रामप्रसाद सुशिला एमेच्योर गल्फको उपाधि रविनलाई(फोटोफिचर)


धरान । रामप्रसाद–सुशिला एमेच्योर गल्फ प्रतियोगिता ०७२ को उपाधि रविन राईले जितेका छन् । शनिबार पार ७० को निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा सम्पन्न प्रतियोगितामा ४ अण्डर ६६ स्कोर गर्दै उनले उपाधि जिते ।
स्टेवल फोर्ड आधारमा खेलाइएको प्रतियोगितामा एक अण्डर ६९ स्कोरसहित चन्द्रबहादुर खापुङ दोस्रो भए भने लेभल पार ७० स्कोर गर्दै इटहरीका राम तामाङ तेस्रो भए । प्रतियोगिताका विजेताहरुले ट्रफी हात पारे । च्याम्पियन रविनको ह्याण्डीक्याप घटेर २१ कायम भएको छ । यसैगरि, प्रतियोगितमा सिनियर(६० बर्षमाथि)का खेलाडीतर्फ भूपू मेजर डिबि राई प्रथम, विजय राई दोस्रो र पुर्व क्याप्टेन बि.के.राई तेस्रो भए । महिलातर्फ विना सापकोटा विजेता भइन् भने जुनियरतर्फ इटहरीका रितेश तामाङ प्रथम, विशेष राई दोस्रो र इटहरीकै स्वीकार कार्की तेस्रो भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीकोरुपमा वेष्ट ग्रोसको पुरस्कार पुर्ण लिम्बुले हात पारे भने मोष्ट वर्डिजको ट्रफी पदमहाङ लिम्बुले थापे । नियरेष्ट टु दि पिनको पुरस्कार वविन्द्र राईले जिते भने लङ्गेष्ट ड्राइभको पुरस्कार राजु राईले थापे । धरान गल्फ क्लबले आयोजना गरेको प्रतियोगिता हाल बेलायतमा रहदै आएकी महिला खेलाडी सुशिला राई र उनका श्रीमान् रामप्रसाद राईको आर्थिक प्रायोजनमा आयोजना भएको हो ।
प्रतियोगिताका विजेताहरुलाई सुनसरी जिल्ला गल्फ संघका अध्यक्ष डि.बि.राई, धरान गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बु, प्रायोजकद्धय सुशिला–रामप्रसाद राई, बराह ज्वेलरी प्रालिका शाखा प्रमुख मानबहादुर बिश्वकर्मा, खेलकुद पत्रकार संघका उपाध्यक्ष सन्तोष काफ्ले, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य गोविन्द बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे