धरानको फेशन शोमा पुर्वमिस नेपाल

धरान । अंग्रेजी नयाँ बर्ष २०१७ लाई रमाइलोसँग स्वागतको तयारीमा जुटिरहदा धरानका दर्जन युवतीहरु भने शनिबार राती धरान १५ स्थित होटल इजी राइडर्समा सारीमा चिटिक्क सजिएका थिए । खासमा उनीहरु कतै जानलाई होइन, न्यु इयरको स्वागतकै लागि तयार थिए । तर, अलिक फरक तरिकामा ।
निङ्सामको प्रस्तुती तथा फेरभर ग्रुपले न्यु इयर इभमा आयोजना गरेको द ग्रयाण्ड फेशन शो २ मा क्याटवक गर्न उनीहरु तयार थिए । राती ८ बजेदेखि शुरु भएको फेशन शो तथा अनप्लग कार्यक्रम मध्यरातसम्म चल्यो । मध्याह्न बाह्र बजे नयाँ बर्षलाई स्वागत गरेपछि मात्र रोकियो । जिया क्रिएशनकी जिया तामाङ र अस्मिता राईको डिजाइनमा धरानका दर्जन मोडलहरु ¥याम्पमा उत्रिएका थिए । उक्त फेशन शोको शोज टपरकोरुपमा चर्चित मोडल एवं पुर्व मिस नेपाल सृष्टी श्रेष्ठ र नायिका परमिता आरएल राना मुख्य आकर्षण बनिन् ।
कार्यक्रममा सबैभन्दा पहिला मोडलहरु सारी सिक्वेन्समा ¥याम्पमा उत्रिए । सारीमा नायिका राना सोज टपरकोरुपमा प्रस्तुत भइन् । त्यसपछि, गायनमा मोडलहरु पुनः ¥याम्पमा उत्रिए भने अन्तिम सिक्वेन्सकोरुपमा लेहेङ्गामा मोडलहरु क्याटवक गरे । यो सिक्वेन्समा पुर्व मिस नेपाल श्रेष्ठ सोज टपरकोरुपमा क्याटवक गरिन् । फेशन शोसँगै कलाकारहरुको नृत्यले पनि महौल तताएको थियो । ¥याम्पमा धराने मोडलहरु सन्दीपा लिम्बु, सृर्जना राना, अश्लेष सुब्बा, नाङसाङ लिम्बु, प्रिया वासफोर, प्रिन्जा लिम्बु, विपना श्रेष्ठ, प्रिया लिम्बु, एनोर लिम्बु, प्रमु गुरुङ र नेहा बजाज थिए । फेशन शो पछि मध्यरातसम्म द ब्रदर्स ब्याण्डको प्रस्तुती चल्यो । इभेन्ट म्यानेजर कृष्ण राईका अनुसार छाता चोकस्थित पुर्नस्थापना गृह र ब्लड क्यान्सर पीडित नाइसा शाक्यको सहयोगार्थ फेशन शो आयोजना गरिएको हो ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे