बीपीका ३ सय ३१ विद्यार्थी दिक्षित भए(फोटोफिचर)

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विभिन्न बिषयका ३ सय ३१ विद्यार्थीहरु दिक्षित भएका छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री के.पी.शर्मा ओलीले शनिबार १२ औं दिक्षान्त समारोहमा विद्यार्थीहरुलाई दिक्षित गरेका हुन् ।
भारत, कर्नाटकस्थित के.एल.ई. विश्वविद्यालयका उपकुलपति प्रा.डा.सी.के.कोकटे प्रमुख अतिथि रहेको समारोहमा एमबिबिएस २००९ ब्याचमा उच्चतम अंक ल्याउने डाक्टर स्नेहल अग्रवालले उपकुलपति स्वर्ण पदक र नारायण गोविन्द स्वर्ण पदक प्राप्त गरिन् । साथै, उनले एमबिबिएस कार्यक्रमअन्र्तगत सर्जरी बिषयमा पनि उच्चतम अंक ल्याएर डा.अवध नारायण स्मृति पुरकार पनि हात पारिन् ।
यसैगरि, बि.डि.एस. २००९ ब्याचकी डा.एलिना तुलाधरले पनि उपकुलपति स्वर्ण पदक र बिडिएस कार्यक्रमअन्र्तगत कन्जरभेटिभ डेन्टिस्ट्रि तथा इण्डोडोन्टिक्स बिषयमा उच्चतम अंक ल्याएवापत श्री हरिमान–उमादेवी स्वर्ण पदक प्राप्त गरिन् । यस्तै, बि.एस्सी नर्सिङ २०११ ब्याचकी सुजता कार्कीले पनि उच्चतम अंक ल्याएवापत उपकुलपति स्वर्ण पदक प्राप्त गरिन् । पदक एवं पुरस्कार विजेता विद्यार्थीसँगै दिक्षित सम्पुर्ण विद्यार्थीहरुलाई कुलपति एवं प्रधानमन्त्री ओलीले पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।
...............

                         स्वास्थ्य संस्थामा तालाबन्दी सह्य हुदैन

धरान । प्रधानमन्त्री के.पी.शर्मा ओलीले सरकारले सबैको जायज माग सुन्ने र पुरा गर्ने प्रतिवद्धता जनाउदै शिक्षण र स्वास्थ्य संस्थामा हुने तालाबन्दी सह्य नहुने बताएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १२ औं दिक्षान्त समारोहलाई कुलपतिको हैसियतमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब अनसन र हडताल गर्नुपर्ने आश्यकता नभएको जिकिर गरे । ‘यो सरकारले सबै जायज कुरा सुन्छ र पुरा पनि गर्छ । किन तालाबन्दी, हडताल गर्नुपर्यो ?’–प्रधानमन्त्री ओलीले भने–‘शिक्षण संस्था, स्वास्थ्य संस्था तालाबन्दी हुदा जान्छौं, कुरा सुन्छौं र ताला भाचेर फाल्छौं ।’ तालाबन्दी, हडताल गरेर विरामीलाई विचल्ली पार्ने, जनताको स्वास्थ्यसँग खेलवाड गर्न कुनै पनि हालतमा नहुनेमा प्रधानमन्त्री ओलीले जोडदिए ।
स्वास्थ्य संस्थाहरु मुनाफाको लागि स्थापना नभएको भन्दै उनले दुर्गम गाउँको जनतालाई पनि सेवा पुर्याउन क्रियाशिल हुन आग्रह गरे । धन आर्जन गर्नकै लागि जनताको स्वास्थ्यमा खेलवाड गर्ने काम अपराधिक भएको उनको भनाई थियो । शिक्षाको गुणस्तरमा कुनै सम्झौता हुन नहुने भन्दै प्रधानमन्त्री ओलीले मानिसको जीवन बचाउने चिकित्सा शिक्षामा झनै संवेदनशीलता हुनुपर्ने बताए । आम्दानी र ओहोदाको हिसाबले ठुला भनिएका सन्तानले मात्रै डाक्टर, इञ्जिनियर बन्ने प्रचलन तोड्दै न्युन आय भएका परिवारका प्रतिभावान सन्तानले पनि दक्ष चिकित्सक बन्न पाउने वातावरण हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।
दिक्षित भएका विद्यार्थीहरुले बुद्धले झै ज्ञानको प्रकाश छर्ने अपेक्षासमेत व्यक्त गरे । प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री नै रहने व्यावस्था उचित नभएको भन्दै यसलाई आफुले वदल्ने बताए । राजनैतिक परिवर्तन भइसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब मुलुकलाई समृद्धि र विकासतिर अघि बढाउनुपर्ने आवश्यकता औल्याए ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे