घेदुङको ६० औं स्थापना दिवस

धरान । नेपाल तामाङ घेदुङ सुनसरीले विविध कार्यक्रम गरी आफ्नो ६० औं स्थापना दिवस भव्यताका साथ मनाएको छ । धरान ८ स्थित घेदुङ सुनसरीको कार्यालयमा आयोजित कार्यक्रममा २०१३ देखि २०७२ सालसम्म भएगरेका विविध कृयाकलाप र गतिविधिहरु माथि समिक्षा गर्नुका साथै भावी योजनाका बारेमा गम्भिर चर्चा भएको थियो ।
नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तानको विशेष पहलमा २५ पाउण्डको घेदुङ बर्थ डे केक प्रमुख अतिथि एवम् नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष सुजेन्द्र गोले तामाङले काटेर र पञ्च बत्ति बालेर उद्घाटन गरेका थिए । कार्यक्रममा घेदुङका संरक्षक सदस्यद्धय विरबहादुर मोक्तान र नन्दलाल पाख्रिनलाई सम्मानसमेत गरिएको थियो । सोही कार्यक्रममा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एलिना जिम्वालाई रु. १२ हजार सहयोग समेत गरिएको थियो ।
घेदुङको कार्यालय भवनमा ट्रष्ट निर्माणका लागि सुनसरी महिला घेदुङले ल्होछार खेल्दा २ लाख २७ हजार  संकलन भएको जानकारी कार्यक्रममा जानकारी गराइएको थियो । लगत्तै, नारायण मोक्तानले १५ हजार, माउण्ट एभरेष्ट टे«निङ सेन्टरका संचालक विमानसिंह तामाङ र कुमार तामाङले १० हजार, विरवहादुर मोक्तानले ६ हजार ६ सय, प्रताप तामाङले ५ हजार ५, पूर्ण पाख्रिनले ५ हजार, बंशी मोक्तानले २ हजार ५ सय, रुद्र लुङ्वाले २ हजार ५ सय, दिनेश तामाङले २ हजार ५ सय, आमा स्व. फुलमाया तामाङको नाममा छोरा विष्णु तामाङले २ हजार ५ सय, कुष्ण ब्लोनले २ हजार ५, लक्ष्मण मोक्तानले १ हजार १ सय, बसन्त पाख्रिनले १ हजार ५५, प्रदिप लामाले १ हजार २०, अनिल वाइवाले १ हजार ५ र छेतबहादुर पाख्रिनले ५ सय ५ थप सहयोग गरेका थिए ।
सोही अवसरमा वंशी मोक्तान र बुद्धिमान पाख्रिनले घेदुङको संरक्षक सदस्यता लिएका थिए । स्थापना दिवस कै अवसरमा सोनाम ल्होछार २८५२ को समापन तथा सुनसरी घेदुङको ८औं वार्षिक साधारण सभा समेत गरिएको उक्त कार्यक्रममा आ.व. २०७१÷०७२ को रु. ७ लाख ६८ हजार २ सय १ बराबरको आय–व्यय र प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो भने सभाले जग्गा दाता पुर्ण पाख्रिनले घेदुङलाई दिएको जग्गा विक्री गरी अक्षय कोष खडा गर्ने समेत निर्णय गरेको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे