उत्कृष्ट कृषक, करदाता र कर्मचारी सम्मानित


धरान । अग्र्यानिक खेती अभियान चलाएर गाउँभरि रासायनिक मल र बिषदी निषेध गराउन सफल कृषक कृष्ण राईसहित उत्कृष्ट करदाता, कर्मचारी र निर्माण व्यावसाइीलाई धरान उपमहानगरपालिकाले सम्मान गरेको छ । बिहिबार आयोजित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा उपमहानगरपालिकाले उनीहरुलाई सम्मान गरेको हो ।
धरान २०, वसन्तटार गाउँका कृषक राईले अग्र्यानिक खेती र वंगुरपालनबाट गाउँमा मनग्ये आम्दानी गरेर उदाहरणीय कृषक बनेका छन् भने अग्र्यानिक खेती अभियान चलाएर गाउँका ९५ घरघुरीमा रासायनिक मल र बिषदी पुर्णरुपमा निषेध गराएका छन् । यसैगरि, उत्कृष्ट करदाताकोरुपमा विजयपुर आवासिय उच्चमावि, युवराज मास्के सम्मानित भए भने उत्कृष्ट निर्माण व्यावसायीकोरुपमा निरबहादुर रोक्का र भलबहादुर राई पनि सम्मानित भए ।
सबैलाई संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री विराजबहादुर विष्टले सम्मान पत्रसहित सम्मानित गरेका थिए । उत्कृष्ट कर्मचारीकोरुपमा राजु श्रेष्ठ, राजु पोख्रेल, इन्द्र सुब्बा, रेणुका राई, दिपकराज कुँवर, हिरा खत्री, रञ्जु भुजेल र बालकृष्ण कार्की पनि सम्मानित भए । उनीहरुलाई भने नगदसँगै सम्मान पत्र दिइएको थियो ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे