मिस पूर्वाञ्चलको फाइनल सर्यो

धरान । पूर्वको ठुलो सौन्दर्य प्रतियोगिता नेपाल आइस मिस पूर्वाञ्चलको छैठौं सँस्करणको फाइनल पाँच दिन पछि सरेको छ । आयोजक सिल्भर इन्टरनेनमेन्टले दिएको जानकारी अनुसार अब प्रतियोगिताको फाइनल बैशाख २ गते हुनेछ । यसअघि, धरान सभागृहमा चैत २७ गते फाइलन हुने मिति तय भएको थियो ।
मंगलबार तीस दलिय मोर्चाको बन्दले आवश्यक प्राविधिक समाग्रीहरु आउन नसकेको र तयारीमा बाधा पुगेकोले मिति सार्न बाध्य भएको आयोजकले जनाएको छ ।
 ‘हिजो(मंगलबार)को बन्दले तयारीको सामानहरु आउन सकेन, त्यसैले नयाँ मिति बैशाख २ गते फाइनल हुने भएको छ’–सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले नागरिकसँग भने । प्रतिस्पर्धी सुन्दरीहरुलाई आयोजकले धरानमा राखेर विभिन्न प्रशिक्षणहरु दिइरहेको छ । उनीहरुलाई आत्मविश्वास, बोल्ने कला, व्यक्तित्व विकास, कोरियोग्राफी, पत्रकारितालगायत विभिन्न क्षेत्रका विज्ञहरुद्धारा प्रशिक्षण गराइसकेको आयोजकले जनाएको छ । यस्तै, ग्रामिण पर्यटन प्रर्वद्धन गर्न र बुझाउनको लागि भेडेटार ७ स्थित नाम्जे थुम्की होम स्टेको अनुभव पनि आयोजकले दिलाएको थियो ।

फाइनल चरणको लागि विराटनगरकी प्रियंका श्रेष्ठ, झापाकी अनिता थापा, सञ्जु मल्ल ठकुरी, प्रमिशा बज्रचार्य, अनिता थापा, धरानकी शरुपा थापा मगर, विद्या चौहान, स्मृती श्रेष्ठ, पुजा खड्का, मोरङ केराबारीकी सामुना मगर, लेटाङकी साइरा मगर, इटहरीकी लोटस चाम्लिङ, मिसाल श्रेष्ठ र उदयपुर गाइघाटकी स्मिता थापा छनौट भएकी छिन् । विजेताले मिस पुर्वाञ्चलको ताजसहित यामाहाको स्कुटी हात पार्नेछ भने विभिन्न उपहार पनि दिइनेछ । विजेताले मिस नेपालमा सिधै सहभागी हुने अवसर पाउनेछन् । यसैगरि, फष्ट रनरअपले नगद ४० हजार र सेकेण्ड रनरअपले नगद ३० हजार पाउने निर्देशक श्रेष्ठले बताए । यसबाहेक मिस फोटोजेनिक, मिस ट्यालेण्ट, मिस क्याटवक, मिस चार्मिङ, मिस पर्सनालिटी, मिस पब्लिक च्वाइस सब टाइटल विजेताले जनही नगद ७ हजार र उपहार पाउने आयोजकले जनाएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे