आयोजक धरानको यात्रा समाप्त(फोटोफिचर)

धरान । आयोजक धरान फुटबल क्लबलाई हराउदै रुपन्देही ११ ले १८ औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमीफाइनल पुगेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आइतबार सम्पन्न खेलमा आयोजक रुपन्देहीसँग ४–१ ले स्तब्ध भयो ।
खेलमा गोलको खाता भने पहिलो हाफमा आयोजकले खोलेको थियो । पहिलो हाफमा १–० ले अग्रता लिएपनि धरानले दोस्रो हाफमा लय समाउन नसक्दा घरेलु दर्शक निराश बने । रुपन्देहीले भने लय समाउदै चारै गोल दोस्रो हाफमा गरेको थियो । रुपन्देहीको लागि दोस्रो हाफमा बिक्रम लिम्बु, गणेश खड्का, भिक्टोर र शिव श्रेष्ठले गोल गरेका थिए ।
पहिलो हाफमा एक गोलले पछि परेको रुपन्देहीलाई बिक्रमले को २३ औं मिनेटमा फ्रि किकबाट दर्शनीय गोल गरेर खेल रोमाञ्चक बनाए । उनले करिब २० यार्डको दुरीबाट प्रहार गरेको फ्रिकिक धरानका डिफेन्स र गोलकिपरले भेउ नै नपाई जाली चुमेको थियो । रुपन्देहीको लागि दोस्रो गोल ३४ औं मिनेटमा भिक्टरको पासमा गणेश खड्काले गरे । यस्तै, ३७ औं मिनेटमा भिक्टरले हेडमार्फत तेस्रो गोल गरे । दिपक राईको कर्नर प्रहार धरानका हेम गुरुङले हेडमार्फत क्लियर गर्न खोजे पनि डिबक्स भित्र खसेको मौकामा भिक्टरले गोल गरेका थिए । पुर्वराष्ट्रिय खेलाडी शिव श्रेष्ठले ४२ औं मिनेटमा गोल गर्दै रुपन्देहीको जित निश्चित गरे । योगेश गुरुङको प्रहार धरानका गोलकिपर विनय श्रेष्ठसँग ठोकिएर फर्किएको मौकामा शिवले गोल गरे । खेलको म्यान अफ दि म्याच घोषित हुदै रुपन्देहीका भिक्टरले नगद ५ हजार पाए ।
धरानको लागि एक मात्र गोल पहिलो हाफको २४ औं मिनेटमा धरानका रजिन धिमालले गरेका थिए । राष्ट्रिय खेलाडी प्रकाश बुढाथोकीको कर्नरमा कर्ण लिम्बुले हेडमार्फत गोल गर्ने प्रयासलाई रुपन्देहीका गणेश खड्काले हातले रोकेपछि धरानले पेनाल्टी अवसर पाएको थियो । धिमालको पेनाल्टी प्रहारलाई रुपन्देहीका गोलकिपर दिलिप क्षेत्रीले रोकेपनि पुनः धिमालले गोलमा परिणत गरे । दोस्रो हाफमा धरानको प्रर्दशन खस्कदा रुपन्देहीले निरन्तर आक्रमण बुन्दै दबाबमा राखेको थियो । पहिलो हाफमा धरानको गोलपोष्टमा आक्रमण गर्न नसकेको रुपन्देहीले दोस्रो हाफमा शुरुवातदेखि नै आक्रामकरुपमा प्रस्तुत भयो । दोस्रो हापको २ मिनेटमै रुपन्देहीका दिपक राईको कडा प्रहार धरानको डिफेन्सले क्लियर गर्यो भने ९ मिनेटमा नरेन्द्रमणी लिम्बुको हेड गोलपोष्ट नजिकबाट बाहिरियो । १८ औं मिनेटमा धरानका गोलकिपरले राम्रोसँग क्लियर नगरेको बल योगेश गुरुङले डिबक्सबाट प्रहार गरेपनि आकाशियो भने ३३ औं मिनेटमा नरेन्द्रमाणी लिम्बुको पासमा डिबक्स भित्र योगेश गुरुङको हेड बाहिरियो ।
धरानले पहिलो हाफको २१ औं मिनेटमा विशाल राईको प्रहार डिबक्स भित्र रोकेर कर्ण लिम्बुले भलि प्रहार गरेपनि ड्रप भएर रुपन्देहीका गोलकिपरले सजिै समाते । ३७ औं मिनेटमा प्रकाश बुढाथोकीले करिब २० यार्डबाट गरेको कडा फ्रि किक प्रहारलाई रुपन्देहीका गोलकिपरले सुन्दर बचाउ गरे । दोस्रो हाफको ११ औं मिनेटमा बुद्ध चेम्जोङको क्रस पासमा विशाल राईले वल राम्रोसँग नियन्त्रणमा लिन नसक्दा वान भर्सेस वानको मौका गुमाए । यस्तै, ३५ औं मिनेटमा प्रकाश बुढाथोकीको क्रसमा कर्ण लिम्बुको हेड बाहिरिएको थियो ।
धरानका प्रशिक्षक सुवास केसीले खेलाडीले निरन्तर खेल्नु परेकोले दोस्रो हापमा प्रर्दशन खस्किएको बताए । रुपन्देहीको पहिलो फ्रि किक गोलले खेल उनीहरुको पक्षमा पारेको उनको भनाई छ । केसीका अनुसार धरान टिमका खेलाडी अघिल्लो दिन विराट गोल्डकप र विराटचोकको गोल्डकपमा खेलेकोले थाकेर खेल्न नसकेको हो । रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले दोस्रो हापमा आफ्ना खेलाडीले क्षमताअनुसार प्रर्दशन गरेकोले रिजल्ट निस्केको बताए । धरानका खेलाडीहरु निरन्तर खेलेकोले पनि आफुहरुलाई जित्न सजिलो भएको उनको भनाई छ । प्रतियोगितामा सोमबार साविक विजेता सशस्त्र प्रहरीको एपिएफ र कास्की ११, पोखराबीच खेल हुनेछ ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे