टक्स माउण्टेन बाइकको बार्षिकोत्सवमा अवार्ड(फोटोफिचर)


धरान । स्वास्थ्यको लागि साइकल चढ्न प्रेरित गर्दै गत बर्ष धरानमा खुलेको टक्स माउण्टेन बाइक शो रुमले प्रथम बार्षिकोत्सवको अवसरमा नियमित साइकल राइडरहरुलाई अवार्डद्धारा सम्मानित गरेको छ । सोमबार साँझ होटल ड्रिमल्याण्डमा आयोजित बार्षिकोत्सवमा विभिन्न उमेर समुहका ५ राइडरहरुलाई अवार्ड प्रदान गरेको हो ।
समारोहमा प्रेरणादायी राइडर(इन्सपायरिङ पिपुल)कोरुपमा ममता राईले अवार्ड पाए भने राइड विथ प्राइड अवार्ड विद्यार्थी जगमोहन माझीले पाए । यस्तै, प्रकृतिप्रेमी राइडरको अवार्ड फोटोग्राफर राजेश शाक्यले पाए भने हार्ड वर्करको अवार्ड सुजन चौधरीले थापे । यस्तै, आइ क्यान राइड एभ्रीवेर अवार्ड कान सुन्न नसक्ने फरक क्षमताका व्यक्ति रमेश श्रेष्ठले पाए । टक्सका अध्यक्ष डा.समीर चौधरी र प्रमुख अतिथि एवं विश्व साइकल यात्री पुष्कर शाहले अवार्ड वितरण गरेका थिए ।
साइकलप्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको समारोहमा टक्सका अध्यक्ष डा.चौधरी र विश्व साइकल शाहले संयुक्तरुपमा केक काटेर बार्षिकोत्सवको खुशी बाँडेका थिए । टक्सले सामाजिक उत्तरदायित्वअन्र्तगत धरान १७ स्थित सम्यक प्राविको निर्माणाधिन भवनको लागि आर्थिक सहयोग पनि गरेको छ । शो रुपमा राखिएको डोनेशन बक्समा बर्षदिन संकलित रकम ३ हजार ६ सय ६१ रुपैया सम्यक शिक्षा समुहका सचिव आशिष यादवलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा टक्सका व्यावस्थापक कृष्ण केसीले एक घर एक साइकल अभियान शुरु गर्ने घोषणा गरे । साथै, साइक्लिङलाई खेलकोरुपमा स्थापित गर्न र खेलाडी उत्पादन गर्न विभिन्न गतिविधि तथा साइक्लिङ प्रतियोगिताहरु पनि आयोजना गर्ने उनले बताए । प्रत्येक तीन महिनामा दुर्गम ठाउँमा स्वास्थ्य शिविर र जनचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरिने उनले बताए । विश्व साइकल यात्री शाहले आफ्नो विश्व साइकल यात्राको रमाइलो प्रसंगहरु सुनाउदै विश्वका १ सय ५० देशमध्ये आफ्नै देश नेपाल सबैभन्दा सुन्दर लागेको बताए । साइकल चढ्दा वातावरण प्रदुषित नहुने, स्वास्थ्य रहन सकिने र इन्धन खपत पनि घट्ने हुदा आर्थिकरुपमा पनि फाइदा पुग्ने शाहले बताए ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे