इटहरीका सन्तोषलाई इन्द्र बराह गल्फको उपाधि(फोटोफिचर)


धरान । दोस्रो इन्द्र बराह स्मृति एमेच्योर खुला गल्फ प्रतियोगिताको उपाधि इटहरीका सन्तोष कार्कीले जितेका छन् । शनिबार पार ७० को निर्वाणा कन्ट्री क्लब गल्फ रिसोर्टमा सम्पन्न प्रतियोगितामा उनले नेट १० अण्डर ६० स्कोर गर्दै उपाधि जितेका हुन् ।
प्रतियोगितामा कार्कीले फ्रन्ट नाईनमा ३९ र ब्याक नाइनमा ४० स्कोर खेलेका थिए । एमेच्योरतर्फका १९ ह्याण्डीक्याप खेलाडी कार्कीलेउपाधि जितेसँगै २ ह्ण्याण्डीक्याप घटेर १७ कायम भएको छ । उपाधि विजेता कार्कीले च्याम्पियन ट्रफीसँगै नगद १० हजार बराबरको उपहार कुपन हात पारेका छन् । प्रतियोगितामा इटहरीकै राम तामाङ नेट २ अण्डर ६२ स्कोर गर्दै दोस्रो भए । उनले फ्रन्ट नाइनमा लेभल पार ३५ र ब्याक नाइनमा ५ ओभर ४० स्कोर खेलेका थिए । उनी ७ ह्याण्डीक्याप खेलाडी थिए । दोस्रो भएपछि ह्याण्डीक्याप घटेर ५ कायम भएको छ ।
यस्तै, धराने गल्फर काजी राईले नेट एक अण्डर ६९ स्कोर गर्दै प्रतियोगिामा तेस्रो भए । उनले फ्रन्ट नाइनमा एक ओभर ३६ र ब्याक नाइनमा ३ ओभर ३८ स्कोर गरेका थिए । पाँच ह्याण्डीक्याप खेलाडी राईको पनि एक ह्याण्डीक्याप घटेर ४ कायम भएको छ । दोस्रो र तेस्रो भएका तामाङ र राईले क्रमशः ट्रफीसँगै नगद ५ हजार र ३ हजार बराबरको उपहार कुपन पाए ।
भेट्रान(सिनियर)तर्फ २४ ह्ण्याण्डीक्या खेलाडी चन्द्र खापुङले नेट १ अण्डर ६९ स्कोर गर्दै विजेता भए भने महिलातर्फ २८ ह्ण्याण्डीक्याप खेलाडी विना सापकोटाले नेट १ ओभर ७१ स्कोर गर्दै विजेता बनिन् । जुनियरतर्फ रितेश तामाङले नेट ९ अण्डर ६१ स्कोर गर्दै विजेता भए भने बिशेष राईले नेट ८ अण्डर ६२ स्कोर गर्दै दोस्रो भए । प्रतियोगितामा ३ ओभर ७३ स्कोर गर्दै सुन्दर राईले ग्रोस प्रथमको पुरस्कार थापे भने ५ ओभर ७५ स्कोर गर्दै पुर्ण लिम्बुले ग्रोस दोस्रो पुरस्कार पाए ।
यसैगरि, नियरेष्ट टु दि पिनको पुरस्कार शेखर लिम्बुले पाए भने लङगेष्ट ड्राइभको पुरस्कार राजु राईले हात पारे । प्रतियोगितामा ३ बर्डी खेलेका आकाश राईले मोष्ट बर्डिजको पुरस्कार हात पारे भने ६ होलको क्लोसेट टु दि लाइनको पुरस्कार डि.बि.राईले पाए । यस्तै, वेष्ट ड्रेसको पुरस्कार बबि राई र बेष्ट स्पोर्टस्मेनसिपको पुरस्कार सुशिला राईले पाइन् । चौथो होलको इन्द्र स्पेशल बर्डिज पुरस्कार भने कसैले पनि जित्न सकेनन् ।
विजेता खेलाडीहरुलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बु, प्रमुख अतिथि एवं पुर्व क्षेत्रीय ब्रिटिश गोर्खा रेजिमेन्ट एशोसिएशनका उपाध्यक्ष पुर्वमेजर तानाहाङ लिम्बु, बराह ज्वेलर्स इष्ड्रष्ट्रिज प्रालिका अध्यक्ष शिव लामिछाने, संस्थापक सदस्य विष्णुमाया लामिछाने, बराहका शाखा प्रमुख मानबहादुर विश्वकर्मा, नेपाल गल्फ संघका अध्यक्ष मानबहादुर लिम्बुलगायतले पुरस्कार वितरण गरेका थिए । बराहका संस्थापक एवं धरान गल्फ संघका सस्थापक कोषाध्यक्ष इन्द्रबहादुर लामिछानेको स्मृतिमा गत बर्षदेखि यो प्रतियोगिता शुरुवात भएको हो । प्रालि र क्लबबीच गत बर्ष प्रतियोगता सञ्चालन गर्न १५ बर्षे सम्झौता भएको थियो ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे