सुनसरी १ नम्बर क्षेत्रमा संस्थापनको वर्चश्व
धरान । नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्र्तगत सुनसरी क्षेत्र नम्बर १ मा भएको निर्वाचनमा संस्थापन पक्षको प्यानल विजयी भएको छ । शनिबार राती सम्पन्न मतपरिणाम अनुसार क्षेत्रीय कमिटि, महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यमा सबै संस्थापन पक्षका विजयी भएका छन् ।
क्षेत्रीय सभापतिमा सुरेशमान श्रेष्ठ र उनको पुरै प्यानल विजयी भएको छ । सभापतिमा श्रेष्ठले कुल खसेको मत १७६ मध्ये ११२ मत पाएका थिए भने उनका प्रतिद्धन्दी मदन ढकालले मात्र ६० मत पाए । सभापतिमा ४ मत वदर भएको थियो । पराजित उम्मेदवार ढकाल संस्थापन पक्षकै भएतापनि पछिल्लो समय गुट परिवर्तन गरेका हुन् । यसैगरि, सचिव पदमा श्रेष्ठ प्यानलका मुरारीप्रसाद भटराई १२५ मत पाएर विजयी भए । उनका प्रतिद्धन्दी ढकाल प्यानलका मनोजकुमार सुब्बाले मात्र ४९ मत पाए ।
कोषाध्यक्षमा श्रेष्ठ प्यानलकै सागर भटराईले १२८ मत पाएर विजयी भए भने उनका प्रतिद्धन्दी ढकाल प्यानलका अरुणकुमार कटवालले मात्र ४५ मत पाए । यस्तै, क्षेत्रीय सदस्यहरुमा महेन्द्र प्रधान(१२१ मत), मुकेश थापा(११६), धनबहादुर कटवाल(१११), भोजराज न्यौपाने(१०९), मनिता घिमिरे(१०७), सपना राई(१०७), प्रेमकुमार राई(१०५), ललिता अधिकारी(९६) र नारद राई(९२) मत ल्याएर विजयी भए ।
यसैगरि, खुलातर्फ महाधिवेशन प्रतिनिधिमा सुजेन्द्र तामाङ(१११), उमेश थापा(१०८), पर्वतकुमार राई(९४), चन्द्रप्रसाद श्रेष्ठ(८३), सन्तोष सापकोटा(७६) र नन्दराज राई(७१) विजयी भए भने महिला आरक्षण कोटामा लक्ष्मी खतिवडा(१००) र कृष्णकला मादेन(९२) विजयी भइन् । दलित आरक्षणमा सन्तोष बिक(१०८), जनजातितर्फ सुवास राई(९९) र मधेशी, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यकतर्फ अनिलकुमार अग्रवाल प्रिन्स(८१) विजयी भए । खुलातर्फ जिल्ला सस्दस्यमा चन्द्रशेखर लामा(१२४), अनिल श्रेष्ठ(१२०), माधव घिसिङ(१११) र गाविन्द बहादुर बस्नेत(१०७) विजयी भए । क्षेत्रीय निर्वाचनमा कुल १८० मतदातामध्ये १७६ मत खसेको थियो ।
क्षेत्रीय सभापतिमा सुरेशमान श्रेष्ठ र उनको पुरै प्यानल विजयी भएको छ । सभापतिमा श्रेष्ठले कुल खसेको मत १७६ मध्ये ११२ मत पाएका थिए भने उनका प्रतिद्धन्दी मदन ढकालले मात्र ६० मत पाए । सभापतिमा ४ मत वदर भएको थियो । पराजित उम्मेदवार ढकाल संस्थापन पक्षकै भएतापनि पछिल्लो समय गुट परिवर्तन गरेका हुन् । यसैगरि, सचिव पदमा श्रेष्ठ प्यानलका मुरारीप्रसाद भटराई १२५ मत पाएर विजयी भए । उनका प्रतिद्धन्दी ढकाल प्यानलका मनोजकुमार सुब्बाले मात्र ४९ मत पाए ।कोषाध्यक्षमा श्रेष्ठ प्यानलकै सागर भटराईले १२८ मत पाएर विजयी भए भने उनका प्रतिद्धन्दी ढकाल प्यानलका अरुणकुमार कटवालले मात्र ४५ मत पाए । यस्तै, क्षेत्रीय सदस्यहरुमा महेन्द्र प्रधान(१२१ मत), मुकेश थापा(११६), धनबहादुर कटवाल(१११), भोजराज न्यौपाने(१०९), मनिता घिमिरे(१०७), सपना राई(१०७), प्रेमकुमार राई(१०५), ललिता अधिकारी(९६) र नारद राई(९२) मत ल्याएर विजयी भए ।
यसैगरि, खुलातर्फ महाधिवेशन प्रतिनिधिमा सुजेन्द्र तामाङ(१११), उमेश थापा(१०८), पर्वतकुमार राई(९४), चन्द्रप्रसाद श्रेष्ठ(८३), सन्तोष सापकोटा(७६) र नन्दराज राई(७१) विजयी भए भने महिला आरक्षण कोटामा लक्ष्मी खतिवडा(१००) र कृष्णकला मादेन(९२) विजयी भइन् । दलित आरक्षणमा सन्तोष बिक(१०८), जनजातितर्फ सुवास राई(९९) र मधेशी, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यकतर्फ अनिलकुमार अग्रवाल प्रिन्स(८१) विजयी भए । खुलातर्फ जिल्ला सस्दस्यमा चन्द्रशेखर लामा(१२४), अनिल श्रेष्ठ(१२०), माधव घिसिङ(१११) र गाविन्द बहादुर बस्नेत(१०७) विजयी भए । क्षेत्रीय निर्वाचनमा कुल १८० मतदातामध्ये १७६ मत खसेको थियो ।



Comments
Post a Comment