बीपीको १२ औं दिक्षान्त फागुन १ मा

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १२ औं दिक्षान्त कार्यक्रम आगामी फागुन १ गते हुने भएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त दिक्षान्त समारोह कुलपति एवं प्रधानमन्त्री के.पी.शर्मा ओलीको अध्यक्षतामा हुने जानकारी दिए ।
दिक्षान्त समारोहमा प्रमुख अतिथिकोरुपमा भने भारत, कर्नाटकस्थित के.एल.ई. विश्वविद्यालयका उपकुलपति प्रा.डा.सी.के.कोकटे उपस्थित रहनेछन् । समारोहमा प्रतिष्ठानको विभिन्न शैक्षिक कार्यक्रमका कुल ३३१ विद्यार्थीहरु दिक्षित हुनेछन् । जसमा स्तातकोत्तर कार्यक्रमतर्फ ११७ जना विद्यार्थी छन् । स्नातकोत्तरमा एम.डि.÷एम.एस. २०११ र २०१२ को ७५, एम.डि.एस. २०११ र २०१२ गरेर १२ जना, एम.एस्सी २०१२ का ७ जना, एम.एस्सी नर्सिङ्ग २०१२ का १३ जना र एम.पि.एच. २०१३ का १० जना विद्यार्थीहरु छन् ।
यसैगरि, स्नातक कार्यक्रममा कुल २१४ जना विद्यार्थी दिक्षित हुनेछन् । जसमा एमबिबिएस २००६, ००८ र ००९ का १०६ जना, बिडिएस २००८ र ००९ का ३३ जना, बि.एस्सी नर्सिङ्ग २०१२ का ३२ जना, बि.एस्सी.एम.एल.टि. २०१२ का १० जना र बि.एस्सी.एम.आई.टि. का ९ जना दिक्षित हुनेछन् । प्रतिष्ठानले हालसम्म २ हजार ४ सय ३८ विद्यार्थीहरुलाई दिक्षित गरिसकेको छ ।
दिक्षान्त समारोहलाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन भई तीब्र तयारीमा जुटेको प्रतिष्ठानका शिक्षाध्यक्ष श्रेष्ठले जानकारी दिए । दिक्षित विद्यार्थीहरुको ग्रेस लिष्ट दीक्षान्त समारोहअघि बस्ने सञ्चालक परिषद(सिनेट) बैठकमा पेश गरिने पनि उनले बताए । सिनेट बैठक भने सहकुलपति एवं स्वास्थ्यमन्त्री रामजनम चौधरीको अध्यक्षतामा हुन्छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे