बीपीमा तिम्ल्याहाको जन्म


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक महिलाले तीन शिशु जन्माएकी छिन् । सँखेजुङ इलाम घर भएकी ३६ बर्षीय भिमकुमारी तुम्वाम्फेले बैशाख ८ गते बेलुका तीन शिशु जन्माएकी हुन । आमा तथा बच्चाको स्वास्थ्य सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।
प्रतिष्ठानका प्रसुति बिभागका चिकित्सक डा.अजय अग्रवलको टिमले गरेको सफल शल्यक्रियाबाट तीन शिशुको जन्म भएको । पहिलो पटक गर्भवति भएकी भिमकुमारीको पेट निकै ठुलो भएपछि भिडियो एक्स् रे गरेपछि मात्र तिन शिशु भएको पत्ता लागेको पति बल बहादुर राईले बताए । प्रतिष्ठानका प्रसुति विभागका चिकित्सक मोहनचन्द्र रेग्मीका अनुसार तिम्ल्याहा जन्मने घटना दुर्लभ हो ।
सामान्यतया एक सन्तान जन्म हुने भएकाको र दुई सन्तानसमेत असामान्य अवस्थामा जन्मिने गरेको उनको भनाई छ । प्रविधिको सहायतामा गर्भाधारण गरेमा मात्र यस्तो केश हुने मेडिकल साइन्समा उल्लेख भएता पनि प्राकृतीक रुपमै गर्भाधारण पश्चात तिन शिशु जन्मिनु निकै नौलो घटना भएको चिकित्सकहरु बताउछन् । यस अघि पनि प्रतिष्ठानमा चार शिशुको जन्म भएको थियो । तिनिहरुको स्वास्थ्य ठिक नरहेकाले बाच्न भने सकेनन् । यी शिशुको तौल र स्वास्थ्य राम्रो भएकोले बाच्न सक्ने सम्भावना रहेको रेग्मीको भनाई छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे