बिग फुटसलको उद्घाटन, प्रतियोगितामा गोधुली क्लब विजयी(फोटोफिचर)

धरान । धरान १५, दशरथ मार्ग(बरगाछी उत्तर)मा सोमबारदेखि बिग फुट फुटसल सञ्चालनमा आएको छ । सोमबार एक समारोेहबीच उक्त फुटसलको कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) पवनप्रसाद खरेलले उद्घटन गरे ।
उद्घाटन अवसरमा आयोजित फुटसल प्रतियोगिताको फाइनल खेल पनि सोमबार खेलाइएको थियो । फाइनलमाम आयोजक बिग फुटलाई २–० गोलअन्तरले हराउदै गोधुली क्लबले उपाधि जित्यो । गोधुलीको लागि मिलन राई र मनोज राईले एक एक गोल गरेका थिए । विजेताले नगद २० हजारसँगै ट्रफी हात पार्यो भने उपविजेताले नगद १५ हजारमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी गोधुलीका सुविन्द्र राई र फाइनल खेलका म्यान अफ दि म्याच गोधुलीकै मिलन राई घोषित भए ।
यसैगरि, उद्घाटन अवसरमा धरान र बराहक्षेत्रको महिला टिमबीच मैत्रीपुर्ण खेल पनि आयोजना गरिएको थियो । विजेता खेलाडीहरुलाई उद्घाटन समारोहका अध्यक्ष तेजबहादुर राई, प्रमुख अतिथि एसएसपी खरेल, धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य चन्द्रशेखर लामालगायतले पुरस्कार वितरण गरेका थिए ।
यो फुटसल धरानका युवा व्यावसायी, समाजसेवी एवं रोयल इष्टर्न इन्फिल्डर्सका अध्यक्ष योगेन राई र उनको परिवारको लगानीमा खुलेको हो । दशैंअघि नै सञ्चालनको तयारी गरेपनि मधेश आन्दोलन र नाकाबन्दीले ढिलाई भएको थियो । स्वास्थ्य रहनको लागि बिशेष गरी भेट्रानहरुलाई फुटसल अत्यन्तै लाभदायी हुन्छ । बढ्दो शहरीकरणले जमिनहरु धामाधम प्लटिङ हुन थालेपछि फुटबल खेल्ने मैदान नासिदै गएको छ । मैदान अभावमा विश्वको लोकप्रिय खेल फुटबल खेल्न नपाएका युवाहरु सानो आकार(मैदान)मा खेलिने यो खेलप्रति आकर्षित भइरहेका छन् । निश्चित शुल्क तिरेपछि ५ जनाको टिम बनाएर खेलिने खेल हो फुटसल । खेल सकिएपछि महिला र पुरुषको लागि नुहाउन छुट्टै बाथरुमको पनि व्यवस्था गरिएको छ भने क्यान्टिन पनि सञ्चालनमा आउनेछ ।

















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे