लागुऔषधसहित तीन पक्राउ, लुटपाट र ज्यान मुद्दाका फरार पनि समातिए

धरान । ठुलो परिणामा लागुऔषधसहित कारोबारमा संलग्न तीन युवालाई धरान प्रहरीले पक्राउ गरेको छ । धरान २७ स्थित पटनालीका स्थानीयबासीको सुचना एवं सहयोगको आधारमा प्रहरीले सुनसरीको बराहक्षेत्र ५ का ३१ बर्षीय भरत कुमार राई, कृष्णकुमार मगर, भरौल ३ का १७ बर्षीय माधव राजधामीलाई पक्राउ गरेको हो ।
आइतबार राती स्थानीयबासीले दिएको सुचनाको आधारमा रातभरी खोजी गरेर उनीहरुलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालयका डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुबाट अवैध लागुऔषध स्पास्मो प्रोक्सिभन २४ पत्ता(५७६ क्याप्सुल), १०० एमएलको कोरेक्स ९८ वोतल पनि वरामद भएको छ । यस्तै, को २० प ४३९७ नम्बरको स्कुटी एक थान र को ८ प ६५३४ नम्बरको अपाची मोटरसाइकल पनि वरामद भएको छ । यसैगरि, भरतको साथबाट नगद ५ हजार ४ सय १० रुपैया, कृष्णको साथबाट ५१ ह्जार ४ सय ८० र सुन जस्तो देखिने औठी एक थान पनि वरामद भएको प्रहरीले जानकारी दिएको छ ।
डिएसपी सिजापतिका अनुसार विगतमा धरान चतरा सडकखण्डको पटनाली क्षेत्रको जंगलमा चोरी र लुटपाट हुने गरेको गुनासोको आधारमा सुरक्षा निगरानी बढाइएको थियो । स्थानीयबासी नियमित गस्ती गर्ने गरेको र सादा पोशाकमा पनि प्रहरी परिचालन भएकोले लागुऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको उनले बताए । ‘अपराध न्युनीकरणमा प्रहरीले मात्रै कोसिस गरेर हुदैन, समुदायले पनि उतिकै सहयोग गर्नुपर्छ । यसमानेमा पटनालीबासीबाट ठुलो सहयोग पायौं र रातभरमा नै पक्राउ गर्न सफल भयौं’–सोमबार पत्रकार सम्मेलन गर्दै डिएसपी सिजापतिले भने । पक्राउ परेकाहरुलाई लागुऔषध कारोबारअन्र्तगत मुद्दा चलाइने प्रहरीले बताए ।
यसैगरि, गत माघ १९ गते इटहरीका सुरेश चौधरी पञ्चकन्या मन्दिर घुम्न आएको बेला धम्की दिई नियन्त्रणमा लिएर नगद ७ हजार लुटेको घटनामा संलग्न धरान १४ का नविन बिक र मिलन राईलाई पनि पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान भइरहेको डिएसपी सिजापतिले जानकारी दिए । साथै, गत मंसिर ८ गते धरान ८ का ८० बर्षीय मनबहादुर लिम्बुलाई छुरी हानि घाइते बनाएर नगद ७ हजा लुटेर फरार धरान १५ का २० बर्षीय उमेश राजधामीलाई पनि पक्राउ गरेर ज्यान मार्ने उद्योग र चोरी मुद्दामा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे