अर्बन आर्ट शो शुरु(फोटोफिचर)

धरान । शुक्रबार साँझदेखि धरान ८ स्थित पि.एस.कम्प्लेक्सको ट्याटु हाउसमा अर्बन आर्ट शो शुरु भएको छ । काठमाण्डांैस्थित अर्ट ल्याबको प्रसाद प्रोजेक्टद्धारा आयोजित शो १५ दिनसम्म सञ्चालन हुनेछ । सांगीतिक कार्यक्रमसहित शुरु भएको शोको उद्घाटन प्रमुख वा बिशेष अतिथि विना नै ढोका खोलेर भएको थियो ।
शोमा विभिन्न स्थानका १३ कलाकारले क्यानभासमा उतारेको ४५ भन्दा बढी चित्रहरु प्रर्दशनीमा राखिएको छ । शोको उद्घाटन पछि तपस्वी ब्याण्ड, ब्रदर्श, बि बोइङ र बिट बक्सको सांगीतिक एवं नृत्य प्रस्तुती भएको थियो । प्रर्दशनीमा बिशेष गरी युवाहरुको उल्लेख्य उपस्थिति थियो । लोकल हिरोज, माइग्रेसन(विदेशिनु) र अवसर थिममा बनाइएको पेन्टिङहरु प्रर्दशनीमा राखिएका छन् । प्रर्दशनीले युवाहरुलाई आफ्नै देश र ठाउँमा केही गर्ने प्रेरणा पनि मिल्ने आयोजकको भनाई छ । ‘आफ्नो देशमा अवसर छैन भन्दै विदेशिएका युवाहरुलाई यही पनि त समाजको लागि केही गरिरहेका युवाहरु छन् नि भनेर देखाउन प्रर्दशनी गरिएको हो । आफ्नै देशमा केही गरिरहेकाहरुलाई हिरोकोरुपमा प्रस्तुत गरेर युवाहरुमा सकरात्मक सोचको विकास गराउने मुख्य उद्देश्य हो’–शो बारे आर्ट ल्याबका प्रबन्ध निर्देशक रोमेल भटराईले भने ।
प्रर्दशनी अवधिभर पुनः स्थानीय कलाकारहरुलाई कार्यशाला राखिनेछ । जसमा आफुमा भएको कला क्षमतालाई कसरी बजारीकरण गर्ने भनेर छलफल हुने आयोजकले जनाएको छ । अर्बन आर्टअन्र्तगत प्रसादले गत साउनमा धरानमा स्थानीय कलाकारहरुलाई समेटेर कार्यशालासमेत आयोजना गरेको थियो । त्यसक्रममा धरानको ठुल्ठुला घरको भित्तामा पोट्रेट एवं पेन्टिङसमेत गरेको थियो । यो आर्ट शो भने घरको भित्तामा पेन्टिङ गरिएजस्तो ठुला चित्रहरुको प्रर्दशनी भने होइन । त्यही शैलीलाई क्यानभासमा उतारेको चित्रहरुको प्रर्दशनी हो ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे