धरानमा खुल्यो नयाँ अमन बजार

धरान । उपभोक्ताहरुलाई सर्वसुलभ उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले धरान ५ स्थित महेन्द्र पथमा नयाँ मिनि मार्केट(अमन बजार) खुलेको छ । एकै थलोमा सर्वसाधारण एवं उपभोक्ताहरुले विविध समानहरु खरीद गर्न सक्ने बजारका सञ्चालकहरुको भनाई छ । यो बजर धरानका व्यापारीद्धय काजी गिरी र प्रेमप्रसाद पराजुलीले लिजमा लिएर सञ्चालनमा ल्याएका हुन् ।
यो बजारमा तरकारी र फलफुल पसलदेखि फेन्सी, डेरी, बेकरी, होटल तथा रेष्टुरेष्ट र नर्सरीसमेतको पसल खुलेको छ । पर्याप्त पार्किङस्थल, महिला र पुरुषको छुट्टै सौचालय र सुरक्षा गार्डसमेतको व्यवस्था भएकोले धरानका अन्य भएका बजारहरुमध्ये व्यवस्थित बजार भएको सञ्चालकमध्येका एक प्रेम पराजुलीले बताए । ‘एउटै कम्पाउण्डभित्र विविध सामानहरु उपभोक्ताहरुलाई उपलब्ध गराउन बजार खुलेको हो, यहाँ सब्जी तथा फलफुल बजारदेखि फेन्सी, नर्सरी, डेरी, बेकरीलगायत विभिन्न किसिमका पसलहरु खुल्नेक्रम जारी छ’–पत्रकार सम्मेलन गर्दै पराजुलीले भने–‘यहाँ अन्यत्र भन्दा सस्तोमा सामानहरु खरीद गर्न पाइन्छ ।’
सञ्चालकद्धयका अनुसार बजारमा ६४ वटा सटरसहितका कोठाहरु छन् । ती कोठाको भाडा न्युनतम २ हजारदेखि ६ हजारसम्म मात्र भएकोले पसलबाट सस्तोमा समानहरु उपभोक्ताहरुले पाउने सञ्चालक गिरीको दाबी छ । हालसम्म आधा भन्दा बढी कोठामा पसल खुलिसकेको छ भने केही खुल्ने क्रममा छन् । आधा दर्जन मात्र कोठा भाडामा लाग्न बाँकी रहेको उनले बताए । ‘हामीले सटरको भाडा पनि ज्यादै सहुलियत दरमा उपलब्ध गराएका छौं, त्यसैले पसलमा पनि उपभोक्ताहरुले सहुलियतमा नै सामानहरु खरीद गर्न पाउछन्’–गिरीले भने–‘ब्यस्त बजारको बीचमा पनि यति व्यवस्थित बजार छ, उपभोक्ताहरुलाई यहाँ सामान खरीद गर्न, खाजा नास्ता गर्न धेरे सहज हुन्छ ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे