दोस्रो इन्द्र बराह गल्फको तयारी

धरान । इन्द्र बराह स्मृति एमेच्योर गल्फ प्रतियोगिताको दोस्रो सँस्करण यही माघ २९ गते आयोजना हुने भएको छ । आयोजक धरान गल्फ क्लब तथा मुख्य प्रायोजक बराह ज्वेलरी इष्ड्रष्ट्रिज प्रालिले शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३० भन्दा बढी खेलाडी सहभागी हुन जानकारी दिएको हो ।
प्रालि र क्लबबीच गत बर्ष प्रतियोगता सञ्चालन गर्न १५ बर्षे सम्झौता भएको थियो । प्रालिका संस्थापक इन्द्रबहादुर लामिछानेको स्मृतिमा भएको पहिलो सँस्करणमा काठमाण्डौंका गजेन्द्र लिम्बुले उपाधि जितेका थिए । ‘यसपटक पुरस्कारको शिर्षक पनि थपेका छौं, यसले धेरै नै खेलाडीहरुले पुरस्कार पाएर थप हौसला मिल्ने आशा गरेका छौं’–क्लबका अध्यक्ष पुर्ण लिम्बुले भने । उनका अनुसार यो बर्ष ६ होलमा क्लोसेट टु दि लाईन, ४ होलमा इन्द्र स्पेशल बर्डिज, वेष्ट स्पोर्टस्म्यानसिप र वेष्ट ड्रेस शिर्षकमा पनि पुरस्कार थपिएको छ ।
यसबाहेक मुख्य स्पर्धाको विजेताले च्याम्पियन ट्रफीसँगै नगद १० हजार बराबरको उपहार कुपन पाउनेछ भने दोस्रो र तेस्रो हुने खेलाडीले पनि ट्रफीसँगै क्रमशः ५ र ३ हजार बराबरको उपहार कुपन पाउनेछन् । यस्तै, महिला, जुनियर स्पर्धा र अन्य विभिन्न शिर्षकमा गरी कुल १६ शिर्षकमा पुरस्कार राखिएको क्लबले जनाएको छ । प्रालिका शाखा प्रमुख मानबहादुर विश्वकर्माले संस्थाले समाजबाटै मुनाफा कमाएकोले केही हिस्सा समाजमा नै लगानी गर्ने उद्देश्यले खेलकुदमा लागनी गरिएको बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे