सुनसरी टेक्निकल कलेजमा रक्तदान

धरान । प्राविधिक शिक्षामा अग्रणी रहेको धरान ४ स्थित सुनसरी टेक्निकल कलेजले आफुलाई सामाजिक कार्यमा पनि अब्बल सावित गरेको छ । शिक्षासँगै खेलकुद, सचेतनामुलक कार्यक्रम गर्दे आएको कलेजले शुक्रबार रगत अभावलाई क मगर्न रक्तदान कार्यक्रम गरेको छ ।
कलेज परिसरमा गरिएको रक्तदानमा ८५ प्रिन्ट रगत संकलन भएको कलेजका प्रिन्सिपल अमित कुमार गुप्ताले जानकारी दिनुभयो । कार्यक्रमा ५० शिक्षक र छात्र र ३५ शिक्षिक र छात्राले रक्तदान गरेका थिए । कलेजका विद्यार्थी तथा शिक्षिक शिक्षिका र कर्मचारीहरुले रक्तदान गरेको उहाँले वताउनु भयो । कार्यक्रमका प्रमुअ अतिथि रहेका नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाका सभापति उमेश थापाले रगतको ब्याग हस्तान्तरण गरेका उद्घाटन गरेका थिए ।
यो कलेजले खाद्यप्रविधी, माइक्रोवायालोजी, कम्प्युटर, अनमी, सब ओभरसियरलगायत विभिन्नि विषयमा डिप्लोमादेखि स्तातकोत्तरसम्मको अध्यापन गराउदै आएको छ । खाद्य प्रविधिको विषयमा जनचेतनामुलुक कार्यक्रम गर्देै आएको कलेजले अगामी दिनमा सुनसरी रनसमेत गर्ने तयारी भइरहेको कलेजका अध्यक्ष लेखीराज सुव्वाले वताउनु भयो । कलेजको आर्थिक प्रायोजनमा धरान गल्फ क्लबसँगको सम्झैताअनुसार बर्षेनी एमेच्योर गल्फ प्रतियोगिता पनि गरिरहेको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे