वस्नलायक शहर धरान(फोटोफिचर)
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेरले १९५८ सालमा चन्द्रपुर बजार (हालको पुरानो बजार) बसालेर धरान सहरको जग हालेका थिए। इस्ट इन्डिया कम्पनीलाई काठ आपूर्ति गर्न धरान हालेर चारकोसे जंगल फँडानी गरिएकाले यस ठाउँको नाम धरान रहन गएको इतिहास छ । १९९० सालको भूकम्पपछि अर्का राणा प्रधानमन्त्री जुद्ध शम्शेरले हालको नयाँ बजार भनिने जुद्धनगर बसाएका थिए। २०१० सालमा ब्रिटिस सरकारले ब्रिटिस गोर्खा सैनिक कार्यालय स्थापना गरेपछि पूर्वी पहाडी जिल्लाको व्यापारिक केन्द्रका रूपमा धरानको विकास भयो।
धरानको इतिहास सौह्रौँ शताब्दीतिरको विजयपुरसँग पनि जोडिन्छ। पाल्पाका सेनवंशी राजाले विजयपुर गढीलाई सामरिक हिसाबले महत्वपूर्ण किल्ला बनाएका थिए। गोर्खाका राजा पृथ्वीनारायण शाहले १८३१ सालमा सम्झौता गरेर नेपालमा गाभ्नुअघि विजयपुर किरात प्रदेशको राजधानी थियो। त्यही विजयपुरगढी धरानको शिरका रुपमा रहेको छ। अहिले यो धरान उपमहानगरपालिकाको वडा नम्बर १४ मा पर्छ।
करिब दुई वर्षअघिसम्म धरान नगर दक्षिणमा चारकोसे जंगल, उत्तरमा महाभारत शृंखला, पूर्वमा सेउती र पश्चिममा सर्दु खोलामा सीमित थियो। छिमेकी गाविस पाँचकन्या र विष्णुपादुका समायोजन भएपछि क्षेत्रफल विस्तारसँगै धरान उपमहानगरपालिका बनेको छ। हाल धरानको क्षेत्रफल १ सय ९२ वर्गकिलोमिटर छ भने जनसंख्या डेढ लाख नाघेको छ। घरधुरी ३३ हजार हाराहारी छ। बहुजाति, बहुधार्मिक तथा बहुसांस्कृतिक सहर हो धरान। यहाँ हिमाली, पहाडी र तराई (मधेस) का मानिसको बसोबास छ। यो तराई र पहाडको संगमस्थल पनि हो।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गौरव हो। कृषि इन्जिनियरिङ पढाइ हुने एक मात्र सरकारी क्याम्पस यहीँ छ भने केन्द्रीय खाद्य प्रविधि क्याम्पस र संस्कृत क्याम्पसले धरानलाई पूर्वकै शैक्षिक केन्द्र बनाएको छ। यहाँ पौराणिक महत्व बोकेका पीण्डेश्वर, दन्तकाली, बूढासुब्बा, पञ्चकन्या, विष्णुपादुकाजस्ता धार्मिकस्थल छन्। खेलकुद र खेलाडीको सहरको रूपमा पनि धरान परिचित छ। फेसन र मनोरञ्जन (गीत, संगीत) को सहर पनि हो धरान।
लाहुरेले बनाएको शहर
दशक अघिसम्म पनि धरान र लाहुरे पर्यायवाची शब्दझैँ थियो। अवकाशप्राप्त ब्रिटिस गोर्खा सैनिकले धरानलाई आवासीय सहर मात्रै बनाएनन्, आधुनिकीकरणको बाटोमा पनि डोर्यारए। ०४६ को परिवर्तनपछि नगरपालिकाले विकास निर्माणमा जनसहभागिताको नीति लिँदा लाहुरेले साथ दिए। धरानको विकासले तीव्रता पायो। चिटिक्क घर, सुन्दर बगैँचा, व्यवस्थित ढलसँगै सफा र चौडा पक्की सडक धरानको पहिचान र गौरव बन्यो। नगरको कुना–कुनामा पक्की सडक बन्यो। धरान घुम्नेहरू युरोपको कुनै सहर जस्तै भन्छन्। धरानलाई समृद्ध, धनी र सभ्य मानिस बस्ने सहर भन्न थालियो।
गेसो आन्दोलन हाँकेका गजेन्द्र इस्पोका अनुसार ०३६ सालपछि बसोबास बढे पनि ०४६ सालको राजनीतिक परिवर्तनपछि लाहुरेको बसोबस धरानमा ह्वात्तै बढ्यो। ब्रिटिस सेनाबाट अवकाश पाएपछि धरानमा घडेरी किनेर घर बनाउन थाले। ०४६ देखि ०५६ सालको बीचमा धरानमा लाहुरेको सघन बसोबास भइसकेको थियो। 'यही समय हामी विकास निर्माणमा लाग्यौं, नगरपालिकाले अघि सारेको जनसहभागिताको भिजन कार्यान्वयन गराउन साथ दियौं,' इस्पो सम्झन्छन्।
धरानको विकाससँगै व्यापार–व्यवसाय टिक्नुमा भूपू लाहुरेको ठूलो योगदान छ। गोर्खा भर्ती केन्द्र स्थापना भएपछि धरान पूर्वकै आर्थिक, व्यापारिक केन्द्र बनेको थियो। धरानमा अन्य सहरको तुलनामा उद्योग, कलकारखाना स्थापना भने हुन सकेनन्। भूपू लाहुरेको पेन्सन (रेमिट्यान्स) को भरमा यहाँको अर्थतन्त्र लामो समय टिक्यो। केही भूपू लाहुरे व्यापार–व्यवसायमा पनि होमिए।
धरान फेसनेवल सहरका रूपमा चिनिनुमा पनि लाहुरे परिवारकै देन छ। काठमाडौंभन्दा पहिल्यै नयाँ फेसन धरानमा भित्रिन्छ भन्ने मान्यता छ। लाहुरे परिवारको सम्बन्ध हङकङ, बेलायत, ब्रुनाईमा भएकाले पनि त्यताको फेसन सिधै धरानमा भित्रिएको हो। व्यवस्थित रूपमा मासु पोलेर खाने बिबिक्यु चलन पनि लाहुरेले नै युरोपबाट भिœयाएको मानिन्छ।
धरानको विकासमा तर सन् २००९ मा बेलायतले आवासीय भिसा दिने निर्णय गरेपछि धरान लाहुरेविहीन सहरमा परिणत हुँदै गएको छ। इस्पोका अनुसार करिब १० हजार घरघुरीको संख्यामा रहेका भूपू लाहुरेमध्ये अधिकांश बेलायत गइसकेका छन्। यसले धरानको व्यापार, व्यवसाय एवं अर्थतन्त्रलाई खुम्च्याइदिएको छ। ज्यादै वृद्ध र व्यवसायमा लागेका मात्रै करिब २५ प्रतिशत भूपू बेलायत गएका छैनन्।
जनसहभागिताको नमुना
०४८ सालको स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित मेयर ध्यानबहादुर राई ३३ र उपमेयर मनोजकुमार मेन्याङ्बो मात्र २७ वर्षका थिए। उनीहरुले धरानको विकासमा जनतालाई प्रत्यक्ष सहभागी गराउने नीति लिए। यो नीति सफल भयो। ०५४ सालमा मेयरमा निर्वाचित भएपछि मेन्याङ्बोले ६० प्रतिशत नगरपालिकाको र ४० प्रतिशत जनताको लगानीमा विकास निर्माणलाई तीव्रता दिए। जनताले पक्की सडक, ढल निर्माण गर्न पैसा मात्रै लगानी गरेनन्, सडकका लागि जग्गा पनि दिए। कसैको कम्पाउन्ड वाल भत्कियो, कसैको घर। तर, कसैले पनि क्षतिपूर्ति दाबी गरेनन्। जनसहभागितामा धरान नेपालकै नमुना सहर कहलियो। भूकम्प प्रतिरोधी घर तथा भवन निर्माणसंहिता लागू गर्ने उपत्यकाबाहिरको पहिलो नगरपालिका पनि धरान हो।
पूर्वमेयर मेन्याङ्बो जनसहभागितामा धरानमा १०० मात्र होइन, १५० प्रतिशत विकास निर्माणको काम सम्पन्न भएको दाबी गर्छन्। 'नीतिमा नगरपालिकाको ६० र जनताको ४० प्रतिशत लगानी भने पनि डेढ सय प्रतिशत काम भएको छ। जनताको लगानीको अगाडि नगरपालिकाको ६० प्रतिशत ज्यादै थोरै हो,' सुन्दा अचम्म लागे पनि उनको तर्क यस्तो छ, 'जनताले ४० प्रतिशत त पैसा नै लगाए। बाटोका लागि जग्गा दिए, कम्पाउण्ड र घरै पनि भत्काए। उब्रेको पैसाले बिजुलीको पोलमा बल्ब लगाए। यस्तो उदाहरण कहीँ, कतै पाउनुहुन्न।'
धरानको मुटु मानिने भानुचोक पुग्दा ठिंग उभिएको घन्टाघरले सबैको ध्यान तान्छ। जनसहभागितामा बनेको यो घन्टाघर नमुना उदाहरण हो। एक करोड बढी लगानीमा निर्माण सम्पन्न भएको घन्टाघरमा नगरपालिकाको २२ लाखबाहेक सबै स्थानीय एवं हङकङ, मकाउ र जापानका धरानेको लगानी छ। यहाँ घन्टाघर, भूकम्प स्मारक, सुन्दर बगैँचा(पार्क) छ। हालसम्म धरानमा जनसहभागितामा २०० किलोमिटर कलोपत्रे पक्की सडक बनिसकेको योजना शाखा प्रमुख एवं इन्जिनियर सुरज श्रेष्ठले बताए। उनका अनुसार लागतको हिसाबले एक किलोमिटर सडकको लागत सरदर ५० लाख रुपैयाँ हुन्छ।
बिपी प्रतिष्ठान वरदान
पञ्चायतकालमा कोसी अञ्चल सदरमुकाम रहेको धरानबाट ०३५ सालदेखि सरकारी कार्यालय सार्न थालियो। ०४५ सालको भूकम्पले जनधनको ठूलो क्षति भएपछि त धरानलाई डेड सिटी (मृत सहर) भनियो। मानिस पनि अन्यत्र बसाइँ सर्न थाले। ०४९ सालमा अञ्चल अदालत विराटनगर सारियो भने ०५० सालमा राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रीय कार्यालय विराटनगर लगियो। यस्तै, ०५० सालमा धरानको पूर्वाञ्चल क्षेत्रीय अस्ताललाई कोसी अञ्चल अस्पतालमा गाभियो, ०५५ सालमा पूर्वाञ्चल खाद्य प्रयोगशाला विराटनगर पुर्या्इयो। त्यसअघि ०४० सालमै क्षेत्रीय शिक्षा निर्देशनालयलाई धनकुटा सारिएको थियो। यसैबीच बेलायती सेनाले धरानमा रहेको ब्रिटिस गोर्खा भर्ती केन्द्रलाई पनि पोखरामा सार्यो ।
०५० सालमा सरकारले पहिलो मेडिकल कलेजका रूपमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेपछि भने मृत सहर धरान बिस्तारै उठ्यो। बिपी छैन भने धरान नै नरहने पूर्वमेयर मेन्याङ्बोको धारणा छ। 'बिपी पनि धराने जनता आन्दोलित भएपछि स्थापना भएको हो। यो धरानका लागि वरदान भएको छ। बिपी छैन भने धरान पनि छैन, आर्थिक गतिविधिको हिसाबले बिपी नहुँदा धरान नांगो हुन्छ,' उनी भन्छन्, 'यसको स्थायित्व र विकासमा धराने जनताको भूमिका सकारात्मक छ।' विशेषज्ञ सेवासमेत सुरु गरिसकेको प्रतिष्ठानले धरानलाई स्वास्थ्यको केन्द्रका रूपमा पनि स्थापित गरेको छ। यहाँबाट हालसम्म विभिन्न विषयमा ३ हजार ३ सय ६५ जनशक्ति उत्पादन भइसकेको छ। यहाँ देश–विदेशबाट अध्ययनसँगै उपचार गराउन पनि मानिस आउने गर्छन्।
समृद्ध धरानको सम्भावना
नेपाल भ्रमण वर्ष सन् १९९९ (२०५६) सालमै तत्कालीन धरान नगरपालिकाले 'शिक्षा स्वास्थ्य र पर्यटकीय पूर्वाधारयुक्त सहर' भन्ने नारा दिएर २० वर्षे भिजन तयार गरेको थियो। शिक्षा, स्वास्थ्य र पर्यटनबाट धरान समृद्ध सहर बन्न सक्छ भन्ने त्यतिबेलैको सोच हो। तर, स्थानीय निकाय जनप्रतिनिधिविहीन भएपछि भने धरान कुहिरोको कागजस्तै बन्यो। यहाँको व्यापार–व्यवसाय खस्कँदो अवस्थामा छ। पछिल्लो आवधिक योजनाले विगतको नारालाई केही परिमार्जन गर्दै 'शिक्षा, स्वास्थ्य, पर्यटन, व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक, आवासीय, समृद्ध सहर' बनाउने भिजन बनायो। यद्यपि, एडिबीको ऋण तथा अनुदान सहयोगमा १ अर्ब ४८ करोडको खानेपानी आयोजनाबाहेक अन्य दीर्घकालीन लक्ष्यअनुसार ठूला योजना अघि बढ्न सकेका छैनन्।
पर्यटनलाई नगरपालिका र अन्य सरोकारवाला निकायले नारामा मात्रै सीमित बनाएको छ। पर्यटन विकास र प्रर्वद्धनमा योजना छैन, लगानी पनि शून्य बराबर छ। पीण्डेश्वर, बूढासुब्बा, दन्तकाली, विष्णुपादुकाजस्ता धार्मिक महत्वका पर्यटनस्थल छन्। र्यालफ्िटङ, प्याराग्लाइडिङ, साइक्लिङ पनि प्याकेजमा सुरु भइसकेको छ। बराहक्षेत्र, रामधुनी र कोसीटप्पु वन्यजन्तु आरक्ष नजिकै छ। भेडेटारको केही भाग धरानमै पर्छ। 'बदलिँदो परिस्थितिमा अब धरान समृद्धिको सम्भावना पर्यटनमै छ। घुम्न आउनेलाई मात्रै होइन, शिक्षा, स्वास्थ्य, खेल, संस्कृति जस्ता पर्यटनको विविध आयामलाई बुझेर अघि बढ्नुपर्छ,' धरान उपमहानगरका योजना प्रमुख एवं इन्जिनियर सुरज श्रेष्ठ भन्छन्, 'धार्मिक पर्यटन, साहसिक खेल पर्यटनको सम्भावना छ, पाँचकन्यालाई कृषिकेन्द्र बनाउन सकिन्छ, विष्णुपादुकामा एक गाउँ एक उत्पादनको बेसार खेती छ।' पर्यटनले गति लिँदा यहाँको व्यापार–व्यवसाय पनि फस्टाउने उनको भनाइ छ। धरानभित्र विशेष आर्थिक क्षेत्र बनाइदिने वा छुट दिएर लगानी आकर्षित गर्न सकिन्छ। अरुण तेस्रो बन्दा धरान सुक्खा बन्दरगाह हुनसक्ने पनि उनले बताए।

धरानले व्यापारिक समृद्धिलाई कहिल्यै जोड दिन सकेन। विगतमा भूपू लाहुरेको रेमिट्यान्सले बाँच्यो, अहिले अन्य वैदेशिक रोजगारमा गएकाको रेमिट्यान्सले बाचिरहेको छ। पूर्वमेयर मेन्याङबो त सरकारी कार्यालय नभए पनि धरान आफैँ बनेर बाँचेको सहर हो भन्छन्।अन्यत्र सरकारी कार्यालय स्थापित भएपछि सहर विस्तार भएको उनको भनाइ छ। 'सांस्कृतिक, धार्मिक पर्यटनले धरानलाई समृद्धितर्फ लैजान्छ, यहाँ हिन्दुहरूको महत्वपूर्ण तीर्थस्थल छन्। जातजातिको बसोबासको हिसाबले सिंगो नेपाल अटेको छ, मानवशास्त्रीको अध्ययनथलो बन्नसक्छ,' पूर्वमेयर मेन्याङबो भन्छन्, 'शैक्षिक पुर्वाधार यथेष्ट छ, अब गुणस्तरीय शिक्षाको नारा दिए शैक्षिक हब बन्छ। स्वास्थ्यकै राजधानी पनि बनाउन सकिन्छ। सुन्दर आवासीय सहरका रूपमा विकास गर्न सकिन्छ।' पूर्वका अन्य सहरभन्दा धरान प्रदेश नम्बर १ को राजधानी बन्ने पूर्वाधार पर्याप्त भए पनि केन्द्रमा राजनीतिक प्रभाव नभएकाले भने धरान जहिल्यै ओझेलमा पर्ने उनी चिन्ता व्यक्त गर्छन्।
Comments
Post a Comment