरानले प्रकाशित गरेको ब्रोसर पनि लगेका छन् । ‘साहसिक खेलकुदको प्रर्वद्धन गर्न ब्रोसर लगेका छौं, यसलाई पोकर रनमा सहभागी सबैसँग बाड्छौं’–रोयल इष्र्टन इन्फिल्डर्सका अध्यक्ष योगेन राईले भने–‘हामी गएजस्तै पूर्वको भ्रमणमा आउन पनि निम्तो दिन्छौं ।’
उनका अनुसार राजधानीमा नेपालभरिका रोयल इन्फिल्डर्सहरुको मात्रै होइन, युरोप र अमेरिकाबाट आएकाहरुको पनि जमघट हुन्छ । नेपाली नयाँ बर्ष भव्यरुपमा राजधानीमा मनाएपछि देश, विदेशका राइडर्सहरु पोखरा पुग्छन् । यात्राको क्रममा रोड सेफ्टी(सुरक्षित यात्रा)को अवधारणाअनुरुप बाइक चलाइने उनले बताए । ‘काठमाण्डौंबाट २ सय बढी बाइक पोखरा पुग्छौं, यात्रामा रोड सेफ्टीको सचेतना पनि हुन्छ । समुहमा रमाइलो र भाइचारा पनि बढाउछ’–उनले भने । टोली बैशाख ४ गते धरान आइपुग्नेछ ।

राजधानी प्रस्थान गर्नुअघि युवाहरु शनिबार धरान नगरको परिक्रमा पनि गरेका थिए । पूर्वमा एडभेन्चर टुरिज्म(साहसिक पर्यटन)को प्रचुर सम्भावना भएकोले पोकर रन देश, विदेशका पर्यटकहरुको ध्यान खिच्ने अवसर हुने एक्सट्रिम धरानका अध्यक्ष लेखमणी जिमीले बताए । ‘बाइक मार्फत साहसिक पर्यटकहरु डाडा काडा घुम्न जान्छन्, अफ रोड धेरै छ । त्यसैले साहसिक पर्यटन प्रर्वद्धन हुन्छ’–टोलीको विदाई गर्दै उनले भने ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे