शनिबारदेखि १८ आंै बुढासुब्बा रेडबुल गोल्डकप
धरान । निरन्तर आयोजना भइरहेको नेपालको एक मात्र प्रतिष्ठित प्रतियोगिता बुढासुब्बा रेडबुल गोल्डकपको १८ औं सँस्करण आज शनिबारदेखि शुरु हुदैछ । प्रतियोगिता फागुन २२ गतेसम्म धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुनेछ । प्रतियोगितामा भारत र भुटानको पाहुना टिम दुई टिमसहित ८ टोली सहभागी हुदैछ ।
शनिबार उद्घाटन खेल नेपालको चर्चित क्लब मनाङ मस्र्याङदी र पाहुना टोली भुटानको सिएफसिबीच हुदैछ । मनाङ बुढासुब्बाको दुई पटकको उपाधि विजेता टोली हो । मनाङले ०६० र ६७ मा बुढासुब्बाको उपाधि जितेको थियो भने ०६८ र गत बर्षको उपविजेता टिम हो । भुटानको सिएफसि भने यसअघि बुढासुब्बामा २ पटक मात्रै सहभागी टिम हो । यो सिजनमा तीन प्रतियोगितामा सहभागीता जनाइसकेका मनाङको खेल लयमा छ । गत माघमा पोखराको आहा रारा गोल्डकपको उपाधि मनाङले उचाल्यो भने त्यसपछि, हेटौडा गोल्डकपको उपाधि पनि कब्जा जमायो । विराट गोल्डकपमा भने क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबसँग टाइब्रेकरमा मनाङ पराजित भएको थियो । विराट गोल्डकपबाट बाहिरिएपछि मनाङ तीन दिनअघि सिधै धरानमा आएर बुढासुब्बाको तयारीमा जुटेको थियो । ‘विराट गोल्डकपमा मात्रै ब्याडलक भयो, नत्र यो सिजनको पहिलो र दोस्रो प्रतियोगिता हामीले जितेका छौं । यहाँ पनि जित्नकै लागि आएका हौं’–मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले भने ।
उनले भुटानको टिमबारे धेरै जानकारी नभए पनि उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने बताए । मनाङसँग अनिल गुरुङ, किरण चेम्जोङ, सुजल श्रेष्ठ, विशाल राई बि, अनन्त तामाङ र विराज मर्हजनजस्ता भरपर्दा खेलाडी छ । अफ्रिकनमुलका ओलाओले, सिसेको र मुसाले पनि मनाङलाई थप वलियो बनाएको छ । भुटानको सिएफसिले यसअघि बुढासुब्बा गोल्डकपको ११ औं र १२ औं सँस्करणमा मात्रै भाग लिएको थियो । सिएफसि भुटानको राष्ट्रिय लिग खेल्ने क्लब हो । यो टोली पनि उपाधि जित्ने लक्ष्यसहित आएकोले कमजोर आँक्नु मनाङलाई घातक हुनसक्छ । ‘हामी पनि यहाँ उपाधि जित्नकै लागि आएका हौं, तयारी पनि राम्रो छ’–भुटानका प्रशिक्षक विमल मुखियाले भने । उनका अनुसार स्ट्राइकरमा प्रणय, मिडफिल्डरमा सत्यम र डिफेन्डर एजिकेल बस्नेत टिमका भरपर्दा खेलाडी हुन् ।
प्रतियोगितामा पाहुना टोलीकोरुपमा भुटानको सिएफसि र भारत कालिङपोङको शेर क्लब सहभागी छ भने मनाङ मस्र्याङदी, पोखराको कास्की ११, एपिएफ क्लब, रुपन्देही ११, नेपाल पुलिस क्लब र आयोजक धरान गरी ८ टिमले सहभागीता जनाएको छ । फागुन २२ गते हुने फाइनल विजेताले नगद ४ लाख र उपविजेताले २ लाख नगद पाउनेछ । उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल दिइनेछ । सर्वाधिक गोलकर्ताले नगद २१ ह्जार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र प्रशिक्षकले जनही नगद ११ हजार दिइने पनि क्लबले जानकारी दिएको छ ।
गोल्डकपको तयारी पुरा


Comments
Post a Comment