लागुऔषधसहित तीन पक्राउ


धरान । लागुऔषध कारोबारमा संलग्न दुई भारतीयसहित तीन युवालाई धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जोगवनी भिरगञ्जका २२ वर्षिय कपिल कुमार मुखिया र जितेन्द्र मुखिया छन् । उनीहरुको साथबाट डाइजेलाव, एभिल र लोवेजैसिक ९०/९० थान बरामत गरिएको प्रहरीले बताउको छ ।
पुर्व क्षेत्रिय प्रहरीको अनुसन्धान टोली र इलाका प्रहरी कार्यलय धरानको सादा पोसाकमा रहेका प्रहरीले धरान ८ भोटेपुलबाट उक्त लागुऔषध खुट्टामा बाँधेर ल्याउँदै गर्दा पक्राउ गरेको थियो । यसैगरि, धरान १९ बस्ने खोटाङका गंगा राईलाई पनि लागुऔषध बोकीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट डाइजिपामसहित ४ थान लागु औषध फेला परेको धरानका डिएसपि सुदम कुमार सिजापतीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई लागु औषध ओसार पसार ऐन अन्तर्गत मुद्दा चलाइने सिजापतीले जानकारी दिनुभयो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे