नेपालमै पहिलो पटक बुढासुब्बामा रेफ्री पेजिङ सिस्टमको प्रयोग(फोटोफिचर)


धरान । फुटबल खेलमा मुख्य निर्णायक र सहायक निर्णायकहरु(लाइन्समेन)हरुबीच निरन्तर संवाद हुनु अतिजरुरी हुन्छ । अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा प्रविधिमार्फत रेफ्रीहरुबीच संवाद गराइन्छ । तर, नेपालमा भने यस्तो प्रविधि प्रयोगमा थिएन । सोमबार भने नेपालमै पहिलो पटक फुटबल प्रतियोगिता सञ्चालन गर्न बुढासुब्बा गोल्डकपमा रेफ्री पेजिङ सिस्टम(माइक्रो हेड सिस्टम) प्रयोगमा ल्याइएको थियो ।
धरानमा जारी रहेको १८ औं बुढासुब्बा रेडबुल गोल्डकपको सोमबार एपिएफ क्लब र पोखरा ११ बीचको खेलमा निर्णायकहरुले यो सिस्टम प्रयोग गरेका थिए । नेपालको कुनै पनि फुटबल प्रतियोगितामा पेजिङ सिस्टम प्रयोग भएको यो पहिलो अवसर हो । यो सिस्टम प्रयोग भएपछि रेफ्री, लाइन्समेन र म्याच कमिस्नरबीच निरन्तर सम्पर्क र संवाद गर्न मद्दत पुग्यो । विगतमा भने उनीहरुबीच संवाद गर्न रेफ्री लाइन्समेन भएको स्थानमा जानुपथ्र्यो ।
धरान रन संस्थाले आयोजक धरान फुटबल क्लबलाई गोल्डकपको लागि यो सिस्टम उपलब्ध गराएको हो । ‘धरान रनसँग यो प्रविधि रहेछ, त्यो संस्थाले गोल्डकप भरिको लागि दिएपछि यहाँ प्रयोगमा ल्याएका हौं’–धरान फुटबल क्लबका महासचिव प्रताप तामाङले भने । धरान रनले प्रत्येक शनिबार हुने धरान रन कार्यक्रम र बर्षेनी हुने नेवा च्यारिटी ८ किलोमिटर रन प्रतियोगितामा भने विगत ४ बर्षदेखि यो सिस्टम प्रयोग गरिरहेको छ ।
प्रतियोगिता सञ्चालन गर्न यो सिस्टमले धेरै सजिलो बनाएको फिफा अस्टिेण्ट रेफ्री पदमबहादुर भजेलले बताए । ‘नेपालमा फिफा रेफ्रीले यो सिस्टम प्रयोगमा ल्याएको यो पहिलो हो, यसले हामीलाई खेल सञ्चालन गर्न धेरै सजिलो बनाएको छ’–उनले भने । भुजेलका अनुसार खेल भइरहदा कुनै घटना भएमा मुख्य निर्णायक, दुई जना लाइन्समेन र म्याच कमिस्नरबीच संवाद गर्नुपर्ने हुन्छ । त्यसबेला यो सिस्टमले तत्कालै घटनाबारे चारै जनाबीच संवाद हुने र समस्याको हल गर्न सकिने उनले बताए । ‘पहिला त मुख्य रेफ्री दौडिएर लाइन्समेनलाई केही भन्न वा बुझ्न आउनुपथ्र्यो, यो सिस्टम हुदा रेफ्री जहाँ छ, त्यहीबाट कुरा गर्न सकिन्छ’–उनले थपे ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे