बुढासुब्बा गोल्डकप सर्यो

धरान । अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको १८ औं सँस्करणको मिति सरेको छ । निर्धारित समयमा आयोजना गर्ने तयारी भइसकेपनि विराटनगरको विराट गोल्डकपले प्रतियोगिता सारेपछि बुढासुब्बा रेडबुल गोल्डकपको पनि मिति सार्नुपरेको आयोजक धरान फुटबल क्लबले जनाएको छ ।
क्लबका अनुसार अब बुढासुब्बा गोल्डकप फागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ । ‘हामीले २ महिनाअघि नै मिति तय गरेर एन्फालाई जानकारी गराएका थियौं, त्यही तालिकाअनुसार तयारी भइरहदा विराट गोल्डकप सारेर एउटै समय पारेकोले हामीले पनि मिति सार्नबाध्य भयौं’–क्लबका अध्यक्ष किसोर राईले भने । यसअघि, बुढासुब्बा गोल्डकप फागुन ८ देखि १५ गतेसम्म सञ्चालन हुने भनिएको थियो । माघ २८ गतेदेखि हुने भनिएको विराट गोल्डकपको मिति सारेर माघ ५ गते पुर्याएपछि बुढासुब्बा पनि सार्नुपरेको हो । बुढासुब्बाको मिति २ महिनाअघि नै एन्फालाई जानकारी गराएपनि देशभित्रका प्रतियोगिताहरुको समयतालिका मिलाउन एन्फाले चासो नदिएको अध्यक्ष राईको आरोप छ । बुढासुब्बा गोल्डकप धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ ।
प्रतियोगितामा दुई विदेशी टिमसहिट ८ टिमले भाग लिनेछ । क्लबका अनुसार सशस्त्र प्रहरीको एपिएफ, मनाङ मस्र्याङ्दी क्लब(एमएमसी), सेनाको त्रिभुवन आर्मी क्लब, रुपन्देही ११, कास्की ११ र आयोजक क्लबको सहभागिता हुनेछ । यस्तै, आमन्त्रित टिमकोरुपमा भारत, कलकत्ता र शेर क्लब कालिङबुङले भाग लिने निश्चित भएकोछ । प्रतियोगिताको टाइसिट २ दिनभित्र तयार हुने अध्यक्ष राईले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख नगद पुरस्कार पाउनेछ । यस्तै, उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल पाउने छ भने सर्वाधिक गोलकर्तालाई नगद २१ ह्जार दिइनेछ । यसैगरि, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र प्रशिक्षकले जनही नगद ११ हजार दिइने पनि क्लबले जानकारी दिएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे