होटलको आवरणमा यौनधन्दा,मान्द्रोका सञ्चालक थुनामा

धरान । होटलको आवरणमा यौन धन्दा सञ्चालन गर्नेविरुद्ध कारबाही तीब्र पारेको धरान प्रहरीले मंगलबार राती एक पीडित युवतीसहित ४ जनालाई पक्राउ गरेको छ । धरान १३ जिरोप्वाइन्टस्थित ग्रिन हटबाट प्रहरीले २ युवा र २ युवतीलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये एक १६ बर्षीय युवतीलाई जर्बजस्ती यौनजन्य कार्यमा लगाएको प्रहरीको भनाई छ ।
अर्की युवती भने पेशेवर यौनकर्मी भएको र दुई युवा भने वेश्यागमनको लागि पुगेको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘पक्राउ परेका युवतीमध्ये एक जना पीडित रहेछन्, उनलाई होटल सञ्चालिका र पक्राउ परेकी अर्की युवतीले जर्बजस्ती यौनधदामा लगाउने गरेको रहेछ’–डिएसपी खतिवडाले भने–‘उनैबाट जाहेरी लिएर जीउ मास्ने बेच्ने मुद्दामा अदालतले प्रमाणित गरेकोले म्याद थप भएर कारबाही प्रक्रिया अघि बढेको छ ।’
डिएसपी खतिवडाका अनुसार जीउ मास्ने बेच्ने मुद्दामा पीडितबाट न्यायधिशको अघि वयान दिएपछि प्रमाणित गरेर मात्र मुद्दा चल्छ । यो घटनामा पनि जिल्ला अदालतका न्यायाधिश सामु पीडित युवतीले वयान दिएको र न्यायाधिशबाट प्रमाणित भएकोले प्रक्रिया अघि बढेको हो । युवतीसहित पक्राउ परेको दुई युवक धरानका २४ बर्षीय यादव बस्नेत र ३० बर्षीय दिलकुमार तामाङ छन् । प्रहरीका अनुसार मंगलबार राती छापा मार्न पुग्दा होटल सञ्चालिका भने भेटिएनन् । होटलको आवरणमा दुई वटा कोठा भाडामा लिएर यौन धन्दा सञ्चालन गरिरहेको पाइएको थियो । होटल सञ्चालिकाको नाम पनि प्रहरीले गोप्य नै राखेको छ । ‘त्यहाँ २ वटा कोठा भाडामा लिएर व्यावसायिकरुपमा यौनधन्दा गर्ने गरेको रहेछ । होटल त देखावटी मात्र रहेछ’–डिएसपी खतिवडाले भने–‘फरार होटल सञ्चालिकाको खोजी तीब्र पारेका छौं ।’
छापा मार्ने क्रममा होटलमा भेटिएको लिष्टमा दुई दर्जन युवतीहरुको नाम र सम्पर्क नम्बर फेला परेपछि प्रहरी पनि आश्चर्यमा परेको छ । उक्त होटलबाट ठुलो संख्यामा यौनधन्दामा युवतीहरु परिचालन भएको प्रहरी प्रारम्भिक निष्कर्षमा पुगेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा बाहिर कतै युवती पठाउनु परे एक रातको ४ देखि ५ हजार शुल्क लिने गरेको भेटिएको छ भने सोही होटलको कोठामा युवतीसँग यौनजन्य कार्य गर्दा हजारदेखि पन्ध्र सय लिने गरेको पनि पत्ता प्रारम्भिक अनुसन्धानबाट प्रहरीले पत्ता लगाएको छ ।
.......................

होटल मान्द्रो बन्द, सञ्चालक थुनामा

प्रहरीको कडाई र निरन्तर छापा मारेपछि होटलको आवरणमा यौन धन्दा चलाइरहेको धरान ९ स्थित होटल मान्द्रो बन्द भएको छ भने सञ्चालक जोन राई जीउ मास्ने बेस्ने मुद्दामा पुपुक्षको लागि थुनामा गएका छन् । उनले होटलमा केही युवती राखेर यौनधन्दा चलाएका थिए भने पैसा लिएर युवतीहरुलाई अन्य पुरुषसँग यौनजन्य कार्यको लागि पठाउने गरेका थिए । प्रहरी कारबाहीबाट बच्न फरार राई सोमबार जिल्ला अदालतमा उपस्थित भएका थिए । अदालतले उनलाई पुर्पुक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।
यस्तै, धरान १३ मा घरमा यौनधन्दा सञ्चालन गर्ने भद्रमाया राई शेर्पालाई पनि पक्राउ गरेर मुद्दा चलाएको डिएसपी खतिवडाले बताए । उनलाई पुष ७ गते पक्राउ गरिएको थियो । ‘भद्रमायाले त घरमा नै यौनधन्दा चलाइरहेकी थिइन्, उनलाई पनि पक्राउ गरेर मुद्दा चलाइएको छ’–डिएसपी खतिवडाले भने–‘यौनधन्दाविरुद्ध प्रहरीले कडाईका साथ अप्रेशन गरिरहेको छ ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे