रस्सीतानमा मजदुर संगठन प्रथम

धरान ।  तीन दिने १२ औं धरान सडक उत्सवको अवसरमा सोमबार आयोजित रस्सीतान प्रतियोगितामा नेपाल यातायात मजदुर संगठन विजयी भएको छ । धरानको छाताचोक(हुलाक कार्यालयअघि) भएको प्रतियोगिताको फाइनलमा अञ्चल सशस्त्र प्रहरी गुल्मको टिमलाई हराउदै मजदुर संगठन प्रथम भएको हो ।
गत बर्षको ११ औं सडक उत्सवमा पनि फाइनलमा यही दुई टिम भिडेको थियो । त्यतिबेला भने गुल्मको टोलीले बाजी मारेको थियो । विजेता टोलीले प्रथम पुरस्कार वापत १५ किलोको खसी जितेको छ भने दोस्रो भएको टिमले अढाई किलोको लोकल कुखुराको भाले हात पारेको छ । वेष्ट अफ थ्रीको आधारमा प्रतियोगिता खेलाइएको थियो । स्पर्धामा एक्सट्रीम धरान र रोयल इष्टर्न इन्फिल्डर्सले पनि भाग लिएको थियो ।

सडक उत्सवको समापन

होटल व्यावसायी एवं पर्यटनकर्मीहरुलाई उत्साह जगाउदै १२ औं धरान सडक उत्सव सोमबार सम्पन्न भएको छ । घुम्न जाउ धरान भन्ने नारासहित आयोजित उत्सवमा ५० लाख भन्दा बढी कारोबार भएको छ भने अढाई लाख बढीले अवलोकन तथा सहभागीता जनाएको आयोजक होटल एशोसिएशन अफ धरानले जनाएको छ । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले फागुन ८ देखि १० गतेसम्म धरान १२ स्थित चतरालाइनमा सडक उत्सव आयोजना भएको थियो । एशोसिएशनका महासचिव श्याम पोख्रेलका अनुसार तीन दिनमा विभिन्न स्टलहरुमा ५० लाख बढीको आर्थिक कारोबार भयो भने अढाई लाख बढी जनसहभागीता रह्यो ।
पहिलो दिन करिब ५ लाखको मात्रै भएपनि दोसो दिन आइतबार १५ लाख बढी र अन्तिम(तेस्रो) दिन दोब्बर(२५ लाख बढी) को कारोबार भएको आयोजके जनाएको छ । करोड बढीको कारोबारको लक्ष्य राखिएको उत्सवमा धरानका होटल एवं लजहरुमा पनि पर्यटकहरुको राम्रो आगमन भएको एशोसिएशनको भनाई छ । उत्सवमा विभिन्न ८२ वटा स्टलहरु राखिएको थियो । स्टलमा उत्सवस्थलमा धरानको विभिन्न उत्पादन, जातीय खानाको परिकार, घरायसी सामानको सस्तो बजार, फोटो प्रर्दशनी, पुस्तक प्रर्दशनी तथा बिक्री, नर्सरी, जडीबुटी औषधीलगायतका बिक्री स्टलहरु थियो । यस्तै, पर्यटनसम्बद्ध प्याराग्लाइडिङ, र्याफ्टिङको पनि जानकारीमुलक स्टल र बुकिङको सुविधा पनि थियो । उत्सव अवसरमा एशोसिएशनमा आवद्ध होटल व्यावसायीहरुले रेष्टुरेष्ट १० प्रतिशत र लजमा २० प्रतिशत बिशेष छुट दिएका थिए ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे