‘अधुरो क्यानभास’को सिक्वेल मञ्चन
धरान । मुक्ति र निमुको दाम्पत्य जीवन सुखसँग चलिरहेको हुन्छ । मुक्ति कवि अनि चित्रकार पनि हुन्छन् । २०६२/०६३ को जनआन्दोलनमा राजतन्त्र मुर्दावादको नारा लगाउदै दुवै जना स्वतस्फुर्त सडकमा उत्रन्छन् ।
मुक्तिलाई निरंकुश सत्ताको गोली लाग्छ, उनी सडकमै ढल्छन् । रक्ताम्य श्रीमान्(मुक्ति)को शव काखमा लिएर रोइरहेकी निमुलाई पनि पाखुरामा गोली लाग्छ । निरंकुश सत्ता उनीप्रति कति पनि दया देखादैन । पक्राउ गरेर कालकोठरी जेलमा कोच्छ । उनी जेलमुक्त हुदा नेपालमा लोकतान्त्रिक गणतन्त्र अर्थात नयाँ विहानी आइसकेको हुन्छ । तर, यो नयाँ विहानीले निमुको जीवनमा भने खुशीको विहानी ल्याउदैन । जनआन्दोलनमा शाहदत प्राप्त गरेका आप्mनो श्रीमान्(मुक्ति)को नाम निमुले शहिदको सुचिमा भेट्दिनन् । गोली लागेर घाइते भएको अवस्थामा पनि उनी जेलमा कोचिनु पर्छ । एउटा पाखुरा राम्रोसँग चल्दैन । तर, उनी राजनीतिक पीडितको सुचिमा पर्दिनन् ।
‘सत्ता मात्रै परिवर्तन भएछ, राजीतिक व्यवस्था मात्रै फेरिएछ । शहीदलाई त पार्टीहरुले भागवण्डा लगाइसकेछ । हामी त कुनै पार्टीमा थिएनौं, स्वतस्फुर्त आन्दोलनमा गएका थियांै’–निमु एक्लै पीडा पोख्छिन्–‘शहीद र शहीद परिवारको मुल्यांकन छैन । देशमा अझै अमनचयन शान्ति छैन, सुशासन छैन । जताततै विकृति, भ्रष्टचार बढेको छ ।’ पति(मुक्ति)सँगको वियोग अनि सत्ताले गरेको चरम वेवास्थाले निमु विछिप्त बनेकी छिन् । घरको एक छेऊमा मुक्तिले अधुरै छोडेको क्यानभासलाई पुरा गर्न कोसिस गर्छिन्, तर सक्दिनन् । त्यो क्यानभास पुरा गर्न मुक्ति आउछ भन्ने भ्रम पालेर बस्छिन् । मुक्तिको पदचाप आएको ठानेर ऐना हेर्दै आफुलाई सिंगार्छिन् । तर, सब भ्रम मात्र हुन्छ । उनी एक्लै रुन्छिन्, चिच्याउछिन् र मनभित्र गाठो परेको कुण्ठालाई आशुसँगै पखाल्छिन् ।
हिंस्रक बाजहरुबाट जोगाउन निमुको परेवलाई पिंजडाभित्र राखेकी हुन्छिन् । स्वतन्त्र उड्ने पंक्षीको स्वतन्त्रता खोसेर कहिलेसम्म पिंजडामा कैद गर्ने ? उनी आफै जुक्ति निकाल्छिन्, परेवालाई नै सशस्त्र बनाउने । शान्तिको प्रतिक मानिने परेवालाई शस्त्र थमाएर निमु पिंजडाबाट मुक्त गर्छिन् । ठिक त्यसैबेला उनको घर नजिक दुर्घटना हुन्छ । स्कुलबाट फर्कैदै गरेको उनको मुक्ति र निमुको प्रेमको एक मात्र निसानी, छोरा आगतको पनि झण्डावाल गाडीले ठक्कर दिएर मृत्यु हुन्छ । देशमा लोकतान्त्रिक गणतन्त्र आयो, तर त्यही लोकतन्त्र र गणतन्त्रको लागि ज्यान दिने मुक्तिहरु, तिनका परिवारजन र जनताले भने कुनै परिवर्तनको महसुस गर्न पाएका छैनन् । व्यवस्था फेरियो, तर सत्तामा पुगेका नेता र तिनका प्रवृत्ति उस्तै । यही तितो यथार्थलाई सोमबार साँझ धरान सभागृहमा आरम्भ नाट्य डबलीद्धारा मञ्चन गरिएको एकल नाटक अधुरो क्यानभासको सिक्वेलले उजागर ग¥यो ।
एकल नाटकमा निमुको चरित्रमा रङ्गकर्मी पानस गुरुङले सशक्त अभिनय गरेकी छिन् । शुरुदेखि अन्त्यसम्म एकल अभिनय र संवादद्धारा दर्शकहरुलाई एकाग्र बनाउन उनी सफल भइन् । आरम्भका अध्यक्ष गोपाल देवानको लेखन रहेको नाटकलाई सचिन क्षेत्री र राजन दाहालले निर्देशन गरेका हुन् । मञ्चको परिकल्पना सचिव प्रविण राईको हो । सोमबार मञ्चन गरिएको अधुरो क्यानभास सिक्वेल हो । आरम्भको शुरुवाती समयमा सुरज सुब्बा नाल्बोले अधुरो क्यानभासमा एकल अभिनय गरेका थिए ।
......................................
सर्वनाम थिएटरका अध्यक्ष अशेष मल्लले रंगमञ्च निरन्तरता दिए दर्शक संख्या बढ्ने सुझाव दिदै नाटकले मनोरञ्जनसँगै उपदेश, सन्देश दिनुपर्ने बताए । रंगकर्मीहरुमा प्रतिवद्धता र समय व्यवस्थापनको खाँचो भएको औल्याउदै उनले नेपालीहरुसँग उच्च सँस्कार र सँस्कृति भएकोले त्यसैलाई अनुसरण गर्दै रंगमञ्चमा सक्रिय हुन आग्रह गरेका थिए । भाषाविद डा.टंक न्यौपानेले पुस्ता हस्तान्तरण नहुदा धरानको रंगमञ्च सुस्ताएको धारणा राखे । ०४५ सालमा स्थापना भएको आम्भ ०५७ सालसम्म सक्रिय रह्यो । त्यसबीचमा आरम्भले ३ दर्जन नाटकहरु मञ्चन एवं प्रर्दशन गरेको थियो । आदिविनाको अन्त्य, ‘शिशु प्रजातन्त्र र युद्ध अझै जारी छ’, आदिविनाको अन्त्य, अधुरो क्यान्भास, यिनीहरु देश खोजिरहेछन्, दमनको राप आरम्भले मञ्चन गरेको चर्चित नाटक हो ।
..........................................
सोमबार धरान सभागृहमा आयोजित आरम्भ शुभारम्भ समारोहमा १० हजार १ सय ५१ राशीको उक्त पुरस्कार नागरिककर्मी राईलाई प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि एवं नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त, बिशेष अतिथि एवं सर्वनामका अध्यक्ष अशेष मल्ल र पुरस्कार संस्थापक सचिन क्षेत्रीकी आमा प्रश्ना राई क्षेत्रीले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र र नगद प्रदान गरेका थिए । सो पुरस्कार आरम्भका उपाध्यक्ष सचिन क्षेत्री र उनका भाई प्रविन क्षेत्रीले आफ्ना बुबा भक्तबहादुर खड्का क्षेत्री र आमा प्रश्ना राई क्षेत्रीको जीवीत नाममा स्थापना गरेका हुन् ।
मुक्तिलाई निरंकुश सत्ताको गोली लाग्छ, उनी सडकमै ढल्छन् । रक्ताम्य श्रीमान्(मुक्ति)को शव काखमा लिएर रोइरहेकी निमुलाई पनि पाखुरामा गोली लाग्छ । निरंकुश सत्ता उनीप्रति कति पनि दया देखादैन । पक्राउ गरेर कालकोठरी जेलमा कोच्छ । उनी जेलमुक्त हुदा नेपालमा लोकतान्त्रिक गणतन्त्र अर्थात नयाँ विहानी आइसकेको हुन्छ । तर, यो नयाँ विहानीले निमुको जीवनमा भने खुशीको विहानी ल्याउदैन । जनआन्दोलनमा शाहदत प्राप्त गरेका आप्mनो श्रीमान्(मुक्ति)को नाम निमुले शहिदको सुचिमा भेट्दिनन् । गोली लागेर घाइते भएको अवस्थामा पनि उनी जेलमा कोचिनु पर्छ । एउटा पाखुरा राम्रोसँग चल्दैन । तर, उनी राजनीतिक पीडितको सुचिमा पर्दिनन् ।
‘सत्ता मात्रै परिवर्तन भएछ, राजीतिक व्यवस्था मात्रै फेरिएछ । शहीदलाई त पार्टीहरुले भागवण्डा लगाइसकेछ । हामी त कुनै पार्टीमा थिएनौं, स्वतस्फुर्त आन्दोलनमा गएका थियांै’–निमु एक्लै पीडा पोख्छिन्–‘शहीद र शहीद परिवारको मुल्यांकन छैन । देशमा अझै अमनचयन शान्ति छैन, सुशासन छैन । जताततै विकृति, भ्रष्टचार बढेको छ ।’ पति(मुक्ति)सँगको वियोग अनि सत्ताले गरेको चरम वेवास्थाले निमु विछिप्त बनेकी छिन् । घरको एक छेऊमा मुक्तिले अधुरै छोडेको क्यानभासलाई पुरा गर्न कोसिस गर्छिन्, तर सक्दिनन् । त्यो क्यानभास पुरा गर्न मुक्ति आउछ भन्ने भ्रम पालेर बस्छिन् । मुक्तिको पदचाप आएको ठानेर ऐना हेर्दै आफुलाई सिंगार्छिन् । तर, सब भ्रम मात्र हुन्छ । उनी एक्लै रुन्छिन्, चिच्याउछिन् र मनभित्र गाठो परेको कुण्ठालाई आशुसँगै पखाल्छिन् ।
हिंस्रक बाजहरुबाट जोगाउन निमुको परेवलाई पिंजडाभित्र राखेकी हुन्छिन् । स्वतन्त्र उड्ने पंक्षीको स्वतन्त्रता खोसेर कहिलेसम्म पिंजडामा कैद गर्ने ? उनी आफै जुक्ति निकाल्छिन्, परेवालाई नै सशस्त्र बनाउने । शान्तिको प्रतिक मानिने परेवालाई शस्त्र थमाएर निमु पिंजडाबाट मुक्त गर्छिन् । ठिक त्यसैबेला उनको घर नजिक दुर्घटना हुन्छ । स्कुलबाट फर्कैदै गरेको उनको मुक्ति र निमुको प्रेमको एक मात्र निसानी, छोरा आगतको पनि झण्डावाल गाडीले ठक्कर दिएर मृत्यु हुन्छ । देशमा लोकतान्त्रिक गणतन्त्र आयो, तर त्यही लोकतन्त्र र गणतन्त्रको लागि ज्यान दिने मुक्तिहरु, तिनका परिवारजन र जनताले भने कुनै परिवर्तनको महसुस गर्न पाएका छैनन् । व्यवस्था फेरियो, तर सत्तामा पुगेका नेता र तिनका प्रवृत्ति उस्तै । यही तितो यथार्थलाई सोमबार साँझ धरान सभागृहमा आरम्भ नाट्य डबलीद्धारा मञ्चन गरिएको एकल नाटक अधुरो क्यानभासको सिक्वेलले उजागर ग¥यो ।
एकल नाटकमा निमुको चरित्रमा रङ्गकर्मी पानस गुरुङले सशक्त अभिनय गरेकी छिन् । शुरुदेखि अन्त्यसम्म एकल अभिनय र संवादद्धारा दर्शकहरुलाई एकाग्र बनाउन उनी सफल भइन् । आरम्भका अध्यक्ष गोपाल देवानको लेखन रहेको नाटकलाई सचिन क्षेत्री र राजन दाहालले निर्देशन गरेका हुन् । मञ्चको परिकल्पना सचिव प्रविण राईको हो । सोमबार मञ्चन गरिएको अधुरो क्यानभास सिक्वेल हो । आरम्भको शुरुवाती समयमा सुरज सुब्बा नाल्बोले अधुरो क्यानभासमा एकल अभिनय गरेका थिए ।
......................................
आरम्भको शुभारम्भ
सोमबार अधुरो क्यानभासको मञ्चनसँगै आरम्भ शुभारम्भको घोषणा पनि गरिएको थियो । नाटक मञ्चन हुनुअघि आयोजित शुमारम्भ समारोहमा अध्यक्ष गोपाल देवानले भने–‘हिजो रहरको खहरेजस्तो थियौं, अब प्रतिवद्धताको सप्तकोशी हुन्छौं । धरानको रंगकर्मलाई अघि बढाउन हामी पुर्णप्रतिवद्ध भएर लाग्छौं ।’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले आरम्भ शुभारम्भ भएकोमा खुशी व्यक्त गर्दै निरन्तरता र नाटकको विकासमा योगदान पुग्ने आशा व्यक्त गरे । आरम्भको प्रतिवद्धता धरान र धराने जनताको प्रतिवद्धता भएको उल्लेख गर्दै उनले भने–‘मोफसलबाट पनि रंगमञ्चलाई महत्वपुर्ण योगदान दिन सकिन्छ भन्ने आरम्भले देखाएको छ । आरम्भको प्रतिवद्धता धरान र धराने जनताको साँस्कृतिक प्रतिवद्धता हो, यो महत्वपुर्ण परिघटना हो ।’सर्वनाम थिएटरका अध्यक्ष अशेष मल्लले रंगमञ्च निरन्तरता दिए दर्शक संख्या बढ्ने सुझाव दिदै नाटकले मनोरञ्जनसँगै उपदेश, सन्देश दिनुपर्ने बताए । रंगकर्मीहरुमा प्रतिवद्धता र समय व्यवस्थापनको खाँचो भएको औल्याउदै उनले नेपालीहरुसँग उच्च सँस्कार र सँस्कृति भएकोले त्यसैलाई अनुसरण गर्दै रंगमञ्चमा सक्रिय हुन आग्रह गरेका थिए । भाषाविद डा.टंक न्यौपानेले पुस्ता हस्तान्तरण नहुदा धरानको रंगमञ्च सुस्ताएको धारणा राखे । ०४५ सालमा स्थापना भएको आम्भ ०५७ सालसम्म सक्रिय रह्यो । त्यसबीचमा आरम्भले ३ दर्जन नाटकहरु मञ्चन एवं प्रर्दशन गरेको थियो । आदिविनाको अन्त्य, ‘शिशु प्रजातन्त्र र युद्ध अझै जारी छ’, आदिविनाको अन्त्य, अधुरो क्यान्भास, यिनीहरु देश खोजिरहेछन्, दमनको राप आरम्भले मञ्चन गरेको चर्चित नाटक हो ।
..........................................
नागरिककर्मी पुरस्कृत
पत्रकारिताको माध्यमबाट रंगकर्म, कला साहित्य तथा सँस्कृतिको क्षेत्रलाई समाचार तथा लेखनमा समेटेको भन्दै आरम्भ नाट्य डबलीले नागरिककर्मी रोहित राईलाई प्रश्ना–भक्त रंग पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।सोमबार धरान सभागृहमा आयोजित आरम्भ शुभारम्भ समारोहमा १० हजार १ सय ५१ राशीको उक्त पुरस्कार नागरिककर्मी राईलाई प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि एवं नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त, बिशेष अतिथि एवं सर्वनामका अध्यक्ष अशेष मल्ल र पुरस्कार संस्थापक सचिन क्षेत्रीकी आमा प्रश्ना राई क्षेत्रीले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र र नगद प्रदान गरेका थिए । सो पुरस्कार आरम्भका उपाध्यक्ष सचिन क्षेत्री र उनका भाई प्रविन क्षेत्रीले आफ्ना बुबा भक्तबहादुर खड्का क्षेत्री र आमा प्रश्ना राई क्षेत्रीको जीवीत नाममा स्थापना गरेका हुन् ।
Comments
Post a Comment